Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
Search Here
समाचार
  • Home
  • समाचार
  • दक्षिण ललितपुरको प्युटारमा शुरु भयो तीन दिने ताम्बा प्रशिक्षण
दक्षिण ललितपुरको प्युटारमा शुरु भयो तीन दिने ताम्बा प्रशिक्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १, २०८२
RBB RBB

ललितपुर- ललितपुरको बागमती गाउँपालिका वडा-४ स्थित प्युटारमा ताम्बा (म्रावाइसिंगे) प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । बागमती गाउँपालिकाले आयोजना गरेको कार्यक्रम बिहीबारबाट शुरु भएको हो ।

तीन दिन चल्ने प्रशिक्षणमा पालिका भित्रको सात वटै वडाहरुको ताम्बा सहभागी भएका छन् । बागमती गाउँपालिकामा रहेको तामाङ समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यसहित ताम्बा संस्कार प्रशिक्षण सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्यअनुरुप प्रशिक्षण कार्यक्रम राखिएको वडा नम्बर ४ का अध्यक्ष रामकुमार लामाले बताए । लामाले तामाङ भाषा र संस्कृतिको पहिचान जोगाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको दोस्रो दिन पालिकाका सातै वडाबाट तीन–तीन जना ताम्बाहरूको सहभागितामा बन्द सत्र सञ्चालन गरिने छ ।  सहभागीलाई डम्फु वितरण गरिने कार्यक्रमसमेत रहेको छ । बन्द सत्रमा संस्कृति संरक्षण, भाषाको प्रवर्द्धन, तथा ताम्बा परम्पराको निरन्तरताबारे गहन छलफल हुने आयोजकले जनायो । 

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले ताम्बाहरूबीचको घमण्ड र एकरूपताको कमीका कारण तामाङ समुदाय पछाडि परेको बताए । उनले समुदायको एकता र संस्कृतिको संरक्षणका लागि बागमती गाउँपालिकाले यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममार्फत ताम्बा संस्कार र ज्ञानको आदान–प्रदानले समुदायमा नयाँ ऊर्जा र तामाङ समुदायको भाषा संस्कृति संरक्षणमा टेवा पुग्ने उनको भनाइ थियो । तीन दिनसम्म चल्ने अन्तरक्रियाबाट तम्बासम्बन्धी प्रशिक्षण‚ ज्ञान‚ सीपसम्बन्धी दस्तावेज तयार हुने आशा आफूले गरेको अध्यक्ष लोप्चनले बताए । Tambanew-1747331205.jpg
 

विषेश अतिथि तामाङ संघका पूर्व केन्द्रीय अध्यक्ष तथा तामाङ घेदुङको सल्लाहकार कवेलबहादुर लामाले कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ मात्र नभई खस आर्य समुदायको पनि मौलिक संस्कृति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले सम्पूर्ण जातजातिको मौलिक संस्कृति जोगाउन सबै नेपालीको साझा जिम्मेवारी भएको कुरामा जोड दिए ।

कार्यक्रममा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा तथा अथितिहरु वडा अध्यक्ष ज्ञ्यानबहादुर लो, नारायण भोम्जन, होमप्रसाद बजगाईंलगायत तामाङ भाषा र संस्कृतिसम्बन्धी जानकारी राख्ने व्यक्तिहरुको उपस्थिति रहेको थियो । ‘ताम्बा’ तामाङ समाजको परम्परागत संस्था हो । ताम्बालाई तामाङ समाजको प्रवक्ताको र तामाङ इतिहासकारका रूपमा हेरिन्छ । ताम्बाको अहम् भूमिका मूलतः विवाहमा प्रदर्शित हुन्छ । 


प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २३:३२
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
यार्सा खोज्न हिमालतिर उक्लिए  चिमखोलावासी
यार्सा खोज्न हिमालतिर उक्लिए  चिमखोलावासी बिहीबार, जेठ १, २०८२
प्रतिनिधिसभामा दुई प्रतिवेदन पेस
प्रतिनिधिसभामा दुई प्रतिवेदन पेस बिहीबार, जेठ १, २०८२
ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै
ताप्लेजुङका स्थानीय तह याक प्रवर्द्धनमा जुट्दै बिहीबार, जेठ १, २०८२
बाँकेमा २२ आगलागीका घटना
बाँकेमा २२ आगलागीका घटना बिहीबार, जेठ १, २०८२
सगरमाथा आरोहण सिजन २०२५ मा पहिलो विदेशी आरोहीको मृत्यु, दुई शेर्पा कर्मचारीको पनि निधन
सगरमाथा आरोहण सिजन २०२५ मा पहिलो विदेशी आरोहीको मृत्यु, दुई शेर्पा कर्मचारीको पनि निधन बिहीबार, जेठ १, २०८२
गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री
गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान व्यक्ति नियुक्ति हुन्छ : प्रधानमन्त्री बिहीबार, जेठ १, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
दक्षिण ललितपुरको प्युटारमा शुरु भयो तीन दिने ताम्बा प्रशिक्षण
दक्षिण ललितपुरको प्युटारमा शुरु भयो तीन दिने ताम्बा प्रशिक्षण
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP