Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • गठबन्धनमा फेरि खटपट !
गठबन्धनमा फेरि खटपट !
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ६, २०८२

कांग्रेस भनेको राष्ट्रिय शक्ति हो । राष्ट्रको अगाडि आएको समस्या बुझ्छ । चिन्नसक्ने खुबी कांग्रेसमा छ । त्यसलाई सम्बोधन गर्ने सामाथ्र्य पनि राख्छ । देशभित्र एउटा उकुसमुकुस छ । तन्नेरी नौ जवानलाई देशप्रतिको भरोसा टुटेको छ । यो अप्ठ्यारोबाट देशलाई बाहिर निकाल्ने कांग्रेसले हो ।
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस
 

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेमा फेरि खटपट सुरु भएको छ । केही समय मौन रहेका उच्चस्तरीय राजनीतिक संयन्त्रका सदस्यसमेत रहेका कांग्रेस महामन्त्री गगन थापाले सोमबार खटपटको संकेत गरेका हुन् ।

कांग्रेस चौतर्फी खुसी हुनुपर्ने बेलामा पनि देश भने अप्ठ्यारो अवस्थामा पुगिसकेको थापाले तर्क गरे । चैत २४ देखि गभर्नर पद रिक्त रहेको तर उक्त पदमा सत्तारुढ दल एमाले र कांग्रेसबीच नै हानथाप छ । तर थापाले गभर्नर कांग्रेसले पाउने उल्लेख गर्दै देशको नेतृत्वमा कांग्रेस पुग्नुपर्ने बेला आइसकेको तर्क गरे । ‘हामी अहिले नेपालको सबैभन्दा ठूलो पार्टी हो । सबैतिर सरकारमा छौं । पालिका, वडा, प्रदेश, संघ सबै सरकारमा छौं । अहिले हामीले बनाएको प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्री पनि हाम्रो, अब गभर्नर हाम्रो, सबै हाम्रो । खुसी हुनुपर्ने हो नि कांग्रेस । सबैतिर हाम्रो भएको बेलामा,’ थापाले भने ।

उनले कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको जिकिर गर्दै देशमा देखिएको समस्या चिनेर समाधान गर्ने जिम्मेवारी पनि आफूहरुको काँधमा आएको बताए । ‘कांग्रेस भनेको राष्ट्रिय शक्ति हो । राष्ट्रको अगाडि आएको समस्या बुझ्छ । चिन्नसक्ने खुबी कांग्रेसमा छ । त्यसलाई सम्बोधन गर्ने सामाथ्र्य पनि राख्छ । देशभित्र एउटा उकुसमुकुस छ । तन्नेरी नौ जवानलाई देशप्रतिको भरोसा टुटेको छ । यो अप्ठ्यारोबाट देशलाई बाहिर निकाल्ने कांग्रेसले हो,’ महामन्त्री थापाले भने । वैशाखयता राजनीतिक संयन्त्रको बैठक पनि बस्न सकेको छैन । 

Hardik health

हामीले एमाले नेतृत्वलाई पनि भनेका छौं, गठबन्धन भनेको एकअर्काको ‘प्वाइन्ट अफ भ्यु’लाई बुझ्ने हुनुपर्छ । मैले जे सोच्छु, त्यही नै ध्रुवसत्य हो, अरूले मेरो किन विरोध गरिरहेका होलान् भन्ने मानसिकताबाट गठबन्धन बन्दैन । 
डा. प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस

थापाले असन्तुष्टि व्यक्त गर्दै गर्दा सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दै थियो । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेट तय भयो । बालुवाटारमा तय भएको भेट हुन नसकेको एमालेकै नेताहरु बताउँछन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय पेचिलो बन्दै गएको छ । गभर्नर कांग्रेसले पाउने सहमति भइसकेको भनेर देउवाले सार्वजनिकरूपमै भने पनि अहिलेसम्म सरकारले नियुक्त गर्न सकेको छैन । एकपछि अर्को गर्दै गभर्नर छनोट समितिका सदस्यहरुले राजीनामा दिने र नयाँ सदस्य नियुक्तिको क्रम चलिरहेको छ । 

विवादकै कारण राष्ट्र बैंकले एक महिनाभन्दा बढी समयदेखि गभर्नर पाएको छैन । राष्ट्र बैंकको नियमावलीअनुसार बहालवाला गभर्नरले अवकाश पाउने एक महिना अगाडि नै नयाँ गभर्नरको टुंगो लगाउनुपर्नेमा रिक्त रहेकै करिब डेढ महिना भइसकेको छ ।कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ओली सरकारले सत्ता सहयात्रीलाई सँगै लैजान नखोजेको टिप्पणी गरेका छन् । कांग्रेस कास्की क्षेत्र नम्बर ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महतले पार्टीभित्र असन्तुष्टि रहेको बताएका हुन् । ‘अहिले गठबन्धनको सरकार छ । ओलीजीजस्तो प्रधानमन्त्री हुनुहुन्छ । सबै कुरा हुँदैन । केही त होला नि ! सबै नभए पनि ५० प्रतिशत त हो नि ! अहिलेको गठबन्धनप्रति हाम्रा पनि केही असन्तुष्टिहरू छन् । नभएको होइन, हामीले भनिरहेका छौं,’ सोमबार महतले भने । 

गभर्नर नेपाली कांग्रेसले पाउनुपर्ने उल्लेख गर्दै महतले यसबारेमा एमालेले अरुका पनि कुरा बुझ्नुपर्ने धारणा राखे । ‘हामीले एमाले नेतृत्वलाई पनि भनेका छौं, गठबन्धन भनेको एकअर्काको ‘प्वाइन्ट अफ भ्यु’लाई बुझ्ने हुनुपर्छ । मैले जे सोच्छु, त्यही नै ध्रुवसत्य हो, अरूले मेरो किन विरोध गरिरहेका होलान् भन्ने मानसिकताबाट गठबन्धन बन्दैन । अहिले गभर्नरको कुरा छ । हामीले एउटा प्रोफेसनल मान्छे आओस् भनेका छौं,’ प्रवक्ता महतले भने ।

शनिबारमात्र नेपाली कांग्रेसले आफ्नो संसदीय दलको बैठक राखेको थियो । बैठकमा अधिकांश सांसदले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । पछिल्लो दिन कांग्रेसबाट निर्वाचित सांसदहरुप्रति सरकारले निशाना साँधेको भन्दै कांग्रेस नेताहरुले असन्तुष्टि पोख्दै आएका छन् । कांग्रेस प्रवक्ता महतले मोहनबहादुर बस्नेतलाई सरकारले यसरी नै निशाना साँधेको आरोप लगाए । ‘अहिले मोहनजीको बारेमा पनि मैले बुझ्दा कल बाइपास रोक्ने प्रविधि चाहियो भनेर सिफारिस गर्नुभएको रहेछ । टेरामक्स भनिएको छैन । त्यसमा अब सबै उसैलाई जिम्मा लगाइदिएको छ । यो पनि के भएको हो, यसमा थप बुझ्ने कोसिस गरिरहेको छु, तर आश्चर्यजनक लागिरहेको छ,’ महतले भने । 
 


प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०९:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP