Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • तीनकुनेमा प्रहरीले ६० भन्दा बढी गोली चलाएको खुलासा
तीनकुनेमा प्रहरीले ६० भन्दा बढी गोली चलाएको खुलासा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २०, २०८१
  • परिसरबाट खटिएका प्रहरीले ६० राउण्ड गोली प्रहार गरेको प्रतिवेदन
  • लुटपाट, तोडफोड र आगजानी अभियोगमा विभिन्न ठाउँबाट ६५ जना पक्राउ
  • एभिन्युजका पत्रकार सुरेश रजकको शवको एक्स–रे, गोली नभेटिएसँगै पोस्टमार्टमको तयारी

काठमाडौं– चैत १५ गते दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्नुलाई धेरैले सुरक्षा निकायको कमजोरीका रुपमा लिएका छन् । प्रशस्त मात्रमा प्रहरी फोर्स नखटाइएको कारण तोडफोड, व्यक्तिगत सम्पत्तिमा आगजनी भएको र धनमाल लुटपाट भएको भन्दै सुरक्षा प्रशासनको आलोचनासमेत भएको थियो ।

यद्यपि, उक्त प्रदर्शनमा प्रहरीले सक्दो बल प्रयोग गरेको खुलासा गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उक्त घटनामा थुप्रै राउण्ड गोली चलाएको र यसको यकीन हुन अझै बाँकी रहेको जनायो । मंगलबारसम्मको प्रतिवेदनका अनुसार परिसरबाट खटिएका प्रहरीले तीनकुनेमा ६० राउण्ड गोली प्रहार गरेको खुलेको छ । जसमा ५८ राउण्ड राइफल र दुई राउण्ड पेस्तोलबाट प्रहार गरेको प्रहरी स्रोतले जनायो । भीड तितरवितर पार्न प्रहरीले ७४६ थान अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

उक्त घटनामा परी पत्रकार सुरेश रजक र आन्दोलनमा सहभागी सविन महर्जनको मृत्यु भएको थियो । सविनलाई गोली लागेको पुष्टि भइसकेको छ भने रजकको पोस्टमार्टम हुन बाँकी नै छ । प्रदर्शनमा ५२ जना प्रदर्शनकारी घाइते भएका थिए । सुरक्षाकर्मीतर्फ ५६ जना प्रहरी घाइते भएका थिए । सरकारले चैत १५ गतेका प्रदर्शनका क्रममा घाइते भएकाकोे निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने निर्णय गरेको छ । उक्त घटनाका सम्बन्धमा सत्यतथ्य छानविन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस किसिमको घटना हुन नदिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । 

Hardik health

यसैगरी प्रहरीले लुटपाट तथा आगजनीमा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ । यसअघि ४१ जनालाई प्रहरीले नियन्त्रमा लिइसकेको जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक बोहराले जानकारी दिए । ‘उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्, यसअघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ,’ उनले भने । 

 


प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP