Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • कमलपोखरी पुनःभरण गरी पानीको सतह यथावत् राख्न निर्देशन
कमलपोखरी पुनःभरण गरी पानीको सतह यथावत् राख्न निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २२, २०८१

काठमाडौं -  काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले कमलपोखरीमा पुनःभरण गरेर पानीको सतह यथावत् राख्ने प्रणाली विकास गर्न निर्देशन दिएका छन् ।  

कमलपोखरी पुनःनिर्माण गुरुयोजनाअन्तर्गत दोस्रो चरणमा भइरहेका कामको आज अनुगमन गर्दै उहाँले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनाका अधिकारीलाई यस्तो निर्देशन दिनुभएको हो । पोखरी वरिपरि राखिएका चैत्य तथा मूर्तिमा आगन्तुकले क्षति गरेको देखेपछि उहाँले सिसिटिभी क्यामरामार्फत अनधिकृत क्रियाकलाप निगरानी गर्ने प्रबन्ध गरिने बताउनुभयो ।  

करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको पोखरीलाई परम्परागत, सांस्कृतिक र पर्यटकीय रूपमा विकास गर्ने गुरुयोजनाअनुरुप यहाँ पुनःनिर्माण भइरहेको छ । गुरुयोजनाको पहिलो चरणमा करिब रु छ करोड ३६ लाखको लागतमा पोखरी र यससँग सम्बन्धित संरचना निर्माण गरिएका छन् । 

Hardik health

दोस्रो चरणमा पोखरीको सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ । यसका लागि रु तीन करोड छ लाख आठ हजार ११ मा ठेक्का सम्झौता भएको छ । गत भदौ १९ गते कार्यादेश दिइएको यो योजना आगामी साउन १५ गतेभित्र सम्पन्न गर्नुपर्ने छ । 

यस्तै, ट्याक्टिकल अर्वनिजम (सडक तथा फुटपाथ किनाराको सौन्दर्य) का लागि उद्यान तथा हरियाली आयोजनाले काम गरिरहेको छ । साविकमा प्रहरी बिट रहेको करिब पाँच रोपनी क्षेत्रफलमा पार्क निर्माण भइरहेको छ । सिमाना पर्खाल बाहिर ट्याक्टिकल अर्बनिजमअन्तर्गत फल्चाशैलीमा परम्परागत बस बिसौनी, पैदलयात्रीले पोखरी र सडकको अवलोकन गर्न मिल्ने ठाउँ, बिरुवा तथा फूल रोप्ने र सानो पार्क बनाउने काम भइरहेका छन् ।  

यस वर्ष ट्याक्टिकल अर्वनिजमका लागि करिब रु दुई करोड लागतमा करिब ३२ ठाउँमा काम भइरहेको महानगरले जनाएको छ । यसअन्तर्गत पोखरीका चार कुनामा कमल रोप्ने र माछा राख्ने कामसमेत हुनेछन् । पोखरीको वरिपरी पैदलमार्ग छ । चिल्ड्रेन पार्क, मकराकृतिका ढुङ्गेधारा, अपाङ्गतामैत्री शौचालय, खुला व्यायामशाला र उद्यान कमलपोखरीका विशेषता हुन् । पोखरीका चार कुनामा आकर्षक र संस्कृति झल्किने मण्डप छन् । पूर्वतिर मूलढोकासँगै एउटा ठूलो पोखरी र त्यसको वरिपरि पाँच वटा मण्डप छन् । 


प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP