Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • मिथिलाञ्चलमा सोमबारदेखि चैती छठ पर्व सुरु
मिथिलाञ्चलमा सोमबारदेखि चैती छठ पर्व सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १९, २०८१

जलेश्वर-  मिथिलाञ्चलसहित तराई–मधेसका जिल्लामा सोमबारदेखि चैती छठ पर्व सुरु भएको छ । चार दिनसम्म मनाइने चैती छठ पर्व सोमबारदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको हो ।   

चैती छठ पर्व महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा जिल्लाको प्रसिद्ध नदीहरू बिग्ही, रातो मरहा, जङ्गहा, अङ्कुसी नदी तथा नहरको किनारमा धुमधामका साथ मनाइने गरिएको छ ।   

सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पुजारी उपेन्द्र पाठकलेबताए । उहाँका अनुसार सूर्य उपासना परम्पराको मोहक पद्दति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

Hardik health

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गरेको पण्डित पाठकले जानकारी दिए । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन सोमबार व्रतीहरूले नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीऊ चोख्याउने काम गर्नेछन् ।पर्वको दोस्रो दिन आज खर्ना मनाइन्छ । खर्नाका दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (बिनानुन हालेको) खानेकुरा खाने चलन रहेको पण्डित पाठकलेबताए ।

“षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिँकीमा कुटान पिसान गरी सोबाट निस्केको पिठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हाति, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्ने गर्दछन्”, उनले भने ।

षष्ठीका दिन व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा रहेको पण्डित पाठकले जानकारी दिए ।

उनका अनुसार त्यसको भोलिपल्ट अर्थात् शुक्रबार एकाबिहानै पुनःछठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातकालीन उदाउँदो सूर्यलाई अर्घ दिइ चैती छठ पर्व सम्पन्न गर्नेछन् । महाभारतका अनुसार द्रोपदीसहित पाण्डव अज्ञातबासमा रहँदा उक्त गुप्तबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । उक्त समयमा पाण्डव मिथिलाको किराँत राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्पराको सुरुआत भएको तथ्य उल्लेख छ । धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा विकसित छठ पर्व हिन्दूको सँगसँगै मुस्लिमहरुले पनि मनाउने गर्छन् ।यस पर्वमा चढाइने पदार्थको सङ्ख्या ७० पुर्याउनुपर्छ । चढाउने सामथ्र्य नभएकाहरूले गम्हरी धानको चामलमात्र चढाए पनि देउता प्रसन्न हुने जनविश्वास रहिआएको छ । 


प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  ०९:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP