काठमाडाैं - नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । मंगलबार नेप्से परिसूचक ०.८५ अंकले बढेर २६७५.६२ विन्दुमा पुगेको छ । सोमवार २.९७ अंकले घटेर २ हजार ६७७ विन्दुमा झरेको थियो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.८७ अंक बढेको छ । फ्लोट इन्डेक्स ०.१ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अंकले बढेको छ ।मंगलबार कारोबारमा आएका ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबारको कारोबारमा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबारको कारोबारमा ८५ कम्पनीको सेयर बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
१३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ र विकास बैंक उपसमूह सामान्य रूपमा सकारात्मक भएको हो । जसमध्येमा सबै भन्दा धेरै विकास बैंक उपसमूहको परिसूचक बढ्दा सबैभन्दा धेरै जीवन बीमाको घटेको छ । कारोबार रकममा आधारमा सबैभन्दा धरै युनिभर्सल पावर कम्पनीको ६३ करोड ५८ लाख १९ हजार बराबरको कारोबार भएको छ ।