Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • कामको खोजी गर्दै वीरगञ्जको घण्टाघर धाउनेहरु...
कामको खोजी गर्दै वीरगञ्जको घण्टाघर धाउनेहरु...
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २२, २०८१

वीरगञ्ज - वीरगञ्जको घण्टाघर चोकमा अवस्थित घडीको सुईमा बिहानको ६ बजेपछि वीरगञ्ज आसपासबाट कामको खोजीमा आउने श्रमिकहरुको चहलपहल ह्वात्तै बढ्ने गर्छ । घण्टाघर चोकको छेवैमा रहेको नेपाल टेलिकमको भवनअगाडिको मुख्य सडकमा साइकल पार्किङ गरेर श्रमिकहरु सडकमा नै रोजगारदाताको पर्खाइमा बसिरहेका हुन्छन् । 

सडकमा बसिरहेका श्रमिकतर्फ फर्किएर नजर लगाउने नयाँ मान्छे देख्ने बित्तिकै कामको खोजीमा आएका श्रमिकहरु काम दिने नाइके वा रोजगारदाताको मान्छे हो कि ? भनेर दौडिएर झुम्मिने गर्छन् । यो दृश्य घण्टाघर चोकमा वर्षाैंदेखि जारी छ । अन्य दिनजस्तै चैत २१ गते पनि वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्ताका रामबालक चौहान बिहानको नृत्यकर्म सकेपछि कामको खोजीमा वीरगञ्जको घण्टाघर चोकमा आएको छ । 

“कति बेला काम दिने नाइके आउँछन् भनेर हेरेको हेर्यै गरेका हुन्छौँ,” घण्टाघरतर्फको घडीको सुई देखाउँदै चौहानले भने, “हेर्नुस् त अहिले बिहानको ९ बजिसक्यो, काम दिने मान्छे अहिलेसम्म आइपुगेका छैनन् ।” ४७ वर्षे चौहान आफ्नै गाउँघरमा काम नपाएपछि रोजीरोटी चलाउनका लागि घण्टाघर धाउनुपर्ने बाध्यतामा रहेको सुनाउनुहुन्छ । चौहान आफू राजमिस्त्री भएको बताउनुहुन्छ । “आफ्नै गाउँघरमा काम पाए त किन यहाँ धाउनुपथ्र्याे र ?” उनले भने, “छ छोरी र एक छोरा पाल्नुपर्ने बाध्यताले नै यहाँसम्म डोर्याएको हो । दुःखजिलो गरेर भए पनि छोराछोरीलाई राम्रो शिक्षादीक्षा पनि दिएको छु ।”

चौहानले  काम पाउँदा आफूले दैनिक रु ९०० कमाई गर्ने बताउनुहुन्छ । “जग्गाको नाउँमा पाँच धुर जग्गामा एउटा घर मात्रै छ,” उनले भने, “दैनिक रु ९०० को ज्याला मजदुरीले आफूसहित नौजनाको परिवार पाल्नुपर्ने जिम्मेवारी छ ।” चौहानले नियमित काम नपाउँदा खानलाउन पनि समस्या हुने गरेको गुनासो गरे । वीरगञ्जको घण्टाघर चोकमा कामको खोजीमा भौँतारिनेमा चौहान एक्ला हुनुहुन्न । उहाँजस्तै दिनहुँ कामको खोजीमा यहाँ सयौँ जना मजदुर आउने गर्छन् ।

Hardik health

यहाँ दिनहुँ कामको खोजीमा धाउनेमा वीरगञ्ज महानगरपालिका–२२ का ४५ वर्षे राज करिम पनि हुन् । “काम पायो भने त सात जनाको परिवार पाल्न कुनै गाह्रो छैन,” उनले भने, “काम पाएन भने त परिवारका सदस्यलाई के खुवाउने भन्ने चिन्ताले सताउने गर्छ ।” करिमका अनुसार वीरगञ्जमा ‘लेबर’ (मजदुर) काम गर्ने मजदुरको ज्यालादारी पनि समान नभएको गुनासो पोखे । “हाम्रो कामको कुनै दररेट छैन । कसैले एक दिनको ७५० दिन्छन् । कसैले ६०० के गर्नु काम नगरेर पनि भएन,” उनले भने, “पहाडी जिल्लाको तुलनामा तराई–मधेसमा ज्याला निकै कम पाइने गर्छ ।” घण्टाघर चोक वर्षांैदेखि श्रमिक र रोजगारदाताका लागि चौतारी बन्दै आइरहेको छ । 

वीरगञ्ज महानगर–२ छपकैयाका रामपुकार साह भाग्य बलियो भएको दिन मात्रै काम पाइने दाबी गर्नुहुन्छ । “दिनदिनै कामको खोजीमा आउने गर्छाैं । तर कुनै दिन काम पाउँछ, कुनै दिन रित्तै हात फर्किनुपर्छ,” उनले भने, “काम पाइएन भने त बूढीआमासहितको सातजनाको परिवारलाई के खुवाउने भन्ने चिन्ताले सताइहाल्छ नि ।” 

साहले चार छोरा, श्रीमती र आमासहितको परिवारको गर्जाे टार्दै आइरहेको बताए । “म कहिल्यै यो काम, त्यो काम भन्ने गर्दिनँ,” उनले भने, “जे काम पाइन्छ त्यही गर्ने हो । हामी यहाँ पनि काम गर्नकै लागि आएका हौ नि ।” साह मजदुरहरु बिहानदेखि दिउँसो २ बजेसम्म कामको खोजीमा पर्खिने बताए । “दिनको दुई बजेसम्म पनि आधा दिनको भएनि काम पाइएला कि भनेर पर्खिने गर्छाैं,” उनलेभने, “दुई बजेपछि भने काम पाइएन भन्दै फर्किने हो ।”

घण्टाघरमा भेटिनुभएका समिमा कन्स्ट्रक्सन प्रालि वीरगञ्जका सञ्चालक नियाजबाबु शेखले प्रसौनी नरकट्टियामा नाला निर्माणका लागि १५ जना मजदुरको खोजीमा आएको बताए । “प्रसौनी नरकट्टियामा नाला बनाउने कामको ठेक्का लिएका छौँ । त्यसका लागि मजदुर चाहिएर यहाँ लिन आएको हुँ,” उनले भने, “आवश्यकता अनुसारका मजदुरहरु भेटिने भएकाले पनि यहाँ आउने गर्छौं ।” सञ्चालक शेखले औसतमा मजदुरहरुको दररेट ६०० देखि ७०० रुपैयाँ रहेको बताए ।

रौतहटको गौर नगरपालिका–६ सबगाडा स्थायी घर भएका मोहमद मम्ताज मिया पनि विगत पाँच वर्षदेखि घण्टाघर चोकमा कामको खोजीमा दिनहुँ धाउनेमा पर्नुहुन्छ । “लेबर मजदुरको काम दिनदिनै भने पाइँदैन । तीन दिन काम गर्यो । फेरि तीन दिन बस्नुपर्ने बाध्यता छ,” उनले भने, “पछिल्लो समय मन्दीका कारणले घरहरु कम बन्दा पनि काम पाउन मुस्किल भइरहेको छ ।” मियाँले मुस्किलले दैनिक रु साढे ३०० बचत गर्ने बताए। “गाउँघरमा बुबाआमासहितको परिवार पाल्नुपर्ने दायित्व छ,” उनलेभने, “काम पाउँदा त जेनतेन गुजारा चलाउँदै आइरहेका छौँ ।” 

वीरगञ्ज महानगरपालिका–२१ पटेल नगरका वीरेन्द्र पटेल आफ्नो घरको भुइँ ढलान गर्नका लागि दुईजना मजदुर खोज्न घण्टाघर चोकमा आउनासाथ मजदुरहरुले ‘मलाई लैजानुस्’ भनेर तँछाडमछाड नै गरे । “यहाँ मजदुर छानीछानी लैजान पाइने भएकाले पनि आएको हुँ,” उनले भने, “गाउँघरमै काम गर्ने मान्छे नपाएपछि त यहाँ आउनुपरेको हो ।”

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले वीरगञ्जको घण्टाघर चोक रोजगारदाता र श्रमिकका लागि ‘श्रमिक बैंक’ जस्तै गरेर चल्दै आइरहेको बताए । “घण्टाघर चोकमा खासगरी अदक्ष खालका श्रमिकहरु कामको खोजीमा आउने गरे । उहाँहरु विशेष गरेर निर्माण क्षेत्र र ‘लोडअनलोड’ गर्ने प्रकृतिका मौसमी श्रमिक हुनुहुन्छ,” उनले भने, “कसैको घर ढलान गर्नका लागि ३० जना श्रमिक चाहियो भने नाइके आएर श्रमिक लिएर जाने परम्परा छ ।” 

अध्यक्ष गौतमले घण्टाघरमा कामको खोजीमा आउने श्रमिकलाई उद्योगधन्दामा काम लगाउन अप्ठेरो हुने गरेको बताए । “उद्योगधन्दामा नयाँ खालका मजदुरलाई बिस्तारै काम सिकाएर काममा पोख्त बनाएर काम गराउने गर्छाैं,” उनले भने, “मौसमी काम गर्ने मजदुरलाई उद्योगधन्दामा काम लगाउन धेरै गाह्रो छ । उनीहरु नियमित काममा नआउने प्रवृत्तिले पनि मौसमी मजदुर व्यवस्थापन गर्न समस्या हुने गर्छ ।”

बारा–पर्सा औद्योगिक करिडोरमा अधिकांश भारतीय मजदुर कार्यरत छन् । करिडोरमा झन्डै ५० हजार कामदार कार्यरत रहेको बताइन्छ । पर्सा र बारामा सानाठूला उद्योगधन्दा कति छन् भन्ने यकिन तथ्यांक छैन, तर ८०० देखि एक हजार २०० को हाराहारीमा उद्योगधन्धा रहेको अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय आर्थिक गणना २०७५ अनुसार पर्सा जिल्लामा औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या एक हजार ६४६ रहेको छ ।

त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या १२६ रहेको छ । बारामा पनि औद्योगिक उत्पादन गर्ने प्रतिष्ठानको सङ्ख्या एक हजार २२५ रहेको छ । त्यस्तै कृषि, वन तथा माछापालन व्यवसाय दर्ता भएका प्रतिष्ठानको सङ्ख्या भने १५२ रहेको छ ।


प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP