Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • चन्दा संकलन गरी पदमार्ग निर्माण
चन्दा संकलन गरी पदमार्ग निर्माण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २०, २०८१

पर्वत - कुश्मा नगरपालिका–३ आम्बोटबासी चन्दा संकलन गरी पदमार्ग निर्माण गरेका छन् । राजमार्गभन्दा झण्डै ५०० मिटरमाथि जङ्गलमा रहेको आम्वोट आधारभूत विद्यालयसम्म जाने बाटो नभएपछि स्वदेश तथा विदेशमा रहेका व्यक्तिले चन्दा संकलन गरेर पदमार्ग निर्माण गरेका हुन् ।

पदमार्ग निर्माणका लागि रु ११ लाख संकलन भएको उक्त विद्यालयका प्रधानाध्यापक मीना गुरुङले बताए ।अङ्ग्रेजी माध्यममा शिशुदेखि तीन कक्षासम्म पढाइ हुने विद्यालयसम्म पुग्नका लागि पदमार्ग निर्माण गर्नुपरेको उनले बताए । विद्यालयमा अहिले ३१ जना विद्यार्थी अध्ययनरत छन् । 

विसं २०५२ मा समाजसेवी खड्कबहादुर गुरुङको पहलमा विद्यालय स्थापना भएको थियो । तत्कालीन समयमा पोखरा–बागलुङ सडक खुलेपछि साविक दुर्लुङ र बाजुङ गाविसमा पर्ने निम्ने, कथुरे, ह्यार्दी, भारती, भुम, ओखलढुङ्गालगायत गाउँबाट अम्बोटमा बसाइँसराइ आउनेले चन्दा संकलन गरेर विद्यालय खोलेका थिए । 

Hardik health

बालबालिकाको पढाइमा समस्या हुने देखेर तत्कालीन समयमा आफ्ना बुवाले विद्यालय सञ्चालनमा ल्याएको प्रधानाध्यापक गुरुङले बताए । पदमार्ग निर्माणका लागि विद्यालयले गत असोजमा चन्दा संकलन अभियान थालेको थियो । गाउँका देश तथा विदेशमा बस्ने १०४ जनाबाट रु ११ लाख ४६ हजार सात सय २३ सहयोग प्राप्त भएको थियो । 

उक्त रकमले विद्यालयसम्म पुग्ने फलामे रेलिङसहित ३०० मिटर ढलान गरेर सिँढी काटो निर्माण गरिएको छ भने बाँकी रकमबाट विद्यालय परिसरमा फलामको पिलर राखेर सिमेन्टको ढलान गरी सानो खेलमैदान निर्माण गरिएको छ ।

विद्यालयमा दुईदेखि आठ वर्ष उमेर समूहका विद्यार्थी पढ्न जाने गरेको प्रधानाध्यापक गुरुङले बताउनुभयो । विद्यालयसम्म जाने सहज बाटो नहुँदा सानो उमेरका विद्यार्थी ढुङ्गा र गेग्रानसहितको अप्ठ्यारो बाटोमा हिँड्नुपर्ने बाध्यता रहेको थियो । विद्यालयमा हाल खानेपानी र बिजुलीको अभाव रहेको प्रअ गुरुङले बताए ।

स्थानीय तारे सामुदायिक वनको जग्गामा रहेको विद्यालयमा विद्युत् र खानेपानीको मिटरबक्स जडान गर्न समस्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिर्जना रानामगरले बताए । उनका अनुसार विद्यालयलाई पक्की भवन र मन्टेश्वरी तहका लागि एक जना शिक्षक आवश्यक छ । विद्यालयमा दुई प्रावि स्थायी र दुई जना निजी शिक्षक कार्यरत छन् । महिलाको नेतृत्व र व्यवस्थापनमा सञ्चालित विद्यालय व्यवस्थापनको अध्यक्ष र चारै जना महिला शिक्षक हुन् । 


प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ०९:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP