धनकुटा- सुरुआती अग्रता लिएको नेपाल कम्युनिष्ट पार्टी ,एमालेलाई उछिन्दै धनकुटामा श्रम संस्कृति पार्टीले अग्रता लिएको छ । एमालेका उम्मेदवार राजेन्द्रकुमार राईलाई उछिन्दै श्रम संस्कृति पार्टीका सानबहादुर राई ५५० मतले अगाडि छन् । एमालेका राईले एक हजार ४० र श्रम संस्कृतिका राईले एक हजार ५९० मत पाएका छन् ।
त्यस्तै, नेपाली कांग्रेसका दिनेश राईले ५९०, रास्वपाका दिनेश भण्डारीले १४४ मत, जसपा नेपालका आइतराज लिम्बूले ६७ मत प्राप्त गरेका छन् । कुखुराको भाले चिह्नका मङ्गोल नेसनल अर्गनाइजेसनले हालसम्म एउटा पनि मत पाएको छैन ।
अन्य दलका उम्मेदवारले तीनदेखि ३५ मत पाएका निर्वाचन कार्यालय धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले जानकारी दिए । जिल्लामा कुल एक लाख १८ हजार ४२५ मतदाता छन् । हालसम्म ३३८ मत बदर भएको छ । निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि तीन स्वतन्त्र र १४ दलसहित १७ जनाको उम्मेदवारी परेको थियो ।