Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #भोजपुर
  • #नारायणगढ–मुग्लिन सडक
  • #मिस्टर_नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • थामेमा जलवायुजन्य विपद्को जोखिम कायमै
थामेमा जलवायुजन्य विपद्को जोखिम कायमै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १५, २०८१

काठमाडौं - गत साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ स्थित थामेखोला जालाधारको माथिल्लो तटीय क्षेत्रमा हिमताल विष्फोटका कारण आएको बाढीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनले थामेमा अझै पनि यस्ता जलवायुजन्य प्राकृतिक जोखिम कायमै रहेको उल्लेख गर्दै न्यूनीकरणका लागि आवश्यक पहलका लागि सुझाव दिएको छ । 

राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले थामे र अन्य स्थानमा रहेका हिमताल विष्फोटको जोखिममा रहेको उल्लेख गर्दै क्षति न्यूनीकरणका विषयमा छलफल आवश्यक रहेको बताए । “सम्भावित जोखिमका विषयमा विस्तृत अध्ययन गर्न जरुरी छ । विगतका पाठ सिकेर आगामी दिनमा कसरी क्षति न्यूनीकरण गर्ने भन्ने विषयमा समन्वय गरेर अगाडि बढ्न आवश्यक छ”, उनले भने, “जोखिममा रहेको बस्तीलाई कसरी सुरक्षित गर्ने भन्ने विषयमा पनि बहस हुनुपर्छ ।”

प्राधिकरणकै सहसचिव अर्जुनकुमार बमले थामेमा अझै पनि जोखिम कायमै रहेको भन्दै कसरी सुरक्षित हुने भन्ने विषयमा व्यापक तयारी आवश्यक रहेकामा जोड दिए । “जोखिम न्यूनीकरणका लागि आगामी दिनमा पूर्वसूचना प्रणाली जडानका लागि हामी सम्बन्धित सरोकारवाला निकायसँग पनि समन्वय गर्नेछौँ”, उनले भने, “निजी आवास पुनःनिर्माणका कुनै कमी हुने छैन । यससँगै अध्ययनलाई पनि प्राथमिकता दिँदै पूर्वतयारीमा जुट्ने छौँ ।”

Hardik health

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले थामेको बस्ती पुनःनिर्माणका लागि अन्य क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण समयमै सम्पन्न गरेर पुरानै अवस्थामा फर्काउन सङ्घीय सरकारलाई आग्रह गरे । “ढिला न्याय दिनु भएको न्याय नदिनु जस्तै हो”, उनले भने, “थामेलागायत अन्य क्षेत्र पनि जोखिममा छ । कसरी जोखिम व्यवस्थापन गर्ने ? न्यूनीकरण कसरी गर्ने ? पूवतयारी के–के हुने भनेर हामीले स्थानीय अनुकूलन योजना बनाउँदै छाैँ । तीनै सरकारको समन्वय आवश्यक छ ।”

एसियाली विकास बैंकका वरिष्ठ जलवायु विज्ञ अवनी मणि दीक्षितले अध्ययनले आगामी दिनका सम्भावित जोखिमबाट बच्ने उपायसहित सुझाव समावेश गरेर यसले आगामी नीति तथा योजना बनाउन सहयोग पुग्ने बताए । थामे क्षेत्रमा भएको हिमताल बाढी (घटनाले जलवायु जोखिमको जटिलता उजागर गरेको छ । विज्ञहरूले आगामी सम्भावित बाढीलाई रोक्न वैज्ञानिक अनुगमन, इञ्जिनियरिङ समाधान तथा स्थानीय समुदायलाई सचेत गराउने उपायहरू अपनाउनुपर्नेमा जोड दिएका छन् । 

अध्ययन टोलीका प्रतिनिधि तथा अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का भूगर्भविज्ञ सुदनविक्रम महर्जनले थामे उपत्यकामा रहेका हिमताल जोखिममा रहेको भन्दै विशेषगरी यसले ठूलो विनाश निम्त्याउने खतरा बढाएको बताए ।  जलवायुविज्ञ केशव शर्माले उच्च जोखिमयुक्त क्षेत्रमा जल व्यवस्थापन, नदी किनार संरक्षण तथा बाढी नियन्त्रण संरचना निर्माण गर्नुपर्ने बताए ।

साथै, स्थानीय समुदायको आपतकालीन तयारीलाई बलियो बनाउन गैरसंरचनात्मक उपायहरू अवलम्बन गर्नुपर्नेमा उनको जोड छ । अनुगमन तथा पूर्वानुमान प्रणालीलाई सशक्त बनाउन जल तथा मौसमसम्बन्धी मापन केन्द्रहरू स्थापना गर्नु जरुरी रहेको विज्ञहरूले बताएका छन् । 


प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट
प्रधानमन्त्री कार्कीसँग विपिन जोशीका आमा र बहिनीको भेट आइतबार, असोज ५, २०८२
खुल्याे पृथ्वी राजमार्ग
खुल्याे पृथ्वी राजमार्ग आइतबार, असोज ५, २०८२
घृणाजन्य अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह
घृणाजन्य अभिव्यक्ति बन्द गर्न आयोगको आग्रह आइतबार, असोज ५, २०८२
जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु
जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु आइतबार, असोज ५, २०८२
दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै
दसैँका लागि सीमाक्षेत्रमा घर फर्किनेको सङ्ख्या बढ्दै आइतबार, असोज ५, २०८२
जनकपुरधाम भन्सारमा १३ करोडको क्षति
जनकपुरधाम भन्सारमा १३ करोडको क्षति आइतबार, असोज ५, २०८२
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण
राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP