Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • मिथिला क्षेत्र पर्वमय   
मिथिला क्षेत्र पर्वमय   
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १७, २०८१

महोत्तरी -  मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष सुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र प्रारम्भ भएको छ । यसैभित्र चैतीछठ मनाइने हिन्दू मैथिल परम्परा छ । यसपालि वासन्ती नवरात्रभित्रै इस्लाम धमावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा यहाँको परिवेश पर्वमय बनेको हो ।
 
हिन्दू परम्पराका मैथिल अहिले वासन्ती नवरात्रको तयारीमा छन् । चैत शुक्ल प्रतिपदासँगै सुरु हुने वासन्ती नवरात्रका अवसरमा मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा आज घटस्थापना गरिँदै छ । 

चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन मनाइने वासन्ती नवरात्रमा दिनैपिच्छे नवदुर्गाको पूजाआराधनाको मैथिल परम्परा छ । हिन्दू परम्परामा वर्षको दुईपटक नवरात्र मनाइन्छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको शारदीय नवरात्र र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मको लाई वासन्ती नवरात्र भनिन्छ । दुवै नवरात्रमा समान विधिले नवदुर्गा भवानीको आराधना गरिन्छ ।

शारदीय नवरात्रपछि दशमीदेखि पूर्णिमासम्म मान्यजनबाट टीका थाप्ने चलन भने वासन्ती नवरात्रमा छैन । नवरात्रको पहिलो दिन नयाँ माटाका घडामा पूर्णकलश स्थापना गरेर नवदुर्गाको आराधनासँगै चण्डी पाठको परम्परा छ । यी नौ दिनमा देवी दुर्गाका नौ रुप क्रमशः शैलपत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ ।

Hardik health

नवरात्रको प्रारम्भसँगै मिथिलाका देवी शक्तिपीठमा देवीका भजन गुञ्जन थालेका छन् । महोत्तरीका बर्दिबासस्थित पञ्चधुरा माई मन्दिर, औरहीको भोइलस्थित सोनामाई मन्दिर र जलेश्वरस्थित राजदेवी माई मन्दिरमा वासन्ती नवरात्रका अवसरमा विशेष पूजाआराधनाको तयारी छ । जलेश्वरनाथ महादेव मन्दिर परिसरस्थित त्रिशूली देवीको मन्दिर पनि आजदेखि सर्वसाधारणको दर्शनका लागि खुला गरिने छ । त्रिशूलीदेवीको मन्दिर शारदीय र वासन्ती दुवै नवरात्र अवधिभरिमात्र सर्वसाधारणको दर्शनका लागि खोलिने परम्परा छ । 

मिथिलामा वासन्ती नवरात्रभित्रै बोलीचालीमा चैतीछठ भनिने वासन्ती छठको पनि तयारी छ । मैथिल हिन्दू परम्परामा छठ पनि शारदीय र वासन्ती गरी दुईपटक मनाइन्छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्मको तिथिलाई शारदीय र चैत शुक्ल चौथीदेखि सप्तमीसम्मलाई वासन्ती छठ भनिन्छ । यसपालि यसै नवरात्रभित्र इस्लाम धर्मावलम्बीको मुख्य चाड इद पनि परेको हुँदा मिथिला क्षेत्र अहिले पर्वमय बनेको छ । 


प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ११:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP