Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • महानगर अस्तव्यस्त पारेर भ्रमणमा मस्त मेयर–उपमेयर
महानगर अस्तव्यस्त पारेर भ्रमणमा मस्त मेयर–उपमेयर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २५, २०८१

काठमाडौं– पछिल्लो केही महिनायता काठमाडौं महानगर अस्तव्यस्त अवस्थामा छ । बिहीबार कर्मचारी तथा जनप्रतिनिधिहरु मेयरबाहेकले जुलुसै गरेर प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराए पनि महानगर सहजरुपमा सञ्चालनमा आउन सकेको छैन ।

महानगरमा प्रमुख प्रशासकीय अधिकृत नभएको समयमा अधिकांश महानगरपालिकाका कर्मचारी पछि भुक्तानी हुनेगरी फिल्ड भ्रमणमा देखिन्छन् । मेयर उपमेयर पनि भ्रमणमै व्यस्त छन् । त्यसो भए काठमाडामैं महानगरपालिका कसले चलाउँछ त ? भन्ने गम्भीर प्रश्न उठ्छ । न महानगरका मेयर कार्यालयमा हुन्छन् न उपमेयर । जानकारहरुका अनुसार महानगरमा मेयर बालेन्द्र साहलाई उनको सचिवालयले चलाउँछ । आफ्ना सल्लाहकार कुमार व्यञ्जनकारले लेखिदिएको ‘स्टाटस’ सामाजिक सञ्जालमा पोस्ट्याएर बन्द कोठामा बसेर उनी रमाउँछन् ।

उनीसँगै हुञ्छन् अर्का उनका भारतको बैंगलोरमा पढ्दाका ‘रुममेट’ सुनिल लम्साल । जसले वातावरण विभागदेखि सूचना प्रविधि विभाग, नक्सा विभागसम्मको ह्याण्डल गर्छन् । अनि बालेनले गर्ने कार्यालयको काम कारबाही सबै निजी सचिव भूपदेवले गर्छन् । यो कुरा कतिलाई पत्याउन नै गाह्रो पर्ला । तर महानगरमा हुन्छ नै त्यही, र भइरहेको छ पनि त्यही । महानगरमा त्यत्रो बबण्डर हुँदा अहिले मेयर काभ्रे–दोलखातिर घुमिरहेका छन् ।

महानगरका मेयर कार्यालयमा नभेटिएपछि प्रवक्ता नवीन मानन्धरलाई प्रश्न गर्दा ‘मेयर सचिवालयलाई सोध्नुस्, मलाई थाहा हुँदैन’ भन्ने जवाफ दिन्छन् । निजी सचिवका रुपमा नियुक्ति पाएर सचिवालय हाँकिरहेका भूपदेव साह भन्छन्, ‘मेयर अफिसकै काममा यतै कतै हुनुहुन्छ ।’ मेयरले सहजरुपमा काम गर्न सकेनन् भने उपमेयरले त्यसलाई सही बाटो डोर्याउनुपर्दथ्यो । तर महानगरमा विगत करिब तीन वर्षमा त्यो पनि भएन । मेयरलाई सचिवालयले चलाउँथे । उपमेयरलाई पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्य र उनकी पत्नी अञ्जान शाक्यले । 

Hardik health

जसले जसलाई चलाए पनि वा घुमाए पनि घरमुलीका रुपमा रहेका मेयर र उपमेयर बिहीबार अघिसम्म गोप्य सम्वादसहित अगाडि बढ्थे । मेयर जसोजसो भन्थे उपमेयर उसैउसै मान्थिन् । मेयरलाई आएको अधिकांश विदेशका कार्यक्रममा उपमेयरलाई पठाइदिन्थे । उपमेयर पनि दंग पर्दै विदेश सयर गर्थिन् । शनिरबार साँझ त्यही पहिलेकै सहमतिअनुसार उपमेयर सुनिता डंगोल बेल्जियम उडेकी छन् ।

काठमाडौं महानगरपालिका विगत तीन महिनादेखि अस्तव्यस्त थियो । प्रधानमन्त्री केपी शर्मा ओली र मेयर साहको व्यक्तिगत द्वन्द्वको मारमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु पर्ने गर्दथे । त्यसको सिकारमा सरोज गुरागाईं पनि परे । तीन महिनासम्म मानसिकरुपमा तनाव खेपेका गुरागाईंलाई २८ जना वडाध्यक्ष र कर्मचारीहरुले बेहुलाजस्तै गरी भित्र्याए । गुरागाईले जिम्मेवारी त सम्हाले तर उनीमाथिका मेयर उपमेयर घुम्न नै व्यस्त हुँदा कार्यालय अझै अस्तव्यस्त भइरहेको छ । तीन महिनादेखि कार्यालय अस्तव्यस्त हुँदा पनि वास्तै नगरेर मेयर साह केही दिनदेखि काठमाडौं छाडेर घुमघाममा रमाएको सामाजिक सञ्जालमा उनीनिकटले पोस्ट्याएका तस्बिरले नै पुष्टि गर्छ । 
मेयरकै सिको गर्दै उपमेयर डंगोल पनि विदेश भ्रमणमा जान पाए जस्तोसुकै अवस्थामा पनि हिँडिदिन्छिन्, त्यसको ज्वलन्त उदाहरण शनिबारको बेल्जियम भ्रमण । बिहीबारमात्र प्रमुख प्रशासकीय अधिकृत गुराँगाईलाई स्वागत गरेर मेयर साहमाथि बन्द कोठामा बसेर निर्देशन नदिन चुनौती दिने उनै उपमेयरलाई मेयरका निजी सचिव भूपदेवले एक टेलिभिजनलाई जेल जान तयार हुन चेतावनी दिएका थिए । मेयरको निजी सचिवले त्यसरी चेतावनी दिँदासमेत मौन बसेर अस्तव्यस्त महानगरलाई सही बाटोमा ल्याउन छाडेर आफैं बेल्जियम हिँडेकी छन् । मेयर एकातिर र उपमेयर अर्कोतिर मस्त भइँरहँदा महानगरको कार्य भने पूर्णरुपमा प्रभावित भएका छन् ।


मेयर बालेन र उनका निजी सचिवविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह र उनका निजी सचिव भूपदेव साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पश्चिम नेपालका स्थानीय तहहरुलाई उपलब्ध गराउने भनिएको एम्बुलेन्स खरिदमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेको हो ।

उजुरीमा मेयर साहसँगै उनका स्वकीय सचिव भुपदेव र खरिद प्रक्रियामा संलग्न कर्मचारीहरुमाथि कारबाही माग गरिएको छ । दर्ता नम्बर सी–०४०५६९ भएको उक्त उजुरीपत्रमा भनिएको छ, ‘बालेन्द्र साहको निर्देशनमा भुपदेव साहको नेतृत्वमा उनकै गृहक्षेत्र पश्चिम नेपालका पालिकालाई एम्बुलेन्स वितरण गर्ने कार्यक्रम ल्याइएको थियो । सो योजनाअनुसार ३५ वटा एम्बुलेन्स खरिद गर्न स्पेसिफिसन निर्माण र लागत अनुमानको चरणमै भ्रष्टाचार गर्ने नियत देखिन्छ ।’

साहले एम्बुलेन्स आपूर्ति गर्ने बोलपत्रदाता गाडी कम्पनीसँग २१ मोडलको स्कर्पियो गाडी घूसस्वरूप लिने सहमति गरेको र उनले त्यसैअनुसार खरिद प्रक्रिया अघि बढाएको आरोपपत्रमा उल्लेख गरिएको छ । बोलपत्र दस्तावेजअनुसार सामान आएपछि मात्र भुक्तानी हुने प्रावधान हुँदाहुँदै पनि गाडी कम्पनीले सुरुमै भुक्तानी दिने सर्त राखेको र त्यसलाई महानगरले स्वीकार गरेर खरिद ऐन, २०६३ को दफा ५२ (क) विपरीत कार्य भएको उजुरीमा उल्लेख छ ।

सोहीअनुरुप नै ललितपुर महानगरबाट काठमाडौंमा समायोजन भई आएका नवौ तहका रामरतन साहलाई खरिद एकाइको प्रमुख बनाउन केही समय पनि काम गर्न नपाउँदै नमराज ढकाललाई सहकारी विभागमा सरुवा गरिएको थियो । अख्यितारमा दर्ता गरिएको उजुरीमा त्यसबेलाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको पनि मिलेमतो भएको उल्लेख गरिएको छ । 

त्यसका लागि खरिद एकाइका प्रमुख रामरतन साहले गाडी घूसस्वरूप लिने सर्तमा मूल्यांकन प्रक्रिया फेरि दोहोर्याएर एक करोड २५ लाख रुपैयाँभन्दा बढीको क्षति पुर्याएको आरोपपत्रका उल्लेख गरिएको छ । उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(क) र ९ बमोजिम कानुनी कारबाहीको माग गरेका छन् । साथै, मूल्यांकन समितिमा बसेकालाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरिएको छ ।आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत ३५ वटा एम्बुलेन्स खरिद गरेर विभिन्न गाउँपालिकाहरुलाई सहयोग गर्ने घोषणा महानगरले गरेको थियो ।
 


प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP