Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #भोजपुर
  • #नारायणगढ–मुग्लिन सडक
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • वर्ष २०८१ का प्रमुख घटना
वर्ष २०८१ का प्रमुख घटना
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ३१, २०८१

काठमाडौं– अघिल्ला वर्षहरूझै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलुकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठनदेखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षतिसहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीसम्बन्धी विषय चर्तित बने । वर्ष २०८१ मा भएका विभिन्न मुख्य घटना यसप्रकार छन् : 

राजनीतिक घटनाक्रम
वैशाख १७ गते– बझाङ जिल्लाको प्रदेशसभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी विजयी । वैशाख १८ गते– इलाम निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी ।
वैशाख २७ गते– नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त ।
जेठ ४ गते– सत्ता साझेदार तीन दल र प्रमुख प्रतिपक्षी दलबीच सहकारीमा भएको आर्थिक अपचलनका सन्दर्भमा संसदीय छानबिन समिति गठन गर्ने सहमति ।
जेठ ७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिनिधिसभाबाट चौथोपटक विश्वासको मत ।
जेठ १४ गते– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मत असंवैधानिक ठहर गर्दै नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतको परमादेश
जेठ २३ गते– मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव विश्वासको मत पाउन असफल ।
जेठ २५ गते– मधेस प्रदेशका मुख्यमन्त्रीमा सतिशकुमार सिंह नियुक्त
असार १९ गते– सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता
असार २० गते– नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल पुनः सर्वसम्मत चयन । 
असार २२ गते– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई विश्वासको मत प्राप्त ।
असार २८ गते– विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल पदमुक्त ।
असार ३० गते– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त ।
साउन ६ गते– प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त ।
साउन ८ गते– बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा (तामाङ) नियुक्त ।
साउन २० गते– नेपाली कांग्रेसका कमलबहादुर शाह दोस्रोपटक सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त ।
भदौ ३१ गते– संसदीय छानबिन विशेष समितिद्वारा गोर्खा मिडियाका सञ्चालकलाई कारबाही गर्न सिफारिस ।
पुस ८ गते– प्रतिनिधिसभा सदस्य रवि लामिछानेको सांसद पद निलम्बन ।
चैत ५ गते– स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ।
चैत १५ गते– पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा पत्रकार सुरेश रजकसहित दुई जनाको मृत्यु, घाइते, सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड, जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा कफ्र्यु आदेश ।
चैत २० गते– नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलन सुरू ।

कूटनीति
वैशाख ११ गते– कतारका अमिर शेख तमिम विन हमाद अल थानीबाट नेपालको राजकीय भ्रमण ।
जेठ २७ गते– प्रधानमन्त्री पुष्पकमल दाहाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी ।
जेठ २९ गते– राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक विदेश भ्रमणका क्रममा जेनेभा प्रस्थान ।
असार १ गते– राष्ट्रपति रामचन्द्र पौडेल जर्मनी भ्रमणमा ।
भदौ १० गते– ओमानका विदेशमन्त्री सैयद बद्रविन हमाद विन हमुद अबुसैदी नेपाल भ्रमणमा ।
असोज ४ गते– प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान ।
कात्तिक २५ गते– राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघ सम्मेलन (कोप–२९) मा नेपालको प्रतिनिधित्व गर्दै अजरवैजान प्रस्थान । 
मंसिर १६ गते– प्रधामन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि प्रस्थान ।
चैत १९ गते– प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्ड प्रस्थान, भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता ।

Hardik health

अपराध
वैशाख १३ गते– रौतहट जिल्ला अदालतद्वारा पूर्वमन्त्री अफताव आलमसहित चार जनालाई जन्मकैद ।
वैशाख २७ गते– केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)द्वारा काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन (बालमन्दिर) को जग्गा दुरूपयोग गरी अनियमितता गरेको आरोपमा २० जनाविरूद्ध पक्राउ पुर्जी जारी ।
जेठ २ गते– राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनद्वारा सफाइ । 
कात्तिक २ गते– पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ । 
कात्तिक २० गते– गण्डकी प्रदेशसभाका सदस्य ‘दीपक मनाङे’ भनिने राजीव गुरूङलाई ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट पाँच वर्ष कैद सजाय । 
चैत ५ गते– काठमाडौंको टोखाबाट करिब २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रा बरामद । 
चैत २९ गते– काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शनलगत्तै फरार भएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाई झापाबाट पक्राउ । 
 
पूर्वाधार निर्माण
वैशाख ३ गते– नागढुंगा–सिस्नेखोला सुरूङमार्ग आयोजनाअन्तर्गत सुरूङमार्ग छिचोलियो ।
वैशाख १६ गते– सुनकोशी–मरिण डाइभर्सन आयोजनाको सुरुङ  छिचोलियो ।
माघ १३ गते– राष्ट्रिय गौरवको सिद्धबाबा सुरूङमार्गको सुरूङ¬ सात महिनामै छिचोलियो ।
 
आर्थिक गतिविधि

वैशाख १५ गते– काठमाडौंमा तेस्रो लगानी सम्मेलन, ५२ देशका लगानीकर्ता नेपालमा ।
जेठ १५ गते– सरकारद्वारा आगामी आर्थिक वर्ष २०८१÷८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गर्दै १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत ।
माघ १४ गते– अमेरिकी सहयोग नियोग (युएसएड) मार्फत नेपाललाई प्राप्त अनुदान ९० दिनका लागि स्थगित । 
चैत ९ गते– एमसिसी परियोजना अघि बढाउने अमेरिकी सरकारको प्रतिबद्धता । 
 
खेलकुद र पर्वतारोहण
जेठ ९ गते– कीर्तिमानी पर्वतारोही कामिरिता शेर्पा ३०औं पटक सगरमाथा शिखरमा ।
जेठ १९ देखि असार १५ गते– संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न आइसिसी मेन्स टी–२० क्रिकेट विश्वकपमा नेपाल सहभागी । नेपाल लिग चरणबाट बाहिरिए पनि प्रभावशाली खेल प्रदर्शन । 
पुस ६ गते– जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन ।
 
विविध
असार ९ गते– अख्तियार दुरूपयोग अनुसन्धन आयोगद्वारा मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर । वरिष्ठ सचिव लीलादेवी गड्तौलालाई निमित्त मुख्यसचिवको जिम्मेवारी ।
साउन ३० गते– बेपत्ता पारिएका व्यक्तिको खोजविन, सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित ।
भदौ १३ गते– मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त ।
कात्तिक १४ गते– तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई विशेष अदालतद्वारा सफाइ । 
मंसिर २ गते– पूर्वसभामुख दमनाथ ढुंगानाको निधन । 
मंसिर ६ गते– राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भारतीय सेनाका स्थलसेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान । 
मंसिर २० गते– विशेष अदालतद्वारा नेपाल वायु सेवा निगमको खरिद अनियमितता प्रकरणमा तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारसहित चार जना दोषी ठहर । 
फागुन ३ गते– संयुक्त राष्ट्रसंघको आह्वानमा द्वन्द्वरत मुलुक लेबनानमा खटिएको नेपाली शान्ति सैनिकमाथि आक्रमण ।
फागुन ३ गते– पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा बेलुन पड्कँदा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य घाइते । 
फागुन ४ गते– भारतको उडिसा भुवनेश्वरमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद ढंगबाट मृत्यु ।
फागुन २९ गते– साहित्यकार लीलबहादुर क्षेत्रीको निधन । 
चैत १ गते– उपभोक्ता अदालत गठन ।
चैत ४ गते– नेपाल प्रहरीको महानिरीक्षकमा दिपक थापा नियुक्त । 
चैत ९ गते– राष्ट्रिय समाचार समितिका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माधवरसिंह बस्नेतको निधन । 
चैत ११ गते– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त ।
चैत १७ गते– लेखक, कूटनीतिज्ञ एवं वरिष्ठ पत्रकार कमलप्रसाद कोइरालाको निधन । 
चैत २४ गते– राष्ट्रिय समाचार समितिका पूर्वप्रमुख समाचारदाता एवं वरिष्ठ पत्रकार भैरव रिसालको निधन ।
 
घटना–दुर्घटना
असार १७ गते– रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु ।
असार २८ गते– नारायणगढ–मुग्लिन खण्डअन्तर्गत सिमलतालमा पहिरो जाँदा ६२ जना यात्रु बोकेका दुईवटा बस त्रिशूली नदीमा बेपत्ता ।
साउन ९ गते– काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको मृत्यु । 
साउन २३ गते– काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही क्षणमै एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु । 
भदौ ३ गते– बझाङ, जाजरकोट र स्याङ्जामा पहिरोमा परी आठको मृत्यु । 
भदौ ७ गते– भारतीय पर्यटक सवार बस पृथ्वी राजमार्गको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को मृत्यु, १६ घाइते । 
भदौ ९ गते– रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३, टोकरपुरस्थित लेकखर्कमा पहिरोले वस्ती बगाउँदा छ जनाको मृत्यु । 
असोज १२ गते– अविरल वर्षाका कारण बाढीपहिरो र डुबानमा परी ९० जनाको मृत्यु, ७२ घाइते । 
असोज १३ गते– दुई दिनदेखिको वर्षाका कारण काठमाडौं आउँदै गरेका दुईवटा माइक्रो बस र एउटा बस झ्याप्ले खोलाको पहिरोमा पुरिँदा ३५ जनाको मृत्यु । 
असोज १७ गते– काभ्रेको तेमाल गाउँपालिका–२ ढडेन पाखामा गएको पहिरोमा परी एकै परिवारका छ जनाको मृत्यु । 
असोज ३० गते– महेन्द्रनगरबाट बैतडीको पुर्चौंडीतर्फ गएको रात्रिबस दुर्घटनामा पाँचको मृत्यु, १२ घाइते ।
मंसिर १४ गते– रामेछापको गोकुलगंगा गाउँपालिका–६ मा गाडी दुर्घटना हुँदा पाँचको मृत्यु । 
माघ २६ गते– सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी । 

 


(रासस) 
 


प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट
प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट आइतबार, असोज ५, २०८२
खुल्याे पृथ्वी राजमार्ग
खुल्याे पृथ्वी राजमार्ग आइतबार, असोज ५, २०८२
घृणाजन्य अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह
घृणाजन्य अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह आइतबार, असोज ५, २०८२
जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु
जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु आइतबार, असोज ५, २०८२
दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै
दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै आइतबार, असोज ५, २०८२
जनकपुरधाम भन्सारमा १३ करोडको क्षति
जनकपुरधाम भन्सारमा १३ करोडको क्षति आइतबार, असोज ५, २०८२
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP