Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • काठमाडौं केन्द्रित आन्दोलनमा दलदेखि शिक्षकसम्म
काठमाडौं केन्द्रित आन्दोलनमा दलदेखि शिक्षकसम्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २६, २०८१
  • शिक्षक महासंघ, राप्रपा, जनमोर्चादेखि सहकारीपीडितको आन्दोलन आजै
  • ट्राफिक व्यवस्थापन सम्हाल्न प्रहरीलाई मुस्किल हुने देखिएपछि विभिन्न स्थानमा डाइभर्सनको व्यवस्था
  • समाजवादी मोर्चाको साथ पाएको सरकार भने चैत १५ गतेको दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनपछि हाइसञ्चोमा
  • निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरु पनि सडक आन्दोलनमा

काठमाडौं– काठमाडौंको माइतीघर मडलमा अचेल धर्ना वा आन्दोलनका कार्यक्रम नहुने भन्ने दिनै हुन्न । यद्यपि ती आन्दोलनको स्वर सानो हुन्थ्यो । हिजोआज भने काठमाडौं आन्दोलनको माहोलले गर्माएको छ । जसरी गर्मी बढ्दै छ, काठमाडौंमा तुवाँलो बाक्लिँदै छ त्यसैगरी आन्दोलनका लहर बढ्दो छ ।

आज एकै दिन चारभन्दा बढी समूहले काठमाडौंको सडक कब्जा गर्दै छन् । सरकार भने विपक्षी दलको साथ पाएर कानमा तेल हालेर बसेको देखिन्छ । देशभरका शिक्षकले विद्यालय ठप्प पारेर आन्दोलन थालेको हप्ता दिन पुग्यो । २२ बुँदे मागसहित शिक्षा ऐन तत्काल जारी गर्न दबाब दिइरहेका शिक्षकहरुले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए । तर वार्तामा समाधान ननिस्किएपछि शिक्षकहरुले आज पनि शैक्षिक हड्ताल जारी राखेका छन् ।

प्रधानमन्त्री ओलीले भने शिक्षकहरुको समस्याको समाधान छिटो खोजिने बताएका छन् । ‘शिक्षकहरुका मागबारे आज अर्थमन्त्री, गृहमन्त्री, शिक्षामन्त्री, मुख्यसचिव र सचिवहरुसँग छलफल भएको छ । नेपाल शिक्षक महासंघका प्रतिनिधिहरूसँग संवादमार्फत समस्याको छिटो समाधान खोजिने छ,’ प्रधानमन्त्री ओलीले भने ।आजै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि काठमाडौंको बल्खुमा आन्दोलन गर्दै छ । चैत १५ गतेको राजावादी आन्दोलनमा आफ्ना वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेपछि आक्रोशित बनेको राप्रपाले आज आन्दोलन गर्न लागेको हो । राजतन्त्र पुनस्र्थापना र हिन्दूराष्ट्रको पक्षमा उभिँदै आएको राप्रपा अहिले प्रतिनिधिसभामा कमजोर देखिएसँगै सडकमा उत्रिएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आन्दोलन आक्रामक बनाउने योजना बनाएको संकेत गरेका छन् । यस कार्यक्रमबारे उनले आफू पनि थुनिए आन्दोलन निर्णायक भएर जाने दाबी गरेका छन् । ‘यदि मलाई थुनियो भने मविना पनि आन्दोलन अघि बढेर जान्छ । हाम्रा पार्टीका नेताहरु थुनिँदा आन्दोलनलाई बल पुगेको छ,’ लिङ्देनले भने, ‘मलाई राखियो भने झन् आन्दोलन निर्णायक भएर जान्छ ।’

Hardik health

राजावादीको आन्दोलन चर्किंदा प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने अहिले ढुक्क देखिन्छन् । गणेशमान सिंह फाउन्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पु¥याउनुभएको योगदान’ विषयक गोष्ठीमा देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भए पनि भारतीय नेताहरुको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताएका हुन् । 

‘अहिलेको बेला कहिलेकहीँ यस्तो कुरा उठिरहन्छ तर मलाई विश्वास छैन । पूर्वराजालाई भारतले नै उचालेको हो कि भन्ने छ, आदित्यनाथको फोटो पनि आयो,’ देउवाले भने, ‘तर भारत नेपालसित छ । गणतन्त्रसित छ ।’ नेपालको गणतन्त्रमा आफ्नो पूर्णसमर्थन रहेको र आफू नेपालको संविधान र व्यवस्थाविरुद्ध नरहेको भनी योगी आदित्यनाथले गरेको प्रतिबद्धताप्रति उनले धन्यवाद दिए ।

यता चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले चैत २४ देखि संघीयताविरुद्ध आन्दोलन गरिरहेको छ । जनमोर्चाले आज पनि आन्दोलन जारी राख्ने जनाएको छ । यद्यपि काठमाडौंमा बढ्दै गएको प्रदूषणको अवस्थालाई मध्येनजर गर्दै चैत ३० गते समापन गर्ने भनिएको कार्यक्रम दुई दिनअघि समापन गरिने जनमोर्चाले जानकारी दिएको छ । ‘राजधानीकेन्द्रित आन्दोलनको समापन चैत ३० गते नभएर चैत्र २८ गते नै हुने छ । कार्यक्रमको स्वरूपमा आवश्यकताअनुसार परिवर्तन गर्नुपर्ने हुन्छ,’ सोमबार विज्ञप्ति जारी गर्दै जनमोर्चाले भनेको छ, ‘कार्यक्रमको स्वरूप परिवर्तन भए पनि संघीयताविरुद्धको संघर्ष प्रादेशिक संरचना खारेज नभएसम्म जारी रहने प्रतिबद्धता पनि यही वक्तव्यमार्फत दोहो¥याउन चाहन्छौं ।’

यसैगरी सहकारीपीडितले पनि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् । सोमबार सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजपीडितले राष्ट्रपति  कार्यालय नजिकै  धर्ना दिएका थिए । आज पनि उनीहरुले प्रदर्शन गर्ने जनाएको छ । आन्दोलनका कारण काठमाडौंको ट्राफिक अस्तव्यस्त हुने प्रहरीले जनाएको छ । जसकारण सवारी आवागमनलाई सहज बनाउन प्रहरीले आवश्यकताअनुसार सवारीसाधनलाई डाइभर्सनको व्यवस्था मिलाएको छ । निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरु पनि सडक आन्दोलनमा छन् । देशभरिका १७ वटा मेडिकल कलेजका आवासीय चिकित्सक सरकारले तोकेको न्युनतम तलब पाउनुपर्ने माग राख्दै सडक आन्दोलनमा उत्रिएका हुन् ।

आइतबार काठमाडौंका विभिन्न ठाउँमा विभिन्न समूहले विभिन्न प्रदर्शन गरेको थियो । नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका निर्देशक कुलमान घिसिङलाई पुनर्बहालीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा विरोध प्रदर्शन आइतबार नै भयो । सोही दिन असन क्षेत्रमा मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारीको प्रदर्शन, भृकुटीमण्डपमा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को आमसभासहित प्रदर्शन, चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चाको प्रदर्शन रत्नपार्क शान्तिवाटिकामा एवं विप्लव नेतृत्वको नेकपाको आन्दोलनका कार्यक्रम कालिमाटी क्षेत्रमा भएको थियो ।

चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वको हिंसात्मक प्रदर्शनमा दुई जनाको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भए । राजसंस्था फर्काउन भन्दै राजावादी समूहले तीनकुने क्षेत्रमा प्रदर्शन गरेका थिए । सोही दिन विभिन्न चार दल सहभागी रहेको समाजवादी मोर्चाले गणतन्त्र, संघीयताको रक्षा भन्दै भृकुटीमण्डप क्षेत्रमा प्रदर्शनका साथै आमसभा गरेको थियो ।
 


प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP