Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • मातृभाषा पत्रकारिताको अवस्था र चुनौतीबारे परामर्श कार्यक्रम सम्पन्न
मातृभाषा पत्रकारिताको अवस्था र चुनौतीबारे परामर्श कार्यक्रम सम्पन्न
दिपा सुनुवार
दिपा सुनुवार शुक्रबार, असार १३, २०८२

काठमाडाैं -  सञ्चारमाध्यममा मातृभाषा पत्रकारिताको अवस्था र चुनौतीबारे परामर्श कार्यक्रम सम्पन्न भएकाे छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको सहकार्यमा शुक्रबार किम्ची रेस्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा सञ्चारमाध्यममा मातृभाषा पत्रकारिताको विकासक्रम, उपलब्धि र चुनौतीहरूको विषयमा विभिन्न सञ्चारमा  कार्यरत सञ्चारकर्मीहरूले परामर्श गरी सम्पन्न भएको हो  । 

कार्यक्रममा गोरखापत्रका नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रले गोरखापत्र संस्थानमा मातृभाषा आन्दोलन र मातृभाषा पत्रकारिताको समग्र अवस्थामाथि कार्यपत्र प्रस्तुत गरे । नेपाली पत्रकारिता जगतमा मातृभाषा पत्रकारिता २०४६ सालदेखि हालसम्म  भएका विकासक्रम, उपलब्धि र चुनौतीहरूको समिक्षा प्रस्तुत गरे।

गोरखापत्रमा मातृ‌भाषा पत्रकारिता नयाँ नेपाल बहु‌भाषिक पृष्ठ प्रकाशन २०६४ असार २० गते लेख छापिएका इतिहासबारे उनले प्रकाश पारे। मिश्रका अनुसार  विसं २०६४ सालपछि गोरखापत्र संस्थानले समावेशीतालाई प्राथमिकता राख्दै मातृभाषामा सामग्री प्रकाशन सुरु गरेको हो। 

fonis-paramasra-1751019922.jpg
विसं  २०६४ साल साउन २४ गतेदेखि गोरखापत्रमा पहिलो पटक परिक्षणका रूपमा नेपाल, तामाङ, मैथिली र गुरुङ भाषामा सामग्री प्रकाशन सुरु गरिएको उनले बताए। 'प्रारम्भमा परीक्षणका रूपमा सुरु गरिएको यो प्रक्रिया २०६४ साल असोजदेखि नियमित प्रकाशनमा परिणत भएको हो',' मिश्रले भने, 'हाल संस्थानबाट ३३ भाषामा सामग्री प्रकाशित भइरहेका छन्।' उनले मातृभाषा पत्रकारिताबाट सांस्कृतिक र भाषिक संरक्षण, विकेन्द्रीकरण तथा संघीयताको समर्थनजस्ता सम्भावनाहरू रहेकोलै सञ्चारमाध्यममा पकड बनाउन  जाेड  दिए  । सीमित स्रोत साधनले मातृ‌भाषा कम साक्षरता भएको र बहुभाषिक लिपीमा राख्नु चुनौतीका  विषय भएकाे उनले बताए । 

Hardik health

रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख तारा वस्थीले रेडियो नेपालमा प्रसारित मातृभाषा समाचारबारे कार्यपत्र प्रस्तुत गरे। उनले सातै प्रदेशबाट विभिन्न भाषामा कार्यक्रमहरू प्रसारण भइरहेको जानकारी दिए। रेडियो नेपालमा प्रसारणा गरिने भाषागत कार्यक्रमहरुलाई निरतन्तरता  दिने उनले बताए ।

नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पाराईले मातृभाषा पत्रकारिताको वर्तमान अवस्था र चुनौतीमाथि कार्यपत्र प्रस्तुत गरे। उनले नेपाल टेलिभिजनले समावेशी दृष्टिकोणबाट विभिन्न भाषाका कार्यक्रमहरूलाई प्राथमिकता दिएको बताए।समावेशीकरण गरेर गरीरहेको र लगिरहेकोमा नेपाल टेलिभिजनकाे २०७२काे मर्मअनुसार चलेको बताए  । 

उनका अनुसार नेपाल टेलिभिजनले नेपाल भाषा, तामाङ, गुरुङ, मैथिली, लिम्बु, थारु र डोट्याली गरी सात भाषामा कार्यक्रम उत्पादन गरिरहेको छ। राष्ट्रिय प्रसारणमा मगर, गुरुङ, तामाङ, नेपाल, लिम्बु, थारु, अवध, भोजपुरी, उर्दु, मैथिली लगायत अन्य चार भाषासमेत गरी सामग्री प्रसारण भइरहेको जानकारी उनले दिए।नेपाली आदिवासीलाई सामाजिक,आर्थिक, शिक्षा क्षेत्रमा अगाडि बढाउनुपर्छ भनेर  नेपाल टेलिभिजनका विषयवस्तुमा प्राथमिकता दिनुका साथै  पहुँच पनि पुग्न सकोस् भनेर काम गरिरहेकाे उनले बताए ।   विविधता र समावेशीका लागि सार्वजनिक सेवा प्रसारणमा ठूला जनसंख्याका अाधारमा मातृभाषाबाट सूचना प्रवाह गरिरहेकाे  उनले बताए । शक्तिहिनका लागि शक्ति बन्न अाज मातृ‌भाषा पत्रकारिताले भूमिका खेल्ने बताए । 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरीले मातृभाषा पत्रकारिता एकताको आधार हुने भन्दै कार्यपत्र प्रस्तुत गरे। उनले भने, ‘सीमान्तीकृत समुदायलाई मूलधारमा जोड्ने माध्यम हो मातृभाषा। यसले भाषालाई जोगाउँछ।’चौधरीले समावेशी समाज निर्माण, सांस्कृतिक र भाषिक संरक्षण तथा परम्परागत ज्ञान पुस्तान्तरणका लागि मातृभाषा पत्रकारिता अत्यन्त आवश्यक रहेको औंल्याए। मातृभाषाले हाम्रो समाजको संस्कृति प्रवद्धन गर्दछ। उनले मातृ‌भाषा पत्रकारिता भाषामा पुस्तान्तरणमा पनि सहयोग हुने भएकाले लोकसेवामा पानि समावेश गरिनुपर्ने बताए । फाेनिजका बारेमा पनि बताउदै ' एक घर एक पत्रकार' काे अवधारणा  लिएर विभिन्न कार्यक्रम गरिरहेकाे बताए । मातृभाषा पत्रकारितामा बिज्ञापन नदिने, आर्थिक स्रोतहरु नहुने, दक्ष जनशक्तिको अभाव, मुलधारको मिडियाबाट अपहेलित रहेको उल्लेख गरे । 

 

 

 

 

 


प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा
प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा सोमबार, माघ ५, २०८२
देशसभा सदस्यबाट डा जोशीको राजीनामा
देशसभा सदस्यबाट डा जोशीको राजीनामा सोमबार, माघ ५, २०८२
पर्वले सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन्ः कावा सभापति खड्का
पर्वले सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन्ः कावा सभापति खड्का सोमबार, माघ ५, २०८२
विकास देखिने गरी हुनुपर्छः मन्त्री भण्डारी
विकास देखिने गरी हुनुपर्छः मन्त्री भण्डारी सोमबार, माघ ५, २०८२
पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा
पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा सोमबार, माघ ५, २०८२
कोशीका मुख्यमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना
कोशीका मुख्यमन्त्रीद्वारा सोनाम ल्होसारको शुभकामना सोमबार, माघ ५, २०८२
पूर्वराज्यमन्त्री उप्रेतीको निधन
पूर्वराज्यमन्त्री उप्रेतीको निधन सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP