Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • ओलीको थाइल्याण्ड भ्रमणः चर्चामा भने थाइ प्रधानमन्त्री ! 
ओलीको थाइल्याण्ड भ्रमणः चर्चामा भने थाइ प्रधानमन्त्री ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २४, २०८१
बुधबार बैंककको सरकारी भवनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्दै थाइल्याण्डकी प्रधानमन्त्री पेतोङतान शिनावात । तस्बिरः रासस
  •  शिनावात गत साउन अन्तिममा र ओली गत असार अन्तिममा प्रधानमन्त्री भएका हुन्
  • रमाइलो संयोग दुवैजना दोस्रो प्रमुख दलबाट प्रधानमन्त्री बनेका हुन् । नेकपा एमालेका अध्यक्ष ओली अहिले संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँगको तालमेलमा सरकारको नेतृत्व गरिरहेका छन् 
  • थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) छैटौं शिखर सम्मेलनमा सहभागिता सफल भएको प्रधानमन्त्री ओलीको दाबी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्याण्डको औपचारिक भ्रमणमा पुगे । भोलिपल्टै ओलीको भेट समकक्षी पेतोङतान शिनावातसँग भएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा छायो । यही तस्बिर र भिडियोका कारण नेपालीमाझ थाइ प्रधानमन्त्री शिनावात छाएकी छन् ।

कारण उनको उमेर । थाइ प्रधानमन्त्री शिनावात भर्खरै ३८ वर्ष पुगेकी छन् । नेपालका प्रधानमन्त्री ओली भने ७३ वर्ष । ‘मात्र १९– २० को फरक त हो, नेपालका प्रधानमन्त्री ७३ वर्षको, थाइल्याण्डकी प्रधानमन्त्री ३७ वर्षको,’ सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका छन् ।शिनावातले राजनीति थालेको बल्ल चार वर्ष पुग्यो ।

यद्यपि, उनी थाइल्याण्ड सरकारको नेतृत्व गरिरहेकी छन् । ‘जेलनेल नभोगी सानै उमेरमा राजनीतिका ठूला–ठूला पदहरु लोभ गर्न हुन्न भनेर युवाहरुलाई भाषण गर्दै सम्झाउने हाम्रा ७३ वर्षका प्रधानमन्त्री अनि थाइल्याण्डकी ३७ वर्षकी जेलनेल नभोगेकी, ढुंगा नहानेकी एउटा युवा, त्यो पनि महिला प्रधानमन्त्री,’ अर्को सामाजिक सञ्जाल प्रयोगकर्ताले तस्बिर राख्दै भनेका छन् । यसरी नै धेरैले सामाजिक सञ्जालमा तस्बिर राख्दै आफ्ना विचार साझा गरेका छन् ।

शिनावात गत साउन अन्तिममा र ओली गत असार अन्तिममा प्रधानमन्त्री भएका हुन् । रमाइलो संयोग दुवैजना दोस्रो प्रमुख दलबाट प्रधानमन्त्री बनेका हुन् । नेकपा एमालेका अध्यक्ष ओली अहिले संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेससँगको तालमेलमा सरकारको नेतृत्व गरिरहेका छन् । उता थाइल्याण्डमा गत वर्ष भएको निर्वाचनमा मुभ फर्वाड पार्टी पहिलो दल बनेको थियो । 

Hardik health

तर सेनाले नियुक्त गरेका सिनेटहरुले सबैभन्दा ठूलो दललाई सरकार बनाउन रोकेपछि दोस्रो दल फेउ थाइले अरु दलसँग गठबन्धन गरेर सेथ्रा थबिसिनलाई प्रधानमन्त्री बनायो । वर्ष दिन नपुग्दै एक मन्त्रीको नियुक्तिलाई लिएर संवैधानिक अदालतले थबिसिनलाई साउन गत ३० गते बर्खास्त गर्यो । थबिसिनको बर्खास्ती सेना, राजा समर्थित प्रतिष्ठान र थाक्सिन समर्थित दलको बीचमा लामो समयदेखि चलिरहेको लडाइँको नयाँ अध्याय थियो ।

नयाँ प्रधानमन्त्री चुन्न सत्ता गठबन्धनका दलहरुको बैठक बसेको थियो । तर १० मध्ये कुनै पनि दलले दाबी नगरेपछि फेउ थाइले थाक्सिन शिनावातकी छोरीलाई नयाँ प्रधानमन्त्रीका रुपमा अघि सार्यो । शिनावात परिवारबाट प्रधानमन्त्री बन्ने पेतोङतान तेस्रो व्यक्ति हुन् । उनका बुवा थाक्सिन र फुपू यिङलक शिनावात प्रधानन्त्री भएका थिए ।

भारत भ्रमणबारे ओली
प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताएका छन् । ‘छिमेकमा कुनै सानातिना समस्या त देखिन सक्छन्, त्यस्तो भइहालेमा एकापसमा संवाद गरिहाल्ने र तिनलाई टुंग्याउने भन्नेमा यसपटक हामीले एउटा गहिरो समझदारी गरेका छौं,’ सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘यो भेटघाट फलदायी भयो र म खुसी छु, उहाँको कुराकानीबाट उहाँ (मोदी) पनि खुसी हुनुहुन्छ भन्ने मैले पाएको छु ।’

सगरमाथा संवादअघि नै भारत भ्रमण हुनसक्छ भन्ने जिज्ञासामा ओलीले भने, ‘हामी अलि व्यस्त नै छौं, सगरमाथा संवादको तयारी गर्नुपर्ने हुन्छ । हाम्रो तर्फबाट के हुनसक्छ हामीले भ्याउँछौं भन्यौं भने हुन पनि सक्छ ।’ सगरमाथा संवादमा भारतीय प्रधानमन्त्रीलाई निम्ता छ कि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले आयोजना गरेको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री आउन नभ्याउने जानकारी बताए । ओलीले भने, ‘मोदीजी आउन भ्याउनुहुन्न, यसकारण कि उहाँको पहिले नै त्यसैबेला युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ, त्यसकारण उहाँ यहाँ आउन सक्नुहुन्न तर भारतको राम्रैस्तरबाट प्रतिनिधित्व हुन्छ ।’  

प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँगको भेटवार्तामा पारस्परिक सहयोगका विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी विचार विमर्श भएको जानकारी दिए । ओलीले भने, ‘भेटमा लगानी र व्यापारका क्षेत्र, बहुउद्देश्यीय पञ्चेश्वर आयोजना, र दोधराचाँदनीमा महाकालीबाट सिँचाइ गर्नेलगायत द्विपक्षीय पारस्परिक हितका विषयमा कुराकानी भए ।’


भ्रमण सफल भएको प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) छैटौं शिखर सम्मेलनमा सहभागिता अत्यन्त सफल एवं सार्थक रहेको बताए । थाइल्याण्डको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा शनिबार आयोजित पत्रकार सम्मेलनमा ओलीले आफ्नो भ्रमणबाट दुई मुलुकबीच रहिआएको द्विपक्षीय सम्बन्धले थप उचाइ हासिल गरेको बताए ।

प्रधानमन्त्री ओलीले थाइ समकक्षी पेतोङतान शिनावातसँगको भेटमा दुई देशबीच व्यापार तथा लगानी, कृषि, पर्यटन तथा संस्कृति, शिक्षा तथा मानव संसाधन विकासलगायत आपसी हितका क्षेत्रीय एवं बहुपक्षीय मामिलामा सहयोग र सहकार्य गर्ने विषयमा फलदायी कुराकानी भएको जानकारी दिए । ओलीले बौद्ध धर्म एवं दर्शनले जोडेको सांस्कृतिक सम्बन्ध एवं छ दशकभन्दा लामो द्विपक्षीय घनिष्ठ कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने र यसको जगमा उभिएर दुई देशबीचको आर्थिक सम्बन्धलाई पनि समयानुकूल फराकिलो र गहिरो बनाउँदै दुई देशबीच सहमति भएको बताए ।

‘द्विपक्षीय सम्बन्ध सुदृढीकरण साथसाथै जलवायु परिवर्तन, दिगो विकास, विश्व शान्तिलगायतका साझा चासोका विषयमा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा पनि आपसी सहयोग र सहकार्य थप बलियो र प्रभावकारी बनाउँदै जाने कुरामा दुवै पक्षबीच सहमति भएको छ,’ प्रधानमन्त्री ओलीले भने ।  भ्रमणका अवसरमा नेपाल सरकार र थाइल्याण्ड सरकारबीच आपसी सहयोग आदानप्रदान गर्ने सन्दर्भमा पर्यटन क्षेत्रमा सहयोग र सांस्कृतिक सहयोगसम्बन्धी सम्झौता एवं निजी क्षेत्रसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको जानकारी दिए । 

सरकारीस्तरबाट दुई सम्झौता
ओलीको थाइल्याण्ड भ्रमणका क्रममा दुई देशबीच सरकारी तहमा आठवटा सम्झौता एवं समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणाले नेपाल सरकारका तर्फबाट थाइ सरकारसँग दुई सम्झौता हस्ताक्षर गरिन् ।दुई देशबीच पर्यटन सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा परराष्ट्रमन्त्री राणा र थाइल्याण्ड सरकारका पर्यटन तथा खेलकुदमन्त्री रोसावाङ तियन्थोङले हस्ताक्षर गरे । त्यस्तै, दुई देशबीचको सांस्कृतिक सम्झौतामा परराष्ट्रमन्त्री राणा र थाइल्याण्डका संस्कृतिमन्त्री सुदावान वाङ्सुफाकिज्कोसलले हस्ताक्षर गरे ।

गैरसरकारी तथा निजी स्तरमा छ वटा सम्झौता 
काठमाडौं विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य बढाउने तथा उच्च शिक्षामा नवप्रर्तनलाई प्रवद्र्धन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरसँगै गैरसरकारी तथा निजी स्तरबाट छ वटा सम्झौता÷समझदारीमा हस्ताक्षर भएको छ । सम्झौतामा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्ले र सियाम विश्वविद्यालयका अध्यक्ष प्रोच्याइ मोंकोन्भनितले हस्ताक्षर गरेका छन् ।

नेपाल नेत्रज्याति संघ र थाइल्याण्डको माहिडोल विश्वविद्यालयअन्तर्गतको रामाथिबोडी अस्पतालबीच पनि सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र थाइल्याण्डको थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडबीच आपसी सहकार्यको तथा व्यापार अभिवृद्धिका विषयमा समझदारी भएको छ । सम्झौतामा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र थाइ चेम्बर अफ कमर्स एण्ड बोर्ड अफ ट्रेडका अध्यक्ष सानन अंगुबोल्कुलले हस्ताक्षर गरेका छन् ।

त्यस्तै, नेपाल उद्योग परिसंघ (सिएनआई) र थाइ उद्योग महासंघ (एफटिआई) बीच दुई देशबीच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्याण्डबीचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्नेसम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र एफटिआईका अध्यक्ष क्रियेंग्राइ थेननुकुलले समझदारीमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, नेपाल चेम्बर अफ कमर्स र टुरिजम काउन्सिल अफ थाइल्याण्डबीच व्यापार, पर्यटन र नागरिक उड्डयनको क्षेत्रमा सहकार्यको समझदारी भएको छ । समझदारीपत्रमा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र टुरिजम काउन्सिल अफ थाइल्याण्डका अध्यक्ष चाइ अरुनानोनडिचाइले हस्ताक्षर गरे ।

त्यस्तै, नेपालको जनता एग्रो एण्ड फरेस्ट्री र थाइल्याण्डको कसेस्टार्ट विश्वविद्यालयबीच जैविक प्रविधिमार्फत नेपालमा खाद्यान्नको उत्पादन वृद्धि गर्ने विषयमा सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनल र जनता एग्रो एण्ड फरेस्ट्रीका अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरे ।  नेपाल र थाइल्याण्डबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ६५ वर्षमा औपचारिक भ्रमण गर्ने ओली नेपालका पहिलो प्रधानमन्त्री हुन् । प्रधानमन्त्री ओलीले आफूले थाइल्याण्डका प्रधानमन्त्री शिनावातलाई नेपाल भ्रमणको निम्ता दिएको जानकारी दिँदै चाँडै नेपाल भ्रमणका अपेक्षा रहेको बताए । 

प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका प्रधानमन्त्री डा. हरिणी अमरसुर्या, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र म्यानमारका प्रधानमन्त्री मिन आङ ल्हांगसँग भेटवार्ता गरेका थिए । भेटमा प्रधानमन्त्रीले नेपाल र ती मुलुकहरूबीच कायम रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउने एवं द्विपक्षीय सम्बन्धका साथै बिम्स्टेकलगायत क्षेत्रीय तथा अन्य बहुपक्षीय सहयोग र सहकार्य थप सुदृढ बनाउँदै लैजाने विषयमा छलफल गरेका थिए ।

 


प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP