Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रहरीको स्वीकारोक्ति ,राजावादीको प्रदर्शनमा २० जनालाई लाग्यो गोली
प्रहरीको स्वीकारोक्ति ,राजावादीको प्रदर्शनमा २० जनालाई लाग्यो गोली
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २१, २०८१

काठमाडौं– राजसंस्था पुनस्र्थापनाको मागसहित चैत १५ गते दुर्गा प्रसाईं नेतृत्वको समूहले तीनकुनेमा गरेको आन्दोलनमा प्रहरीले ५८ राउण्ड गोली चलाएको र २० जनालाई गोली लागेको स्वीकार गरेको छ । घटनामा प्रहरीले अत्यधिक बल प्रयोग गरेको भन्दै आलोचना बढेपछि बुधबार पत्रकार सम्मेलन गरी प्रहरी प्रवक्ता डिआइजी दिनेश आचार्यले यसबारे जानकारी गराएका हुन् ।

प्रहरीलाई इँटा प्रहार गरी ज्यान लिने नियतका साथ प्रदर्शनकारी उत्रिएपछि प्रहरीले गोली चलाएको प्रवक्ता आचार्यले बताए । तोडफोड र आगजानीमा उत्रेपछि दिउँसो २ बजेर ५४ मिनेटमा पहिलो गोली प्रहार गरेको उनको भनाइ थियो । ‘अहिलेसम्म दुई जना महिलासहित २० जनालाई गोली लागेको पाइएको छ,’ प्रवक्ता आचार्यले भने । घटनामा ५८ राउण्ड गोली चलेको उनले बताए ।

यो घटनामा अहिलेसम्म दुई जना महिलासहित २० जनालाई गोली लागेको देखिएको छ । घटनामा ५८ राउण्ड गोली चलेको छ ।
दिनेश आचार्य
प्रवक्ता, नेपाल प्रहरी

ठूलो धनजनको क्षति वा अन्य ठूलो भौतिक क्षति हुने अवस्था आयो भने प्रहरीले गोली चलाउने उनले बताए । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेको प्रवक्ता आचार्यले बताए । उनका अनुसार आन्दोलनका क्रममा टियर ग्यास ७४६ राउण्ड, ब्ल्यांक फायर १९२ पटक भएको थियो । दुईवटा गोली पेस्तोलबाट प्रहार भएको उनले बताए ।

Hardik health

प्रहरीको गोली लागेर काठमाडौं कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो । उक्त घटनामा एभिन्युज टेलिभिजनका क्यामरापर्सन सुरेश रजकको पनि मृत्यु भएको थियो । उनको भने प्रदर्शनकारीले आगो लगाएको घरभित्र जलेर मृत्यु भएको हो ।प्रदर्शनकारीको आक्रमणमा परी ५५ नेपाल प्रहरी र २३ सशस्त्र प्रहरी घाइते तथा प्रहरीको बल प्रयोगबाट ५३ जना प्रदर्शनकारी घाइते भएको आचार्यले बताए ।

कसरी भड्कियो प्रदर्शन ?
कार्यक्रम सुरु हुनासाथ पौने एक बजेतिर मञ्चबाटै एक जनाले ‘अब नयाँ बानेश्वरतिर जानुपर्छ’ भनेर उद्घोष भएपछि प्रहरीले अश्रुग्यास चलाएको प्रहरीको दाबी छ । ‘नेताको घर जलाउने कार्यक्रम गर्नुपर्छ । यहाँ दिनदिनै आएर टाइम वेस्ट गर्दैनौं । आगो लगाउने हो अब,’ एक जनाले मञ्चबाट भनेको प्रहरीको भनाइ छ । त्यसको केही समयमै प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंले भने, ‘हामी अघि बढ्छौं । हामी संसद् भवन, सिंहदरबार र एयरपोर्ट कब्जा गर्छौं ।’

त्यसपछि माइक लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उनलाई साथ दिए । उनले भने, ‘हामी अगाडि बढाऔं । पछाडि हट्ने होइन । हामी हाम्रो कमाण्डरलाई सुरक्षित गर्छौं । दुर्गाजी यही हुनुहुन्छ । धवलजी यही हुनुहुन्छ । यहाँ बसेर गर्ने होइन ।’

प्रदर्शनमा उत्रेकाहरुले यति भनेर प्रसाईंले प्रहरीको घेरा तोडेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेको प्रवक्ता आचार्यले दाबी गरे । ‘बानेश्वरतिर जानुपर्छ भनेर अनाउन्स भएपछि हामीले अश्रुग्यास प्रहार गरेका हौं,’ उनले भने । तीनकुनेमा भेला भएका प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोड्दै संसद् भवनतर्फ अघि बढ्न खोजेपछि त्यसलाई नियन्त्रणमा लिन प्रहरीले शुक्रबार १२ बजेर ५० मिनेटमा पहिलो अश्रुग्यास प्रहार गरेको देखिन्छ ।

मञ्चमा कार्यक्रम सुरु हुनासाथ राष्ट्रिय गान बजेको र त्यही समयमा प्रहरीले अश्रुग्यास प्रहार गरेको प्रसाईं पक्षधरको दाबी छ । यद्यपि, यो साँचो नभएको प्रहरीको दाबी रह्यो । ‘राष्ट्रिय गान बजेकै छैन । त्यो फेक भिडियो हो,’ प्रवक्ता आचार्यले भने ।

प्रसाईं नेतृत्वको भीड तीनकुनेबाट जबरजस्ती अघि बढेपछि प्रदर्शनकारी थप उत्तेजित भएको आचार्यले बताए । प्रहरीले निषेधित क्षेत्रबाट हटाएपछि तीनकुनेको मञ्चबाट दुर्गा प्रसाईं र रवीन्द्र मिश्रले संसद् भवन, सिंहदरबार र विमानस्थल कब्जा गर्न माइकिङ गर्दै निर्देशन दिएको र प्रदर्शनकारी तोडफोडमा उत्रिएको प्रवक्ता आचार्यले बताए ।

तीनकुनेमा तोडफोड र आगलागी भएको घरमा जान नसकेपछि प्रहरीले पानीको फोहरा प्रहार गरेको र दमकल जान खोज्दा ढुंगामुढासमेत भएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका प्रसाईंको खोजी कार्य जारी रहेको र हिंसात्मक गतिविधिमा संलग्नको पहिचान गरी नियन्त्रणमा लिइएको जानकारी दिए ।

राप्रपा नेता तामाङ भन्छन्–दुर्गा प्रसाईंको फोटो देखेर म फरक्क फर्कें

राजसंस्थाको मूल मुद्दा बोकेको पार्टी हो, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) । चैत १५ गते तीनकुनेमा आयोजित कार्यक्रममा राप्रपा नेताहरु पनि सहभागी भएका थिए । त्यसैक्रममा आफू पनि तीनकुने पुगेको तर त्यहाँको अवस्था देखेर तुरुन्तै फर्केको राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले बताए ।

पूर्वगृहमन्त्रीसमेत रहेका तामाङले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उनले यसबारे बताएका हुन् । ‘हाम्रो पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनज्यू, ज्ञानेन्द्र शाहीसहित ग्रुप नै थियो । हामी प्रदर्शनमा जाने कुरा भइरहेको थियो । म त गएँ ।  सरर मञ्चतिर हेर्दा त राजाको फोटो, त्यसपछि उही बराबरको दुर्गा प्रसाईंको फोटो । ओहो ! यो त खत्तम रहेछ,’ तामाङले थपे, ‘अनि म त फरक्क फर्कें ।’

बैठकमा तामाङले तीनकुने घटनामा आफ्नो पार्टी पनि जोडिएको भन्दै निष्पक्ष छानबिन गर्न माग गरे । उनले भने, ‘यस घटनामा न्यायिक जाँच हुनुपर्छ । सत्यतथ्य पत्ता लगाउनुपर्छ । दोषीलाई नेपालको कानुनअनुसार कारबाही हुनुपर्छ ।’ राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री शमशेरमाथि भएभरको कानुन लगाएर राख्न नपाइने उनको भनाइ थियो । 
 


प्रकाशित मिति: बिहीबार, चैत २१, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP