Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • व्यवस्था जोगाउन गणतन्त्रवादी दलहरु एक ढिक्का
तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र भएको ठहर व्यवस्था जोगाउन गणतन्त्रवादी दलहरु एक ढिक्का
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १८, २०८१
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको गणतन्त्र पक्षधरहरूको बैठक । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं– गणतन्त्रवादी दलहरुले गत शुक्रबार भएको हिंसात्मक घटनाको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको ठहर गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार साँझ बसेको गणतन्त्र पक्षधरका दलहरुको बैठकले उक्त निष्कर्ष निकालेको गृहमन्त्री रमेश लेखकले बताए ।

गणतन्त्र रक्षाका लागि सबै एकजुट हुनुपर्छ । पूर्वराजाको पछिल्लो गतिविधि सही छैन ।
शेरबहादुर देउवा
सभापति, नेपाली कांग्रेस

‘सबै पार्टीका नेताहरुले आफ्नो धारणा राख्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाविरुद्ध षड्यन्त्र भइरहेका छन् । यसका बारेमा समीक्षा भयो । संविधानको रक्षाका लागि हामी सबै एक भएका छौं,’ गृहमन्त्री लेखकले भने, ‘यही व्यवस्थामार्फत नागरिकलाई थप सुविधा दिनेबारेमा गम्भीर समीक्षा भयो । यो षड्यन्त्रको मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र हो भन्ने ठहर भएको छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले शुक्रबारको घटनामा संलग्नलाई गम्भीर अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन आफूहरुले माग गरेको बताए । ‘१५ गतेको तीनकुनेको घटनालाई सुक्ष्म अनुसन्धान गरेर कारबाही गरोस् भनेर हामीले आफ्नो कुरा राख्यौं,’ बैठकपछि बस्नेतले भने, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा एकताबद्ध भएर अघि बढ्छौं भनेर कुरा राखेका छौं ।’

Hardik health

यो रुपको घटना होला भन्ने अनुमान गरिएन । अराजक गतिविधिलाई सरकारले नियन्त्रणमा लिन्छ ।
केपी शर्मा ओली
प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा राजावादीको आन्दोलनले यो रुप लेला भनी पूर्वानुमान नगरेका बताएका थिए । ‘यो रुपको घटना होला भन्ने अनुमान गरिएन । त्यस हिसाबले यो तहको घटना भए । अराजक गतिविधिलाई सरकारले नियन्त्रणमा लिन्छ,’ ओलीको भनाइ उद्धृत गर्दै बस्नेतले भने । बस्नेतले जनताका असन्तुष्टि भने सरकारले चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्ने बताए । ‘जनताका विषयमा सरकारले अझ बढी सुधार गर्नुपर्ने अवस्था छ । यसले गणतन्त्रविरोधी क्रियाकलाप निस्तेज भएर जाने छ,’ उनले भने । 

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का  अध्यक्ष डा. बाबुराम भट्टराईले आफूले बैठकमा पूर्वराजा ज्ञानेन्द्रलाई कारबाहीको दायरामा ल्याउनुपर्ने सुझाव दिएको बताए । ‘उनले आफूलाई राजा नै ठानेर त्यही रुपमा वक्तव्य दिने, सम्बोधन गर्ने कार्य सीधै ठगीधन्दा हो,’ बाबुरामले आफ्नै उदाहरण दिँदै भने, ‘म पनि पूर्वप्रधानमन्त्री हुँ तर मैले पनि बहालवाला प्रधानमन्त्री भन्दै ठग्दै लाभ लिँदै हिँडे भने के हुन्छ ? मलाई कानुनले त कारबाही गर्छ । त्यसकारण उनलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गरिनुपर्छ भन्ने सुझाव दिएको छु ।’

ज्ञानेन्द्रले आफूलाई राजा नै ठानेर त्यही रुपमा वक्तव्य दिने, सम्बोधन गर्ने कार्य सीधै ठगीधन्दा हो । 
डा. बाबुराम भट्टराई
अध्यक्ष, नेसपा

राजावादीका तर्फबाट भएको प्रदर्शनको कमाण्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईं फरार छन् । प्रदर्शनका संयोजक नवराज सुवेदी आफ्नै निवासमा नियन्त्रणमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा प्रहरीको अनुसन्धानका लागि हिरासतमा छन् । सर्वदलीय बैठकमा सहभागी दलका शाहले संविधानको सीमामा बस्नुपर्ने तथा आपराधिक घटना गराएकोमा कारबाहीको भागिदार बनाउनुपर्ने माग गरेका थिए ।  

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरुको भनाइमा समर्थन जनाउँदै पूर्वराजा शाहको पछिल्लो गतिविधि ठीक नभएको बताए । ‘साथीहरूले बोलेको कुरामा मेरो समर्थन छ । गणतन्त्र रक्षाका लागि सबै एकजुट हुनुपर्छ । पूर्वराजाको पछिल्लो गतिविधि सही छैन,’ देउवाले भने ।

जनताको भावनामा चोट पुग्ने खालका जे काम कारबाही भए, त्यसको गम्भीर समीक्षा गर्नुपर्छ ।
शक्ति बस्नेत
नेता, माओवादी केन्द्र

बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति देउवा, नेता कृष्ण सिटौला, माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, पूर्वप्रधानमन्त्री भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टी अध्यक्ष सिके राउत, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत सहभागी थिए ।

जनतामा देखिएको असन्तुष्टिको मुख्य कारण ठूला दल
बैठकमा केही नेताले भने जनतामा देखिएको अहिलेको मुख्य असन्तुष्टि ठूला दलकै कारण भएको दाबी गरे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला दलहरुले कसैको कुरा नसुन्दा अहिलेको अवस्था आएको बताएका हुन् । ‘हामीले यो कुरा सुरुदेखि नै भनिरहेको हो, प्रतिगमनविरुद्ध मिलेर जानुपर्छ भनेर, ठूला दलले सुनेनन्,’ केसीले भने, ‘जनतामा देखिएका असन्तुष्टि पनि तपाईंहरूकै कारण देखिएको हो । गणतन्त्र जोगाउन संघीयता खारेज गर्नुपर्छ ।’  

माओवादी नेता बस्नेतले पनि राजनीतिक दल यस विषयमा गम्भीर हुनुपर्ने धारणा राखेका थिए । ‘समग्र परिस्थितिका बारेमा सरकार र राजनीतिक दलहरूको तर्फबाट जनताको भावनामा चोट पुग्ने खालका जे काम कारबाही भए, त्यसको गम्भीर समीक्षा गर्नुपर्छ, सुधारको प्रतिबद्धता जाहेर गर्ने र सरकारले अझ बढी जिम्मेवार भएर कमजोरी पनि सच्याउँदै अघि बढ्नुपर्छ,’ बस्नेतले भने । 


सदनमा सत्तापक्ष–प्रतिपक्षबीच चर्काचर्की
इतबारको प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच चर्काचर्की भएको छ । बिहान ११ बजे सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका सांसदहरुले उठेर विरोध जनाएपछि दुई पक्षबीच चर्काचर्की भएको थियो । 
सभामुख देवराज घिमिरेले सडकमा जनताको आक्रोश पोखेको समयमा सदन चल्ने वातावरण बनाउन पटक–पटक आग्रह गरेका थिए । ‘१३ गतेदेखि सदन अवरुद्ध छ । सडकमा आगो लागेको छ । त्यसैले यो निभाउनका लागि सभा सञ्चालन गर्ने वातावरण बनाऔं,’ सभामुख घिमिरेले पटक–पटक भनेका थिए । यद्यपि विपक्षीले सदन अवरोध जारी राखेपछि सत्तापक्षबाट एमालेका प्रमुख सचेतक महेश बर्तौलासहित नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाए ।

उनीहरुले सडकमा आन्दोलनको नाममा निजी घरमा आगो लगाउने राजावादी को हुन् ? भनी प्रश्न गरेका थिए । त्यसपछि सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फबाट एक–एक जनाको नाम आकस्मिक समयमा बोल्नका लागि मागे । तर दुवै पक्षबाट नाम नदिएपछि करिब आधा घण्टामा सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे । त्यसपछि ४ बजेका लागि सारिएको बैठक आज ११ बजे बस्नेगरी स्थगित भएको छ । प्रतिपक्षी दलहरुले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग्दै सदन अवरोध गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले आज ११ बजे सदनमा जवाफ दिने कार्यक्रम रहेको छ ।

 


प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP