Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • पत्रकार रजकको पोस्टमार्टम आज
पत्रकार रजकको पोस्टमार्टम आज
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २०, २०८१

काठमाडौं -  काठमाडौंको तीनकुनेमा राजावादी समूहको शान्तिपूर्ण भनिएको प्रदर्शनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको पोस्टमार्टम आज हुने भएको छ । प्रदर्शनकारीले आगो लगाएको घरभित्र जलेर मृत्यु भएका रजकको शरीरमा गोली लागेको हल्लासँगै उनको पोस्टमार्टम रोकिएको थियो । शवको मंगलबार साँझ एक्स–रे गरिएसँगै आज पोस्टमार्टम हुने भएको हो ।

गत शुक्रबार दुर्गा प्रसाईं नेतृत्वको राजावादी समूहको प्रदर्शनका क्रममा रिपोर्टिङका लागि खटिएका रजकको आगलागीमा परेर मृत्यु भएको थियो । मृत्युपछि उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

शिक्षण अस्पतालमा पुगेसँगै उनको शरीरमा गोली लागेको हल्ला फैलिएको थियो । प्रहरीले भने उक्त समाचार गलत भएको दाबी गर्दै विज्ञप्ति निकालेको थियो । ‘वास्ताविकता नबुझी सामाजिक सञ्जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेषण गरी जनमानसमा नकारात्मक सन्देश प्रवाह गराउने व्यक्ति एवं संस्थालाई प्रचलित कानुन बमोजिम कानुनी दायरामा ल्याइने छ,’ आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रजक

Hardik health

को शरीरमा गोली चलेको हल्ला चलेसँगै चिकित्सकहरु एक्सरेपछि मात्र पोस्टमार्टम गर्ने अडानमा बसे । रजकको शवको मंगलबार साँझ एक्स–रे गरिएको र आज पोस्टमार्टम गरिने तयारी रहेको त्रिवि अस्पताल स्रोतले जनायो । उनको शरीरमा गोली नभेटिएको अस्पताल स्रोतले जनाएको छ । अर्का मृतक सविन महर्जनको भने पोस्टमार्टम भइसकेको छ । उनको दायाँ हातको कुहिनो नजिकको भागबाट कोख हुँदै ढाडबाट गोली निस्केको पाइएको छ ।

यसैबीच रजक कार्यरत एभिन्युज टेलिभिजनको व्यवस्थापन र उनको परिवारले सरकारसँग तीनबुँदे माग राखेका छन् । गृहमन्त्री रमेश लेखकलाई बुझाइएको ज्ञापनपत्रमा रजकलाई निरपेक्षरुपमा सहिद घोषणा गर्नुपर्ने, जिउँदै जलाएको घटनाको उच्चस्तरीय छानबिन समिति गठन गरी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरिएको छ ।

त्यस्तै मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसमेत गरिएको छ । रजकका परिवारले प्रधानमन्त्री केपी ओलीसँग सोमबार भेटघाट गरेको थियो । आन्दोलनका प्रमुख कमाण्डर भनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने अझै फरार छन् ।


प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०९:४९
#पत्रकार रजक
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP