Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
समाचार
  • Home
  • समाचार
  • गभर्नर नियुक्ति गिजोलिँदा धरमरमा ओली सरकार
गभर्नर नियुक्ति गिजोलिँदा धरमरमा ओली सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख १०, २०८२
  • गभर्नर छनोट गिजोलिएको भन्दै सिफारिस समितिका सदस्यसमेत रहेका पूर्वगभर्नर विजयनाथ भट्टराईद्वारा राजीनामा
  • आफ्नैले पार्टी नेतृत्वलाई विश्वास नगरेको भन्दै प्रधानमन्त्री ओलीको गुनासो
  • सरकार परिवर्तनको बाहिरी हल्लालाई बल मिल्नेगरी गभर्नर नियुक्ति प्रकरण थप गिजोलिँदै

काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका लागि गठन भएको सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । गभर्नर नियुक्तिमा अति राजनीतिकरण भएको भन्दै भट्टराईले मंगलबार समिति संयोजकसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् ।

समिति गठन भएपछि एकपटक पनि बैठक नबसी सदस्य भट्टराई बाहिरिएका छन् । चैत ११ गतेको मन्त्रिपरिषद्ले अर्थमन्त्री पौडेलको नेतृत्वमा तीन सदस्यीय गभर्नर सिफारिस समिति गठन गरेको थियो । उक्त समितिमा योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल अर्का सदस्य हुन् ।

भट्टराईले गभर्नर छनोट प्रक्रियामा नगएको र समितिको बैठकसमेत बस्न नसकिरहेको अवस्थामा आफू बस्न अनुकूल नभएको भन्दै राजीनामा दिएको अर्थमन्त्रीको सचिवालयले जनायो ।चैत २४ देखि नेपाल राष्ट्र बैंक नेतृत्वविहीन छ । तर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले यो पद आफूनिकटकालाई दिनुपर्ने भन्दै हानथापमा उत्रिएको छ ।

नेपाली कांग्रेस जसरी पनि गभर्नर आफ्नै क्यान्डिडेटलाई बनाउन चाहेको देखिन्छ । सरकारको नेतृत्व गरिरहेको दल एमाले पनि गभर्नर आफ्नै पोल्टामा राख्न चाहन्छ । यही हानथापका कारण चैत २४ देखि रिक्त गभर्नर पद सरकारले नियुक्त गर्न नसकेको हो । गभर्नरकै कारण सरकारमा हलचल आएको र दुई दलबीच दूरी बढेकोसमेत बताइन्छ ।

Hardik health

आफ्नो सत्ता नै धरापमा परेपछि प्रधामन्त्री केपी शर्मा ओली यसअघि गभर्नर कांग्रेसलाई दिन तयार भएको बताइएको थियो । उक्त पदमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट गुणाकर भट्टलाई अघि सार्ने तयारीसमेत गरेका थिए । यद्यपि छनोट प्रक्रिया नै सुरु नभई भट्टविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । यही मेसोमा कांग्रेस सभापति देउवा बैंकक उडेका छन् । बैंकक उड्दा कतिपयले सरकार परिवर्तनको ‘डिल’ हुने आशंका गरेका छन् । बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकमासमेत यो विषय उठेको थियो । देउवाले सरकार हेरफेरको कुनै शंका नगर्न पदाधिकारी तथा पूर्वपदाधिकारीलाई आश्वस्ता पारेका थिए ।

यद्यपि भट्टराईको राजीनामासँगै बाहिरी आशंकालाई बल मिल्नेगरी गभर्नर नियुक्त थप गिजोलिएको छ । ६५ वर्षे उमेर हद हटाइएको मापदण्ड तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश दिएसँगै गभर्नरको रेसमा रहेका रवीन्द्र पाण्डे, पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री आउट भइसकेको छन् । गभर्नरको मापदण्डमा ३० वर्ष र कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारी र सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ ।


ओलीको गुनासो– आफ्नैले विश्वास गर्न छाडे
सोमबारमात्र शिक्षामन्त्री विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । भट्टराईले पद छाडेपछि प्रधानमन्त्री ओलीको चौतर्फी विरोध भयो । यद्यपि यो विषयमा ओलीले आफैंले बनाएको मन्त्री हटाउँदा विरोध गर्ने कसैलाई अधिकार नभएको शैलीमा जवाफ फर्काए ।

‘एउटा मन्त्रीले राजीनामा दियो भनेर खुब प्रचार भयो । किन दिनुभयो भन्दा प्रधानमन्त्रीले बसी खान दिएन रे । मैले बनाएको मन्त्री, मैले काम लगाइराखेको छु । सहयोग गरिराछु, सिकाइराछु,’ नेकपा स्थापना दिवसमा काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममा ओलीले भने ।

स्वास्थ्यका कारणले काम गर्न नसकेपछि राजीनामा दिँदा सबैले आफूविरुद्ध दुश्मनी साँधेको ओलीको गुनासो थियो । ‘तर, सबैका हेडलाइन मेराविरुद्ध । अनौठो आश्चर्य लाग्छ, यस्तो दुश्मनी के कारणले ? सबैले एकै ठाउँमा सल्लाह गरेर लेखेजस्तो । योजनाबद्ध ढंगले लेखेजस्तो,’ उनले भने ।

शिक्षकहरु २१औं दिनदेखि काठमाडौंमा आन्दोलनमा छन् । शिक्षकहरु शिक्षा ऐन नलिइ नफर्कने र परीक्षामा पनि सहभागी नहुने अडानमा रहेपछि प्रधानमन्त्री ओली जसरी बिहीबारबाट परीक्षा सञ्चालन गर्ने तयारीमा थिए । यद्यपि उनी अहिले शिक्षकसँग पनि झुकेर परीक्षा १० दिनपछिबाट सुरु हुनेगरी सारेका छन् । 
यस्तो अवस्थामा आफ्नै दलका नेताहरुले आफूलाई विश्वास गर्न छाडेको हो कि भन्दै ओलीले गुनासोसमेत गरे । ‘साथीहरुमा अलिकति आत्मविश्वासको कमी भएको हो कि ? एकताको भावनामा हामी कहाँ छौ ? के गर्दै छौं भन्ने बिर्सन खोजेको हो कि ? हाम्रो भाव र उद्देश्य बिर्सन खोजेको हो कि ? साथीहरुलाई लिडरसिपप्रति विश्वासको कमी आएको हो कि ?’ आफ्नै दलका नेताहरुलाई ओलीले प्रश्न गरे । 

देउवा उपचारका लागि स्वास्थ्य परीक्षणका लागि बैंकक पुगेकाले यसमा कुनै शंका गर्न नपर्ने ओलीको भनाइ थियो । ‘अनि शेरबहादुरजीले कांग्रेस र एमाले मिल्नु हुँदैन भनेर भन्ने मान्छे खोज्न जानुभएको हो बैंकक ?,’ प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल लक्षित प्रश्न गरे, ‘त्यस्तो मान्छे यहाँ भेट्टाएको छैन ? यहाँ सुन्या छैन त्यस्तो कुरा ?’ दाहालले प्राय दैनिकजसो ओली सरकार चाँडै ढल्ने प्रतिक्रिया दिँदै आएका छन् ।
 


प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
अख्तियारकाे नयाँ प्रवक्तामा  न्यौपाने
अख्तियारकाे नयाँ प्रवक्तामा न्यौपाने बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP