Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • नियन्त्रणका लागि आकाशे पानी पर्खंदै सरकार
नियन्त्रणका लागि आकाशे पानी पर्खंदै सरकार
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २२, २०८१
काठमाडौंको मनमैँजुबाट बिहीबार बिहान देखिएको वायु प्रदूषणका कारण तुवाँलोले ढाकेको आसपासको क्षेत्र । तस्बिर: हरिराम भेटुवाल÷रासस
  • काठमाडौंमा वायु प्रदूषण बढेसँगै सरकारले सातामा दुई दिन बिदा दिन प्रस्ताव 
  • पछिल्लो २४ घण्टामा देशभर आगलागी र डढेलोका ७२ घटना
  • वायु प्रदूषणको गाम्भिर्यतालाई ध्यानमा राखी सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरु घरबाटै व्यवस्थापन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अपिल
  • वायु प्रदुषणले पार गर्यो खतराको तह


काठमाडौं– काठमाडौंको वायु प्रदुषणले खतराको तह पार गरेको छ । धुम्म परेको तुवालोका कारण आकाश खुल्न सकेको छैन । आँखा पोल्ने, घाँटी खस्खसाउने, यसैगरी मौसम अस्थिर हुँदा मानिसहरु बिरामी हुने क्रम पनि बढ्दो छ । 

वातावरण विभागका अनुसार पछिल्लो हप्ता काठमाडौं लगातार संसारकै प्रदूषित सहर बनेको छ । बुधबार र बिहीबार पनि काठमाडौं पहिलो प्रदूषित सहर बनेको छ । विश्वव्यापी हावाको अवस्था मापन गर्ने संस्था आईक्यूएयरको तथ्यांकअनुसार बिहीबार काठमाडौंको औसत एयर क्वालिटी इन्डेक्स (एक्युआई) प्रतिघण्टा २३५ माइक्रोग्राम प्रतिघनमिटर मापन गरिएको छ । मंगलबार २२५ मापन भएको थियो । काठमाडौंका केही स्थानमा यो तह ३९० सम्म पनि पुगेको देखिन्छ । 

जबकि १०१ देखि १५० लाई नै संवेशनशील समूहका लागि अस्वस्थ मानिन्छ  । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तह पुगेको मानिन्छ । यसअनुसार काठमाडौंको रवि भवन क्षेत्र निकै अस्वस्थको तहमा पुगेको छ ।बिहीबार साँझको तथ्याङ्कअनुसार काठमाडौंपछि भारतको नयाँ दिल्ली १९२ सहित दोस्रो स्थानमा रहेको छ भने तेस्रो स्थानमा म्यानमरको याङगोन सहर । चौथो नम्बरमा चीनको उहान, पाँचौ नम्बरमा युएईको दुबई सहर रहेको छ ।

यसरी वायु प्रदरषले खतराको तह पार गर्दा पनि सरकारसँग भने नियन्त्रणबारे कुनै योजना छैन । वातावरण व्यवस्थापन विभाग आकाशे पानीको आश गर्दै बसेको छ । विभागका वातावरण निरीक्षक प्रकाश केसीले भने, ‘हामीले वाच गरिरहेका छौँ, विभिन्न ठाउँमा भएको आगलागीको असर हो यो ।’यसको नियन्त्रणका लागि आगलागी नियन्त्रण गर्नुपर्ने वा पानी नै पर्नुपर्ने उनले बताए । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार हालको वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस्या, नाक र घाँटीमा एलर्जी, छालामा समस्या, हृदय रोग तथा दीर्घकालीन स्वास्थ्य समस्या देखिन सक्ने भएकाले संवेदनशील समूहमा पर्ने बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दीर्घरोगीले विशेष सतर्कता अपनाउनुपर्छ ।

Hardik health

यसरी वायु प्रदुषण बढ्नका मुख्य कारण उद्योग, कलकारखाना र सवारी साधनबाट निस्कने धुवाँ, डढेलो, खुला रुपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरुबाट उड्ने धुलो आदि भएको वातावरण विभागले जनाएको छ । प्रदूषण बढेपछि विभागले सूचना जारी गर्दै विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरु, मुटुका बिरामी, गर्भवतीहरुलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो अवस्थामा काम नपरी बाहिर ननिस्कन अनुरोध गरेको छ । ‘वायु प्रदूषणको गाम्भिर्यतालाई ध्यानमा राखी सम्भव भएसम्म घरमै बस्न, कार्यालयका कामहरु घरबाटै व्यवस्थापन गर्न सकिने अवस्था भए घरबाटै गर्न प्रोत्साहन गर्न, सवारी साधनको प्रयोग कम गर्नु,’ बिहीबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले भनेको छ । वायुप्रदूषण विज्ञहरुका अनुसार अझै एक हप्ता वायुप्रदूषणमा सुधार नहुने देखिएकोले सम्बन्धित जिम्मेवार निकायले वायुप्रदूषणको अवस्थामा सुधार ल्याउन एवं संकटासन्न संवेदनशील समूहलाई सम्भावित असरबाट जोगाउन आवश्यक कदम चाल्नसमेत प्राधिकरणले अपिल गरेको छ ।

४८ जिल्लामा एकैदिन ७४ आगलागी र डढेलोका घटना
पछिल्लो २४ घण्टामा देशभर आगलागी र डढेलोका ७२ घटना भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान १० बजेदेखि बुधबार बिहान १० बजेसम्मको तथ्याङ्कमा ४८ जिल्लामा आगलागी तथा वन डढेलोको घटना देखिन्छ । 

यसमध्ये २५ जिल्लामा ३४ वटा आगलागीका घटना भएको र २३ जिल्लामा ३८ वटा वन डढेलोका घटना भएको तथ्याङ्कमा उल्लेख छ । ती घटनामा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएको प्राधिकरणले जनाएको छ । यसैगरी पछिल्लो चार दिनमा २७२ वटा वन डढेलो र आगलागीका घटना भएको प्राधिकरणले जनायो । 

बिदा बढाउन प्रस्ताव
काठमाडौंमा वायु प्रदूषण बढेसँगै सरकारले सातामा दुई दिन बिदा दिन प्रस्ताव भएको छ । वन तथा वातावरण मन्त्रालयले सातामा दुई दिन बिदाको प्रस्ताव गरेको हो । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले वातावरण प्रदूषण बढेपछि विज्ञहरूलाई बोलाएर बिहीबार छलफल गरेका थिए ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बढ्दो वायु प्रदुषण कम गर्न सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए । छलफलमा वन मन्त्रालयले प्रदूषण बढ्दै गएकाले सातामा दुई दिन बिदा दिन प्रस्ताव गरेको थियो । वन मन्त्रालयका सचिव दीपक खरालले सातामा दुई दिन बिदा र सवारी जोर–बिजोर गरेर चलाउनुपर्ने सम्मको स्थिति हुन सक्ने बताएका थिए ।विज्ञहरूले प्रदूषणको प्रमुख कारण सवारी साधनबाट निस्कने धुवाँ रहेको दाबी गर्दै केही दिन चाप कम गर्नुपर्ने सुझाव दिएका थिए । 

 


 


प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP