Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • सत्ताका जोगिए, प्रतिपक्षका फसे
वर्ष २०८१  सत्ताका जोगिए, प्रतिपक्षका फसे
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत ३१, २०८१
  •  सहकारी ठगी प्रकरणमा लामिछाने थुनामा
  •  दुर्गा, रवीन्द्र र धवललगायत हिसासतमा
  •  कांग्रेसका धनराज गुरुङलगायतलाई उन्मुक्ति !

काठमाडौं– आपराधिक कसूर आरोपमा वर्ष २०८१ मा ठूलाठूला नेता पक्राउ परे । केही जेलमा छन् । केही थुनाबाहिर बसेर तारेख धाउँदै छन् । आपराधिक घटनामा मुछिँदा पनि केहीले भने उन्मुक्ति पाएका छन् । त्यसरी उन्मुक्ति पाउनेमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका नेता छन् । केही अझै फरार छन् ।

यस वर्ष पछिल्लोपटक पक्राउ पर्नेमा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं छन् । यही १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका प्रसाईं बिहीबारमात्र पक्राउ परेका हुन् । दुईजनाको ज्यानसमेत गएको उक्त घटनालगत्तै फरार रहेका उनी भारतमा पक्राउ परेका थिए । प्रहरीले शुक्रबार झापाहुँदै काठमाडौं ल्याएर अदालतमा उपस्थित गराएको थियो । काठमाडौं जिल्ला अदालतले प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

प्रहरीलाई स्वतन्त्रपूर्वक काम गर्न नै दिइँदैन तर त्यसरी काम गर्न दिइयो भने प्रहरीले क्षमता अनुसन्धानमा देखाउँछ
हेमन्त मल्ल
पूर्वडीआईजी


यसअघि सोही घटनामा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरु पक्राउ परेका थिए । उनीहरू राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर जबरा हुन् । प्रसाईं, मिश्र र जबराविरुद्ध राज्यविरुद्धको कसूरदेखि संगठित अपराधलगायत कसूरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।उक्त आन्दोलनमा नेतृत्व गरेका पूर्वपञ्च नवराज सुवेदी भने नजरबन्दमा छन् । उक्त प्रदर्शनको क्रममा दुई जनाको मृत्यु भएको थियो । थुप्रै घाइते छन् । झण्डै ७० जना प्रहरी हिरासतमा पुगेका छन् । 

Hardik health

यस वर्ष पक्राउ परेकामध्ये ठूला नेतामा पर्छन्– पूर्वउपप्रधान तथा गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने । उनी सहकारी ठगी प्रकरणमा गत २ कात्तिकमा पक्राउ परेका थिए । त्यसपछि कास्की, काठमाडौं, रुपन्देही र चितवन अदालतमा पेस गरिएका उनी तीन करोडभन्दा बढी धरौटीमा छुटेका थिए । तर, सोमबारदेखि उनी थुनामा परेका छन् । उनी हाल भैरहवा कारागारमा छन् । 

अघिल्लो वर्ष नक्कली भुटानी शरणार्थीकाण्डमा पूर्वकार्यवाहक प्रधानमन्त्री नै भएका कांग्रेस नेता बालकृष्ण खाणदेखि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायत कारागार पुगेका थिए । खाण हाल थुनाबाहिर छन् । रायमाझी थुनामै छन् । वर्ष २०८१ मा भने उपप्रधान तथा गृहमन्त्री भइसकेका लामिछाने पक्राउ परे । उनको सांसद पद निलम्बनको अवस्थामा छ । यही चैतको दोस्रो साता सभामुख देवराज घिमिरेलाई भेटेर उनले सांसद पद निलम्बन फुकुवा गर्न माग गरेका थिए । उनको सभापतित्वमा रास्वपाको बैठक पनि राखेका थिए । तर, उच्च अदालत बुटवलको आदेशले उनी थुनामा पुगे ।

सत्तापक्षका नेतालाई संरक्षण !
रविजस्तै सहकारी ठगी आरोपी हुन्– पूर्वकानुनमन्त्री रहेका कांग्रेस उपसभापति धनराज गुरुङ । ललितपुरको मितेरी सहकारी ठगीमा उनको संलग्नता रहेको सूर्य थापा सभापति रहेको संसदीय समितिले निष्कर्ष नै निकाल्यो । उनी स्वयंले आफूले नभई श्रीमती ज्योती गुरुङ सहकारीको व्यवस्थापक हुँदा भएको समस्यामा आफू जिम्मेवार नहुने बताएका थिए । 

तर, उनले पटक–पटक सहकारीको किस्ता तिरेको प्रमाण नै सार्वजनिक भइसकेको छ । यहीबीच नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीसँग सोधपुछ गरिसकेको छ । तर, उनको दल कांग्रेस सत्तामा भएकै कारण उनले उन्मुक्ति पाएको टिप्पणी हुँदै आएको छ ।  राजनीतिशास्त्री प्रा.डा. लोकराज बराल भन्छन्, ‘सत्ताका मान्छे जोगिए, बाहिरका फसे ।’

सहकारी ठगी प्रकरणमै मोरङको उमागौरी सहकारीकी सञ्चालक अञ्जला कोइरालाले पनि थुनामा बस्नु परेन । केही दिन फरार भएर अदालतमा उपस्थित भएकै दिन उनलाई धरौटीमा अदालतले छाड्यो । उनी संसद्को सार्वजनिक लेखा समिति सभापति तथा एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती हुन् । सहकारीको १० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीसहितलाई छ ।

काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई पनि मुछिइन् । उनीसमेतले सहकारी ठगी गरेको थापा प्रतिवेदन छ । उनलाई पनि हालसम्म प्रहरीको कुनै निकायले छानबिनको दायरामा ल्याएको छैन । उजुरी भने परेको छ । संसदीय समितिको छानबिनले नै उनी स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको देखिएको छ । 

उता विभिन्न सहकारी ठगी प्रकरणमा मुछिएकी राप्रपा सांसद गीता बस्नेतविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ । उनीविरुद्ध पक्राउ पुर्जी यसअघि नै जारी भएको छ । समाचार तयार गर्दासम्म उनी फरार छिन् । पूर्वी नवलपुरको छिपछिपे सहकारीको रकम निजी रिसोर्टमा लगेर दुरुपयोग गरी सर्वसाधरण बचतकर्ताको बचत डुबाएको अभियोग उनीविरुद्ध छ । 

कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा योजनामन्त्री लिलावल्लभ अधिकारी मानव तस्करीजस्तो गम्भीर अपराधमा यही वर्ष पक्राउ परे । मानव तस्करसँग मिलेर उनले आफ्नै मन्त्रालयको कर्मचारी भन्दै केही युवालाई छापसहित लगाएर परिचयपत्र बनाउने र जापानसम्मै लाने कार्य गरेको आरोप लाग्यो । तर, पीडित भनिएकालाई नै मुद्दा लगाएर उनी भने जोगिए । उनी गत २६ कात्तिकमा पक्राउ परेका थिए । 

यही वर्ष पक्राउ परेका नेतामा दीपक मनाङे पनि पर्छन् । गत २७ कात्तिकदेखि उनी काठमाडौंको डिल्लीबजार कारागारमा छन् । उनी फेरि कारागार पुगेको भनेको ३१ वैशाख २०६१ मा काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेस्टुरेन्टमा अर्का गुण्डा नाइके चक्रे मिलन भनिने मिलन गुरुङलाई तरबार हानेको घटनाले हो । 

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल प्रहरीलाई स्वतन्त्रपूर्वक काम गर्न दिने हो भने जोकोहीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन ल्याकत देखाएको बताउँछन् । ‘प्रहरीमाथि दबाबदबाबै आउँछ । उसलाई स्वतन्त्रपूर्वक काम गर्न नै दिइँदैन तर त्यसरी काम गर्न दिइयो भने प्रहरीले क्षमता अनुसन्धानमा देखाउँछ,’ उनले प्रभावसँग भने । 
 


प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP