Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • संसद्को बजेट अधिवेशन आजदेखि, विधेयक पनि प्राथमिकतामा
संसद्को बजेट अधिवेशन आजदेखि, विधेयक पनि प्राथमिकतामा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, वैशाख १२, २०८२
  •  बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने
  •  वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रस्तुत हुने 
  •  विधेयकहरू अघि बढाउने गरी संसद् बैठकको क्यालेन्डर 
  •  विपक्षी दलहरूले शिक्षकका माग, कुलमान घिसिङको बर्खास्तीसँगै जनजीविकाको मुद्दा उठाउने

काठमाडौं– संघीय संसद्को बर्खे (बजेट) अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनअन्तर्गत दिउँसो १ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै छ ।बर्खे अधिवेशनमा प्राथमिकता पाउने भनेको बजेटसहितको नीति तथा कार्यक्रमले हो ।

तर, सत्तारूढ दलहरूले विधेयकहरूलाई पनि अघि बढाउने भएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विधेयकलाई अघि बढाउनेगरी नै संसद् बैठकको क्यालेन्डर बन्ने छ ।‘थुप्रै विधेयक अगाडि बढाउनुपर्ने छ । त्यहीअनुसार संसद्को क्यालेन्डर बन्छ,’ उनले प्रभावसँग भने, ‘संसद् सचिवालयले त्यसको मस्यौदा तयार गरेको छ ।’

तय भएको क्यालेन्डरको मस्यौदाअनुसार आज संसद्मा दलीय आधारमा सम्बोधन गर्ने कार्यतालिका छ । सम्बोधनपछि अर्थमन्त्री विष्णु पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक संसद्मा प्रस्तुत गर्नेछन् ।
बर्खे अधिवेशनको पहिलो बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । 

‘सुरुमा प्रधानमन्त्रीज्यूले सम्बोधन गर्ने भएको छ । सोहीअनुसार समझदारी भएको छ,’ सत्तापक्षका प्रमुख सचेतक महेश बस्र्तौलाले बताए । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाशको १४, १५ र १६ गते बस्ने छ । बैठकमा विधेयकहरू अघि बढाइने भएको छ । १९ गते भने राष्ट्रपति रामचन्द्र पौडेलबाट सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने कार्यतालिका छ । बजेटपूर्वको छलफल भने २८ वैशाखदेखि मात्रै गर्ने सरकारको तयारी छ । 

Hardik health

बजेट प्रस्तुत हुने १५ दिन अगावै बजेटपूर्वको छलफल गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । जेठ १५ गते आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । बजेट अधिवेशनपूर्व सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकसँग छलफल गरेका छन् । उनले विधेयकको चाप रहेको भन्दै शनिबार र सार्वजनिक बिदाबाहेका दिनमा संसद् सञ्चालन गर्ने प्रस्ताव राखेका थिए ।

उनले विद्यालय शिक्षा विधेयक– २०८० छिटो पारित गर्नुपर्ने पनि बताएका थिए । हाल उक्त विधेयक संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिमा दफावार छलफलको क्रममा छ । त्यही विधेयक पारित गर्नुपर्ने माग गर्दै शिक्षकहरू २२ दिनदेखि काठमाडौंमा आन्दोलित छन् । त्यही भएर सभामुख घिमिरले शिक्षा विधेयकसहितका विधेयकहरू पारित गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।

नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरू पनि विचाराधीन अवस्थामा रहेका विधेयकहरू छिटो पारित गर्नुपर्नेमा सहमत भएका छन् । तर, माओवादीले शिक्षक आन्दोलन, कुलमान घिसिङको बर्खास्तीसँगै जनजीविकाको सवालमा केन्द्रित मुद्दा संसद्मा उठाउने भएको छ । सडकबाट पनि ती सवाललाई उठाउने भएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए । 

उनका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले विकसित राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका थिए । त्यस क्रममा दाहालले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको समेत बताएका थिए । दाहालले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहेको जनाउँदै सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको आरोप लगाए । 

यसबाहेक संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि प्रस्तुत गरेको दाबी गर्दै ती विधेयक संसदबाट पारित गर्न सांसदहरूलाई निर्देशन दिएका थिए । अर्को विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद्को बजेट अधिवेशनको छलफल सांसद डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गर्ने भएको छ ।

प्रमुख सचेतक सन्तोष परियारका अनुसार वाग्लेको नेतृत्वमा छलफल गरेर बजेट अधिवेशनमा बहस गर्ने रास्वपाले निर्णय गरेको छ । राप्रपाले संसद्मा राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनासँगै संघीयता खारेजी र भ्रष्टाचार अन्त्यको मुद्दा उठाउने भएको छ । नेकपा एसले पनि शिक्षकको माग पूरा गर्न दबाब दिने भएको छ । 
 


प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP