Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रिय फोटोपत्रकारिता अवार्ड-२०२५ घोषणा
राष्ट्रिय फोटोपत्रकारिता अवार्ड-२०२५ घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १५, २०८१

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने भएको छ ।काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आगामी वैशाख १३ गते सम्पन्न हुने फोटोपत्रकारिता अवार्ड बारे जानकारी गराएको हो ।  

एनएफपिजे नेपाल, व्यावसायिक फोटोपत्रकारहरूको पहिलो आधिकारिक संस्था हो  ।   संस्था २०५३ साल असोज ६ गते स्थापना भएको थियो । अवार्ड समारोहमा देश तथा विदेशमा कार्यरत फोटो पत्रकारहरूको क्षमता र योगदानको सम्मानस्वरूप विभिन्न १६ विधामा ट्रफी, सम्मानपत्र प्रदान गरिने भएकाे छ । साथै ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्ने व्यक्तिलाई नगद २५ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ ।

राष्ट्रिय तथा प्रदेशस्तरीय अवार्ड विधाहरू
राष्ट्रिय फोटोपत्रकारिता अवार्ड अन्तर्गत ९ विधामा अवार्ड प्रदान गरिनेछ, जसमा दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटोपत्रकारिता समेटिएको छ ।

त्यसैगरी, प्रदेशस्तरीय अवार्डतर्फ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट फोटोपत्रकारलाई सम्मान गरिनेछ ।

अवार्डका लागि आवेदन प्रक्रिया
फोटोपत्रकारिता क्षेत्रमा तीन वर्षभन्दा बढी समयदेखि क्रियाशील फोटोपत्रकारहरूले अनलाइन फारम भरी आवेदन दिन सक्नेछन्। आवेदनका लागि कार्यरत संस्थाको परिचयपत्र, उत्कृष्ट पाँच फोटो २०७९ साल वैशाखदेखि २०८१ साल फागुन मसान्तसम्म खिचिएका १२ वाइ १८ इन्च आकारमा ३०० डिपिआइ गुणस्तरमा क्याप्सनसहित पेश गर्नुपर्नेछ । आवेदन फारम २०८१ साल चैत्र ३० गते राति १२ बजेभित्र बुझाइसक्नुपर्नेछ ।

निर्णायक मण्डल र मूल्यांकन मापदण्ड

अवार्ड छनौट समिति अध्यक्ष प्रदिपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपलिया, सुर्यज्योती लाइफ इन्सुरेन्सका व्राण्डीङ एण्ड कम्यूनीकेशन प्रमुख मेगेन्द्र प्रकाश गिरी प्राज्ञ वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, र देश सञ्चारका सहसम्पादक मनोज दाहाल निर्णायक मण्डलमा रहनेछन् ।

निर्णायक मण्डलले तस्बिरहरूको प्राविधिक पक्ष, समाचार मूल्य, नैतिकता, सामाजिक–सांस्कृतिक प्रभाव, नवीनता तथा प्रविधिको प्रयोग लगायतका आधारमा मूल्यांकन गर्नेछ ।समूहका अध्यक्ष प्रदीपराज वन्तले राज्यले फोटोपत्रकारहरुको हकहित र सम्मानको लागि कुनै पनि पुरस्कार तथा सम्मान स्थापना नगरेकाले २०७३ साल देखि आफ्नो नेतृत्वमा यो कार्यक्रम शुरु गरेको बताए । 

संस्थाले नेपालमा रहेर व्यवसायीक फोटोपत्रकारितागर्ने हरुको सम्मान तथा हौसलाको  लागि शुरुमा वार्षिक रुपमा आयोजना गर्ने गरि स्थापना गरेको कार्यक्रम हाल आर्थिक अभावका कारण २ वर्षको १ पटक अवार्ड आयोजना गरीने पनि उनले बताए  । 

उक्त कार्यक्रममा सस्थाका पूर्व अध्यक्ष विकास रौनीयार र निर्णायक मण्डलको तर्फवाट  वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेलले शुभकामना व्यक्त गरेका थिए ।  यस वर्षको कार्यक्रम संयोजकमा वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ लगायत महिला उपाध्यक्ष,महासचिव, सचिव, कोषध्यक्ष लगायत ७ जनाको  आयोजक कमिटि गठन गरिएको अध्यक्ष वन्तले जानकारी दिए ।  


प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १७:१४
#राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय
विश्व बाघ दिवसः नेपालमा बाघको सङ्ख्या ‘धान्ने क्षमता’ चार सय मंगलबार, साउन १३, २०८२
मधेशप्रदेशमा आज ‘लगपाँच’ पर्व मनाइँदै
मधेशप्रदेशमा आज ‘लगपाँच’ पर्व मनाइँदै मंगलबार, साउन १३, २०८२
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान मंगलबार, साउन १३, २०८२
भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह
भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह मंगलबार, साउन १३, २०८२
केटाकेटी बिरामी परिरहनेभएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी
केटाकेटी बिरामी परिरहनेभएपछि थाकथलो छाडे उर्मिला हायूको परिवारले : प्रहरी मंगलबार, साउन १३, २०८२
अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध
अविरल वर्षाले रिडी–वामीटक्सार र दशरथचन्द राजमार्ग अवरुद्ध मंगलबार, साउन १३, २०८२
विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’
विद्युत् खपत बढेका कारण ‘ट्रिपिङ’ हुने समस्या छ’ मंगलबार, साउन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP