Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #रास्वपा
  • #खाँचीकोट
Search Here
समाचार
  • Home
  • समाचार
  • अमेरिकाद्वारा चिनियाँ जहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा
अमेरिकाद्वारा चिनियाँ जहाज लक्षित नयाँ बन्दरगाह शुल्कको घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख ५, २०८२

एजेन्सी - संयुक्त राज्य अमेरिकाले घरेलु जहाज निर्माण उद्योगलाई बढावा दिन र यस क्षेत्रमा चीनको प्रभुत्व रोक्नका लागि भन्दै बिहीबार चीनमा निर्मित र उसबाट सञ्चालित जहाजहरूमा नयाँ बन्दरगाह शुल्क जारी गरेको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको करवृद्धिलाई लिएर संयुक्त राज्य अमेरिका र चीनबीच ठूलो व्यापार युद्ध चलिरहेको र यसले थप तनाव बढाउन सक्ने अवस्थाबीच यो कदम चालिएको हो ।

“अमेरिकी आर्थिक सुरक्षा र वाणिज्यको स्वतन्त्र प्रवाहका लागि पानीजहाज र पानीमार्फत् हुने ढुवानी महत्वपूर्ण छन्,” अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले नयाँ शुल्कको घोषणा गर्दै भने  ।  नयाँ नियमअनुसार प्रति टन भार वा प्रति कन्टेनर शुल्क प्रत्येक बन्दरगाहमा नभई चीनसँग जोडिएका प्रत्येक जहाजको अमेरिकी यात्रामा लागू हुनेछ । 

शुल्क प्रति वर्ष पाँच पटकसम्म मात्र मूल्याङ्कन गरिनेछ र यदि उदोग मालिकले अमेरिकी निर्मित जहाजको लागि अर्डर राख्छ भने यो शुल्क मिनाह गर्न सकिन्छ ।  दोस्रो विश्वयुद्ध पछि अमेरिकी जहाज निर्माण उद्योग बिस्तारै गिरावट आएको छ र अब वैश्विक उत्पादनको केवल ०.१ प्रतिशत मात्र कायम रहेको छ । 

यस क्षेत्रमा अहिले एसियाको प्रभुत्व छ । चीनले दक्षिण कोरिया र जापानलाई पछि पार्दै सञ्चालनमा आएका सबै जहाजहरूको लगभग आधा निर्माण गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार यी तीन एसियाली देशले ९५ प्रतिशतभन्दा बढी पानी जहाज निर्माण गर्छन् ।

Hardik health

चीन सञ्चालित पानीजहाज र चीनमा निर्मित जहाजका लागि छुट्टाछुट्टै शुल्क लाग्नेछ र त्यसपछिका वर्षहरूमा यी दुवै क्रमशः बढ्नेछन्। चीनमा निर्मित जहाजका लागि प्रति कन्टेनर १८ डलर वा प्रति कन्टेनर १२० अमेरिकी डलर शुल्क तोकिएको छ, जसको अर्थ १५ हजार कन्टेनर भएको जहाजमा १८ लाख अमेरिकी डलर शुल्क लाग्नेछ । बेइजिङले शुक्रबार नयाँ शुल्क ‘सबै पक्षका लागि हानिकारक’ हुने चेतावनी दिएको थियो ।

विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने “यसले विश्वव्यापी ढुवानी लागत बढाउँछ, विश्वव्यापी उत्पादन र आपूर्ति श्रृंखलाको स्थिरतालाई बिथोल्छ, संयुक्त राज्य अमेरिकाभित्र मुद्रास्फीतिको दबाब बढाउँछ र अमेरिकी उपभोक्ता र व्यवसायहरूको हितलाई हानि पुर्याउँछ ।

“अन्ततः, उनीहरूले अमेरिकी जहाज निर्माण उद्योगलाई पुनर्जीवित गर्न सफल हुनेछैनन्,” उनले भने । करिब ३० वटा उद्योगको प्रतिनिधित्व गर्ने अमेरिकी समूहले यस्तो शुल्कले आयातित वस्तुको मूल्यमा पर्न सक्ने जोखिमबारे मार्चमा चिन्ता व्यक्त गरेका थिए । समूहहरूले सर्वेक्षण गरेका एक व्यवसायीले चीन र अन्य देशहरूमा करका साथै स्टिल र आल्युमिनियम आयातमा करसहित प्रस्तावित शुल्कले ‘अमेरिकी खुद्रा बिक्रेताहरूलाई असाधारण दबाब’ दिने चिन्ता व्यक्त गरे।

सबै गैर–अमेरिकी निर्मित कार ढुवानी गर्ने जहाजहरू पनि १८० दिनमा सुरु हुने शुल्कबाट प्रभावित हुनेछन् । वासिङ्टनले तरलीकृत प्राकृतिक ग्याँस (एलएनजी) बोक्ने जहाजका लागि पनि नयाँ शुल्क लागू गर्दैछ, यद्यपि ती तीन वर्षसम्म लागू हुँदैनन् । उक्त घोषणासँगै लेखिएको तथ्यपुस्तिकामा भनिएको छ, ‘ग्रेट लेक्स वा  क्यारेबियन सिपिङ, अमेरिकी क्षेत्रहरूमा ढुवानी वा संयुक्त राज्य अमेरिकामा खाली आउने जहाजहरूमा ढुवानी हुने निर्यातलाई शुल्कले समेट्ने छैन। 

ग्रीरले केही जहाज, क्रेन र चिनियाँ कार्गो बोक्ने उपकरणहरूमा प्रस्तावित अतिरिक्त कर लागू हुने घोषणा गरेका हुन्  ।  “ट्रम्प प्रशासनको कदमले चिनियाँ प्रभुत्वलाई उल्ट्याउनेछ, अमेरिकी आपूर्ति श्रृङ्खलामा रहेको खतरालाई सम्बोधन गर्नेछ र अमेरिकानिर्मित जहाजहरूको लागि माग सङ्केत पठाउन सुरु गर्नेछ,” ग्रीरले भने । 


प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
अख्तियारकाे नयाँ प्रवक्तामा  न्यौपाने
अख्तियारकाे नयाँ प्रवक्तामा न्यौपाने बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP