Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘नेपालमा महिलालाई अधिकार प्राप्त छ, पर्याप्त छैन’: अम्बिका बस्नेत
‘नेपालमा महिलालाई अधिकार प्राप्त छ, पर्याप्त छैन’: अम्बिका बस्नेत
सुशील दर्नाल
सुशील दर्नाल बिहीबार, असार १२, २०८२

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सांसद अम्बिका बस्नेतले देशको आर्थिक विकास र समृद्धिका लागि प्रमुख राजनीतिक शक्ति एक ठाउँमा आएर सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिएकी छन्  ।

उनले प्रमुख राजनीतिक दलको नेतृत्व, सहकार्य र बलिदानीका कारण व्यवस्था परिवर्तन भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले अब जनताको अवस्था फेर्न ती शक्ति मिलेर जानुपर्ने आवश्यकतामा औँल्याइन्  ।

लोकतन्त्र स्थापनाका लागि भएको सत्याग्रह र आन्दोलनमा पटकपटक जेल जीवन बिताएकी सांसद बस्नेतले विसं २०२९ देखि राजनीतिक यात्रा सुरु गरेकी हुन् । उनले विसं २०५९ मा नेपाल महिला सङ्घको केन्द्रीय सदस्य र विसं २०६१ मा नेपाली कांग्रेसको काठमाडौँबाट जिल्ला सदस्य भइन्  ।

नेपाल महिला सङ्घको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएकी सांसद बस्नेत पार्टीको १२औँ र १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । उनले  विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य भएकी थिइन् । अर्थशास्त्रमा स्नातक गरेकी बस्नेत पूर्वसहकारी तथा गरिबी निवारणमन्त्रीसमेत भएकी थिइन् । 

Ncell
Hardik health

सांसद बस्नेतसँग राससका समाचारदाता सुशील दर्नालले उनको संसदीय अभ्यास, संविधान कार्यान्वयन र संशोधन, देशको आर्थिक विकासलगायत समसामयिक विषयमा गरेको अन्तर्वार्ताको सम्पादित अंशः

तपाईंको अहिलेसम्मको संसदीय अनुभव कस्तो रह्यो ?

संसद्ले आवश्यकताका आधारमा संविधानको मर्मअनुसार कानुन निर्माण गरिरहेको छ । संसद्मा जनताका विषयवस्तु पनि उठेका छन् । तर, जति कानुन निर्माण गर्नुपर्ने हो, त्यति हुन सकेको छैन । सदनमा उठेका जनताका विषयलाई सरकारले पनि त्यति कार्यान्वयन गरेको जस्तो लाग्दैन । अहिले संसद्मा एउटा पार्टीले अर्कोलाई गाली गर्ने वा असन्तुष्टि व्यक्त गर्ने प्रवृत्ति छ । असन्तुष्टि व्यक्त गरे पनि मुलुकको हितका विषयमा सबै एकजुट हुनुपर्छ । संसदीय अभ्यासलाई परिस्कृत गर्दै लैजानुपर्छ । सदन भनेको जनताको आवाज उठाउने स्थान हो । तर, त्यसअनुसार जनताको सवाल पर्याप्त उठेका छैनन् ।

संविधान कार्यान्वयनको अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?

संविधान पूर्ण रूपमा कार्यान्वयन भएको छैन । यदि पूर्ण रूपमा कार्यान्वयन भएको भए जनताबाट गुनासाहरू आउने थिएनन् । नेताहरूले भत्ता मात्रै खाए भन्ने जनताको गुनासो छ । त्यसैले हामीले संविधानलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सकेका छैनौँ । सङ्घीयता कार्यान्वयनसँग जोडिएका शिक्षा, निजामती र प्रहरी ऐन अझै बन्न सकेको छैन । संविधानमा उल्लेख महिलाको अधिकार पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन ।

महिला अधिकारको दृष्टिकोणबाट संविधान पूर्ण छ ?
    
महिलाको अधिकारको दृष्टिकोणबाट हेर्दा संवैधानिक रूपमा हामी दक्षिण एसियामा अगाडि छौँ । हिजो र आजको अवस्थालाई तुलना गर्दा महिलाले अधिकार प्राप्त गरेका छन्, तर पर्याप्त छैन । अहिले पनि राज्यका संरचनामा महिलाको सहभागिता कमजोर छ । मन्त्रिपरिषद्मा महिलाको सहभागिता न्यून जस्तै छ । नीति निर्माण गर्ने मुख्य निर्णायक ठाउँमा अझै पनि महिला पुग्न सकेका छैनन् । कार्यकारी पदमा महिला पुग्न सकेका छैनन् । त्यसकारण महिलाको दृष्टिकोणबाट हेर्दा संविधान पूर्ण छैन ।

संविधान संशोधनको विषयलाई कसरी हेर्नुभएको छ ?
    
संविधान संशोधन गर्ने विषय संवैधानिक अधिकार हो । संविधानका केही विषयमा संशोधन गर्नुपर्ने आवश्यकता पनि छ । जस्तो निर्वाचनको विषयमा संशोधन गर्नुपर्ने छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी÷समानुपातिक व्यवस्था र धर्मनिरपेक्षतालगायत संविधानका सुन्दर पक्षलाई असर नपर्ने गरी निर्वाचन प्रणालीमा संशोधन गरेर सहज बनाउनुपर्छ । हाम्रो निर्वाचन प्रणाली अलि महँगो छ । 

युवाको विदेश पलायन रोक्न के गर्नुपर्ला ?

युवाको विदेश पलायन बढ्दै जाँदा देशमा ज्येष्ठ नागरिक मात्रै छन् भनिरहेका छौँ । तर आफैँ आफ्ना छोरा÷छोरीलाई विदेश पठाइरहेका छौँ । सबै सरकारले गरिदिएर हुँदैन । देशमा केही गर्ने जोस्जागर युवामा हुनुपर्छ । नेपाली युवा विदेश गएर जुन काम गर्न पनि तयार हुने, तर देशमा हिनता बोध गर्ने भन्ने हुँदैन । अहिले विदेश नगएर देशभित्रै बसेका युवाले केही न केही गरिरहेका छन् । युवा पलायन रोक्न राज्यले रोजगारीको क्षेत्रमा लगानी बढाउनुपर्छ । शिक्षामा लगानी बढाउनुपर्छ, गुणस्तरीय र प्राविधिक शिक्षामा जोड दिनुपर्छ । नकारात्मक प्रचारप्रसार र गलत आचार रोक्न जनचेतना जगाउनुपर्छ । गर्ने चाहने हो भने यहाँ जे पनि छ ।

देशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन के गर्नुपर्छ ?

हाम्रो कृषिप्रधान देश हो । अहिले कृषिमा रुचि कम हुँदै गएकाले खेतबारी बाझा हुँदै गएका छन् । अब सरकारले कृषिमा लगानी बढाउनुपर्छ । त्यसका लागि निर्यातमुखी उत्पादनमा जोड दिनुपर्छ । किसानलाई समयमै मल, बीउ, कृषि औजार र प्रविधि उपलब्ध गराउनुपर्छ । भाषण गरेर मात्र हुँदैन । अर्कातर्फ पर्यटनको सम्भावना त्यत्तिकै छ । पर्यटनलाई हामीले व्यवस्थित गर्न सकेका छैनौँ । पर्यटन क्षेत्रमा राज्यले लगानी नै गर्न सकेको छैन । हामी पानीमा धनी छौँ । हामीसँग भएको पानीबाट बिजुली उत्पादन गरेर अरु देशलाई बेच्न सक्छौँ । त्यसका लागि सोच र योजनामा परिवर्तन गर्नुपर्छ । इलम गर्न चाहना राख्नेलाई नेपालमा सम्भावना नै सम्भावना छन् ।

वर्तमान राजनीतिक व्यवस्थाप्रति तपाईंको धारणा के छ ?

केही व्यक्ति विशेषले चाहँदैमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था परिवर्तन हुँदैन । यो  व्यवस्था ल्याउन जनताले ठूला बलिदान र सङ्घर्ष छ । लोकतन्त्र ल्याउन नागरिक समाज, मजदुर र किसान सबैको उत्तिकै भूमिका छ । बरु अहिलेको व्यवस्थालाई थप सुधार गर्दै जानुपर्छ । जनतामा राजनीतिक पार्टीप्रति असन्तुष्टि छ । त्यो असन्तुष्टि दलका नेताले व्यवहार र कामबाट चिर्नुपर्ने आवश्यकता छ । जसरी सबै मिलेर व्यवस्था ल्याएका थियौँ, त्यसरी व्यवस्थालाई बलियो बनाउन पनि सबै लाग्नुपर्छ ।

नेपालका ठूला राजनीतिक पार्टीलाई तपाईंको केही सुझाव छ ?

देशको व्यवस्था परिवर्तन भएर गणतन्त्र स्थापना भएको  छ । यो परिवर्तन नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लगायत ठूला राजनीतिक दल र आमजनताको सङ्घर्षबाट आएको हो । अब आमनागरिकको अवस्था फेर्नुपर्ने बेला आएको छ । जनताको अवस्था परिवर्तन गर्ने बेलामा दलहरू एकले अर्कालाई गाली गरेर हुँदैन । एक आपसमा मिलेर जानुपर्छ । राजनीतिक आस्था आफ्नो ठाउँमा राखेर जनताको निम्ति काम गर्नुपर्छ । हिजो चुनावको समयमा राजनीतिक आस्थाको कुरा भएको होला, तर चुनावपछि सबै दलहरू मिलेर विकास गर्नुपर्ने आवश्यकता छ । देशलाई सु–संस्कृत र समृद्ध बनाउँदै सुशासन कायम गर्नुपर्छ । देशको आर्थिक अवस्था कसरी सुधार गर्ने भन्नेतर्फ ठूला राजनीतिक दलले योजनाबद्ध काम गर्नुपर्ने छ । दलहरू प्रतिशोध साँधेर होइन, मिलेर अगाडि बढ्नुपर्छ ।

सुशासन कायम गर्न के गर्नुपर्छ ?
    
सुशासन देश विकासको पहिला शर्त हो । त्यसैले सुशासन कायम गर्न भ्रष्टाचारको अन्त्य गर्नुपर्छ । भ्रष्टाचार अन्त्य गर्न कानुनको कडाइकासाथ पालना र कार्यान्वयन गर्नुपर्छ । अहिले कुनै पनि सरकारी निकायमा समयमा काम हुँदैन । जनताले पाउनुपर्ने सरकारी सेवा पनि पहुँचका आधारमा हुन्छ । त्यसको अन्त्य गरिनुपर्छ । सरकारले कानुनसम्मत काम गर्नुपर्छ । कसैले पनि कानुनभन्दा बाहिर गएर केही गर्नु हुँदैन । सुशासनका लागि सरकारी सेवामा ढिलासुस्ती हुनु हुँदैन । नेता, राजनीतिक कार्यकर्ता, कर्मचारी र प्रहरी प्रशासन सबैले कानुनसम्मत काम गर्नुप¥यो । अर्को कुरा जनता पनि सचेत हुनुपर्छ । हामीले सानो काम गराउँदा घुस दिन्छौँ । अनि कसरी सुशासन कायम हुन्छ ?

प्रहरी ऐन कस्तो हुनुपर्छ ?

प्रहरीसम्बन्धी विधेयक अहिले राज्यव्यवस्था तथा सुशासन समितिमा आएको छ । घटना हुनेबित्तिकै प्रहरी घटनास्थल पुग्ने साधनस्रोत र कानुनी व्यवस्था गर्नुपर्छ । प्रहरी सङ्गठनमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्ने विषयमा ऐन केन्द्रित हुनुपर्छ ।


प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
'संविधान संशोधनको मूल थलो सदनलाई बनाउनुपर्छ'
'संविधान संशोधनको मूल थलो सदनलाई बनाउनुपर्छ' शनिबार, असोज ३, २०८३
'राष्ट्रिय सहमतिमै संविधान संशोधन हुन्छ, पुनर्लेखनको बहसमा छैनौं'
'राष्ट्रिय सहमतिमै संविधान संशोधन हुन्छ, पुनर्लेखनको बहसमा छैनौं' शनिबार, असोज ३, २०८३
‘बालेन सरकार सिण्डिकेटधारीको प्रभावमा पर्छ भन्ने लाग्दैन’ [भिडियोसहित]
‘बालेन सरकार सिण्डिकेटधारीको प्रभावमा पर्छ भन्ने लाग्दैन’ [भिडियोसहित] आइतबार, भदौ २८, २०८३
‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा द्विविधा छैन’
‘भोटेकोशी बाढी जलवायुजन्य घटना हो, यसमा द्विविधा छैन’ बुधबार, भदौ २४, २०८३
‘बेत्रावतीका सेन्सर नै बगाउने बाढीको आकलन सकिएन, अब चीनसँग ‘रियल टाइम’ सूचना प्रणाली बनाउनुपर्छ’
‘बेत्रावतीका सेन्सर नै बगाउने बाढीको आकलन सकिएन, अब चीनसँग ‘रियल टाइम’ सूचना प्रणाली बनाउनुपर्छ’ शुक्रबार, भदौ १९, २०८३
सिण्डिकेटको त्रास अन्त्य भएको छैन
सिण्डिकेटको त्रास अन्त्य भएको छैन मंगलबार, भदौ ९, २०८३
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’ सोमबार, साउन ११, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP