Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
कृषि
  • Home
  • कृषि
  • हरित क्रान्तिमा तेह्रथुमका किसान
हरित क्रान्तिमा तेह्रथुमका किसान
बबिता राई/रासस
बबिता राई/रासस आइतबार, जेठ २५, २०८२

तेह्रथुम- फेदाप गाउँपालिका–६ का केशरबहादुर घिसिङको जमिनमा कुनैबेला ३० देखि ४० मनसम्म अलैँची फल्थ्यो । एक्कासी अलैँचीमा गानो कुहिने र छिर्के फुर्केजस्ता रोग लागेपछि बगान मासिँदा उत्पादन ठप्प भयो । आम्दानीको मुख्य स्रोत अलैँची मासिँदा उनमा चिन्ता थपिनु स्वाभाविक थियो । त्यहीबेला कोसी प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेश वन विकास कार्यक्रमअन्तर्गत कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रम सुरु भयो ।
    
केशरबहादुर पनि त्यो कार्यक्रममा जोडिए । उक्त कार्यक्रममा आफू जोडिनु ‘ढुङ्गा खोज्दा देउता मिल्यो’ भन्ने उखान चरितार्थ भएको अनुभूति भएको उनले सुनाए । “प्रक्रिया पुर्‍याएर कागजात पेस गरेको थिएँ, एक लाख रुपैयाँ अनुदान प्राप्त भयो, त्यहीँ अनुदानबापत प्राप्त भएको नगद लगानी गरेर काठ र फलफूलका बिरुवा रोपेको छु”, घिसिङले भने ।
       
अनुदान आएपछि रोपेका काठ र फलफूल घिसिङको बगानमा धमाधम हुर्किंदैछन् । उनले ४५ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा अलैँचीसँगै ओखर, हलुवावेद जर्मन नस्पाती र खुर्पानीलगायत बिरुवा रोपेका छन्  । उनको बगानमा यतिबेला ती बिरुवा धमाधम हुर्किइरहेका छन् । “प्रदेश वन विकास कार्यक्रममार्फत आर्थिक वर्ष २०७९/८० मा प्राप्त एक लाख रुपैयाँ अनुदान सहयोगमा रोपेका बिरुवाले बगान हरियाली भएको छ”, घिसिङले थपे  ।
    
फेदाप गाउँपालिका–६ इसिबु घर भएका ६६ वर्षीय घिसिङ प्रायः आफूले रोपेका काठ, फलफूल र अलैँचीका बिरुवा गोडमेल गर्न व्यस्त भेटिन्छन्  । उनको नाममा दर्ता भएको कृषि फार्ममा उन्नत जातका सुन्तला, बोधिचित्त, ओखरजस्ता फलफूलका बेर्ना उत्पादन हुन्छन् । ती बेर्ना तेह्रथुम र धनकुटाका विभिन्न स्थानबाट आएका किसानले किनेर लैजान्छन् ।
    
उनले ५० वटा बोयर जातका बाख्रासमेत पालेकाे छन्  । अलैँचीखेती, बेर्ना उत्पादन र बाख्रापालनबाट वार्षिक १० लाख रुपैयाँ हाराहारी आम्दानी गर्दै आएको उनी सुनाउछन्  । “सात जनाको परिवार यहीँ आम्दानीले धानेको छ, उत्तिसका गोलिया हुर्केपछि बिक्री गर्दा एकामुष्ट आम्दानी हुन्छ, त्यो पैसा कृषि उद्यममै लगानी गर्ने योजना छ”, उनले भने  ।
    
पुस्तौँदेखि कृषिकर्म गर्दै आउनुभएका उहाँले कोसी प्रदेश सरकार मातहतको डिजिजन वन  कार्यालयबाट बिरुवा रोप्न पहिलोपटक अनुदान पाएका हुन्  । “उजाड हुन लागेका कान्ला भित्तामा बिरुवा रोप्ने अनुदान पाइयो, धमाधम हरियाली फर्कंदैछ, पाखुरा बजार्नेहरुलाई पनि प्रदेश सरकारले हेर्दोरहेछ”, उनले भने ।
    
केशरबहादुर जस्तै तेह्रथुमकै मेन्छ्यायेम गाउँपालिका–६ मोराहाङका ऋषिबहादुर थापाले पनि ४० रोपनी क्षेत्रफलमा अलैँची र उत्तिसका विरुवा रोपेका छन्  । पाँच वर्षअघि पाँच लाख रुपैयाँको उत्तिसको गोलिया बेच्नुभएका उनले प्रदेश सरकारको कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रममार्फत एक लाख रुपैयाँ अनुदान पाएपछि पुनःउत्तिसका बिरुवा रोप्नुभएको हो । “दुई वर्षअघि रोपेको उत्तिस बगान मज्जाले हुर्कंदैछ, चार–पाँच वर्षपछि बगान हुर्कन्छ, अनि फेरि गोलिया बेच्ने हो”, उनले भने ।

जङ्गलमा उत्तिस रोप्दा धेरै मेहनत लाग्दैन, चाँडै हुर्किन्छन्, अरु बालीलाई जस्तो मलजल र स्याहार गरिरहनु पर्दैन र बिक्री गर्दा एकामुष्ट आम्दानी हुन्छ । प्रदेश सरकारको अनुदान आफ्ना लागि कोशेढुङ्गा सावित भएको थापा सुनाउनुहुन्छ । घिसिङ र थापा जस्तै प्रदेश सरकारको पर्यटन वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेश वन विकास कार्यक्रमअन्तर्गतको कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रमबाट अनुदान पाएपछि तेह्रथुमका किसानले बाँझिएका र उजाड पाखामा काठ, फलफूल र नगदेबाली लगाएका छन् ।

वन क्षेत्रको विस्तारगरी वातावरणलाई हरियाली बनाउनसँगै कृषकलाई आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० देखि जिल्लामा यो कार्यक्रम लागू गरेको हो । डिभिजन वन कार्यालय तेह्रथुमका अनुसार कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रम जिल्लामा आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएको हो । पहिलो वर्षमा जिल्लाका छ जना कृषकलाई अनुदान दिइएको थियो । त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा यो कार्यक्रमबाट जिल्लाका थप १० किसानलाई अनुदान दिइएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ का लागि सात लाभग्राही कृषक छनोट भएका छन् । निजी काष्ट एवम् गैरकाष्ठ वनपैदावर प्रवद्र्धन गर्दै कृषकलाई कृषि वनबाट आयआर्जन मुखी क्रियाकलापमा जोड्न यो कार्यक्रम महत्वपूर्ण रहेको डिभिजन वन कार्यालयका प्रमुख बद्रीप्रसाद साह बताउनुहुन्छ । यस कार्यक्रममार्फत् प्रत्येक कृषकले एक लाख रुपैयाँ अनुदान पाउँदै आएका छन् ।

Hardik health

म्याङलुङ नगरपालिका १० साब्लाका विनोद सुवेदी डिभिजन वन कार्यालयबाट पाएको प्रदेश सरकारको अनुदानले ठूलो राहत भएको बताए  । उनले आव २०७८/७९ मा एक लाख रुपैंया अनुदान प्राप्त गरेका थिए  । यस वर्षका लागि लाभग्राही कृषकका रुपमा छनोट भएकी फेदाप गाउँपालिका–५ की प्रेमा लिम्बूले आफ्नो निजी वनमा लकडी (गोलिया) का रुपमा प्रयोग हुने उत्तिस र तत्काल बिक्री हुने फलफूल रोप्ने योजना सुनाए ।
      
आफ्नै लगानीमा गर्नुपर्ने कामका लागि सरकारले अनुदान दिँदा उत्साहित भएको लाभग्राही कृषककै रुपमा छनोट हुनुभएका म्याङ्लुङ नपा–२ का कुलबहादुर तुम्बाहाङ्फे सुनाए । चालु आवमा कृषि वन प्रणाली प्रवद्र्धन कार्यक्रमको अनुदानका लागि सार्वजनिक सूचना प्रकाशन तथा प्रसारण गरेर आवेदन आह्वान गरिएको थियो । यसमा जिल्लाभरिबाट डिभिजन वन कार्यालयमा २० वटा निवेदन आएको कार्यक्रम अधिकृत सुमन खड्काले बताए । तीमध्ये सात लाभग्राही कृषक छनोट गरिएको हो ।

कार्यक्रम अधिकृत खड्काका अनुसार लाभग्राही कृषक छनोट प्रक्रियामा सवडिभिजन वन कार्यालयको र स्थानीय तहको सिफारिस, मालपोत कार्यालयको जग्गा रोक्का नभएको सिफारिस, नागरिकता वा फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, फर्मको हकमा कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, ब्लु प्रिन्ट नक्सा तथा जग्गा खुल्ने प्रमाणित नक्सा माग्ने गरिन्छ । चालिस रोपनीभन्दा बढी जग्गा भएका किसानले मूल्यांकनमा दश अंक धेरै पाउछन् । त्यस्तै ३० रोपनीभन्दा माथि र ४० रोपनीसम्म भएमा त्यस्ता आवेदकले आठ अंक पाउछन् ।
     
यीसहित १० वटा मापदण्डका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने आवेदक अनुदानका लागि छनोट गरिन्छ । लाभग्राही कृषक छनोट समितिमा डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र र  सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासङ्घका प्रतिनिधि रहने व्यवस्था रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सन्निकुमार झा बताए  ।
    
कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रमबाट मात्र जिल्लामा हालसम्ममा ५०० रोपनीभन्दा बढी क्षेत्रफलमा उत्तिस, अन्य गैरकाष्ठ तथा फलफूलका बिरुवा रोपिएको छ । यस वर्ष थप क्षेत्रफलमा पनि रोपिँदैछ । आव २०८०/८१ मा अनुदान प्राप्त गरेका म्याङलुङका डम्बरबहादुर लिम्बूले म्याङ्लुङ–४ पिप्लेमा उत्तिससँगै फलफूलमा कागती र लिची रोपेको बताए । एम्बुलेन्स चलाउने पेसा अँगालेका उनले पाँच वर्षअघि साथीहरुसँग मिलेर खरिद गरेको जग्गामा अनुदानबाट प्राप्त रकमले ती बिरुवा रोपेको सुनाउनुभयो । लिम्बूसहित साथीहरुको समूहले टेके एग्रो फर्म दर्तागरी व्यावसायिक लिचीखेती गर्दै आएका छन् ।

किसानलाई प्रोत्साहन, भूक्षय रोक्न सहयोगी

जिल्लाको म्याङ्लुङ नपा–५ जिरिखिम्तीका रबिन्द्र सोदेम्बा र चन्द्रकुमार सोदेम्बाले गत वर्ष निजी वनबाट सात–सात लाख रुपैयाँको गोलिया बेचे  ।  रुख काटेर खालि रहेको ३५ रोपनी क्षेत्रफलमा कोसी प्रदेश सरकारको कृषि वन प्रणाली प्रवर्द्धन कार्यक्रमको अनुदान सहयोगबाट गएको वर्षायाममा उत्तिस र अलैँचीको बिरुवा लगाएका हुन् ।
    
कृषकलाई यस्ता अनुदानका कार्यक्रमले बिरुवा लगाउन प्रोत्साहित गरेको उनीहरुको भनाइ छ । खेति गर्ने जग्गामा पहिरो जान थालेपछि खेतबारीको छेउछाउमा उत्तिसलगायत बिरुवा रोप्दा त्यसले पहिरो रोक्न मद्दत पुगेको उनीहरुले सुनाए। यो कार्यक्रमबाट प्राप्त अनुदान रकमबाट कृषकले पहिरो जाने स्थानमा उत्तिसलगायत बिरुवा रोपण गरेपछि त्यसले भूक्षय हुनबाट रोकेको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासङ्घ तेह्रथुमका अध्यक्ष बुद्धिमान खुलाल बताए  । यद्यपि, कम कृषकले मात्र अनुदान पाएको भन्दै आगामी दिनमा प्रदेश सरकारले यसको दायरा केही बढाउन आवश्यक रहेको उनको सुझाव छ । 

उत्तिसः अलैँचीका लागि छहारीसँगै मल पनि
अलैँची बारीमा उत्तिसको बिरुवा रोप्दा अलैँचीलाई छहारीसँगै मल पनि हुने कृषकको भनाइ छ । कृषि वन प्रणाली प्रवर्द्धनकार्यक्रममार्फत अनुदान पाई अलैँची बारीमा उत्तिसका बिरुवा रोपेका फेदाप गाउँपालिका–६ का अगुवा कृषक केशरबहादुर घिसिङका अनुसार अलैँचीलाई रुख बिरुवाको छहारीले राम्रो गर्छ । उत्तिसको बिरुवा रोपी दिएपछि त्यो छहारी पनि हुने र त्यसका पातपतिङ्गर झरेर कुहिन गई अलैँचीलाई मल पनि हुन्छ । 
    
उत्तिसको बिरुवा अलैँचीका बोटका लागि निकै उपयोगी हुने अर्का लाभग्राही कृषक, मेन्छ्यायेम गापा–६ मोराहाङका ऋषिबहादुर थापाको अनुभव छ । उनले पनि अनुदान रकमबाट अलैँचीबारीमै उत्तिसका बिरुवा लगाएका छन्  । अलैँचीले चिस्यान ठाउँ बढी नै मन पराउँछ । उत्तिसका बिरुवाले जमिनलाई चिस्याइलो बनाइराख्न पनि मद्दत पुग्ने भएकाले अलैँची बगानमा उत्तिसको बिरुवा रोप्दा निकै उपयोगी हुने कृषि प्राविधिकहरु बताउँछन् ।

राजस्व संकलनको मुख्य आधार

डिभिजन वन कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी राजस्व रुखको गोलिया निर्यातबाट हुने गरेको छ । चालु आर्थिक वर्षको हालसम्ममा मात्र जिल्लामा गोलिया निर्यातबाट रु चार करोड बढी राजस्व संकलन भएको छ ।   गत आव २०८०/८१ मा तेह्रथुमबाट ५३ करोड रुपैयाँको गोलिया काठ निर्यात भएको थियो । सो वापत सङ्घीय सरकारलाई सात करोड ३१ लाख ६९ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर संकलन भएको थियो भने ७८ लाख ८५ हजार तीन सय रुपैयाँ प्रदेश सेवा शुल्कबापत राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको १२ महिनामा तेह्रथुमका निजी वनबाट २६ लाख ४१ हजार १ ८६ क्युफिट गोलिया काठ जिल्ला बाहिर निर्यात भएको थियो । 
    
जिल्लामा ३२ वटा निजी वन दर्ता भएका छन् । तीनको क्षेत्रफल २६ दशमलव १० हेक्टर छ । यस्तै कबुलियती वन समूह १२३ वटा छन् भने तिनीहरुको क्षेत्रफल ३४० दशमलव ६३ हेक्टर रहेको डिभिजन वन कार्यालय तेह्रथुमको तथ्यांक छ । त्यस्तै सामुदायिक वनको सङ्ख्या ३३९ र  क्षेत्रफल १९ हजार १२४ दशमलव ७६५ हेक्टर रहेको डिभिजन वन कार्यालयले जनाएको छ । 


प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
उपभोक्ताको रुचिमा कर्णालीको स्याउ
उपभोक्ताको रुचिमा कर्णालीको स्याउ बुधबार, असोज १, २०८२
केरा आयात नगर्न अनुरोध
केरा आयात नगर्न अनुरोध बुधबार, असोज १, २०८२
दूग्ध उत्पादन किसानलाई अनुदान
दूग्ध उत्पादन किसानलाई अनुदान मंगलबार, भदौ ३१, २०८२
डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा
डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा आइतबार, भदौ २९, २०८२
ताप्लेजुङका किसान बँदेलबाट पीडित
ताप्लेजुङका किसान बँदेलबाट पीडित आइतबार, भदौ २९, २०८२
आम्दानीको स्रोत बन्दै अग्र्यानिक आलु
आम्दानीको स्रोत बन्दै अग्र्यानिक आलु शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP