Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रदर्शनमा खटिँदै पाँच हजार सुरक्षाकर्मी 
प्रदर्शनमा खटिँदै पाँच हजार सुरक्षाकर्मी 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १५, २०८१
  •  २५ सय बढी प्रहरी, साढे १७ सय सशस्त्र प्रहरी र गुप्तचर परिचालन 
  •  राजतन्त्रप क्षधरबाट सुरक्षा चुनौती हुन सक्ने आँकलन, केही दिनदेखि विशेष निगरानीमा 
  •  गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरलाई जम्काभेट हुन नदिने सुरक्षा संयन्त्रको रणनीति
  •  गणतन्त्र पक्षधरलाई चक्रपथभित्र र राजतन्त्र पक्षधरलाई बाहिर सीमित गरिँदै

काठमाडौं– गणतन्त्रको रक्षा र गणतन्त्रलाई उल्टाउन खोज्ने दुई परस्पर विरोधी शक्तिले आज एकै समयमा काठमाडौंमा प्रदर्शन गर्दैछन् । गणतन्त्र पक्षधरले भृकुटीमण्डप र राजतन्त्र पक्षधरले तीनकुनेमा बिहान ११ बजेपछि प्रदर्शन गर्ने भएका छन् ।

समाजवादी मोर्चाको ब्यानरमा गणतन्त्र पक्षधरले गर्ने प्रदर्शनको नेतृत्व प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन् । राजतन्त्र पक्षधरले गर्ने प्रदर्शनको नेतृत्व विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गर्नेछन् । 

सुरक्षा निकायले गत शनिबार नै दुवै पक्षले गर्ने प्रदर्शनको विश्लेषण गरेको थियो । खासगरी प्रसाईंले नेतृत्व गर्ने राजतन्त्र पक्षधर प्रदर्शन तुलनात्मक रूपले बढी चुनौतीपूर्ण हुन सक्ने विश्लेषण गरेको छ । प्रसाईं स्वयं उग्रवादी राजतन्त्र पक्षधर अभियन्ता हुन् । हिंसा भड्काउने खालका अभिव्यक्तिले विगतमा उनी पटकपटक प्रहरी थुनामा परिसकेका छन् । 

अर्कोतिर, राजावादीको प्रदर्शनमा घुसपैठ हुन सक्ने सुरक्षा संयन्त्रको विश्लेषण छ । गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाह पोखरादेखि काठमाडौं आउँदा त्रिभुवन विमास्थलमा स्वागत गर्ने क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरसहित एक जना प्रदर्शनकारी देखिएका थिए । यसले गर्दा पनि आजको प्रदर्शनमा हुन सक्ने सुरक्षा चुनौती र घुसपैठलाई नियन्त्रण गर्न ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन हुने भएका छन् । 

Hardik health

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङका अनुसार २५ सय प्रहरी आज खटिनेछन् । आवश्यकता अनुसार प्रहरीको सङ्ख्या बढाइने उनले प्रभावलाई जानकारी दिए । ‘हामी पूर्णतः तयारी अवस्थामा छौँ । शान्ति सुरक्षालाई ध्यानमा राखेर २५ सय बढी प्रहरी परिचालन हुँदैछन् । अझै चाहिने भयो भने थप प्रहरी परिचालन गर्छौँ,’ तामाङले भने । 

गृह मन्त्रालयका अनुसार सादा पोशाकका प्रहरी पनि ठूलो सङ्ख्यामा परिचालन हुनेछन् । उनीहरूले घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरूको पहिचान गर्नेछन् र नियन्त्रणमा लिनेछन् ।प्रदर्शनमा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी पनि परिचालन हुने भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुमार न्यौपानेले ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन हुने बताए । एउटा प्लाटुनमा ३५ जना सशस्त्र प्रहरी हुन्छन् । त्यस आधारमा साढे १७ सय सशस्त्र प्रहरी परिचालन हुने भएको उनले बताए । 

भीड नियन्त्रणको पहिलो भूमिका प्रहरीको हुने छ । सहयोगीको रूपमा सशस्त्र प्रहरी हुने छन् । सूचना सङ्कलन राष्ट्रिय अनुसन्धान विभागबाट खटिने गुप्तचरहरूले गर्नेछन् । प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार जतिसुकै धेरै मानिस प्रदर्शनमा सहभागी भए पनि सुरक्षा चुक हुन नदिने प्रयासमा प्रहरी छ । तर, प्रसाईंले नेतृत्व गर्ने राजतन्त्रपक्षधर समूह सुरक्षा निकायको विशेष निगरानीमा छ । यो समूहबाट सुरक्षा चुनौती निम्तिन सक्ने आँकलन छ । त्यही भएर करिब एक सातादेखि नै राजतन्त्र पक्षधरको गतिविधि प्रहरीले निगरानी गरिरहेको छ । यो समूहबाट घुसपैठ हुन सक्ने सुरक्षा संयन्त्रको मुख्य चिन्ता हो । 

यहीबीच काठमाडौं प्रशासनले गणतन्त्र पक्षधर र राजतन्त्र पक्षधरको जुलससँग भेट हुन नदिने रणनीति बनाएको छ । त्यसअनुसार राजतन्त्र पक्षधरलाई चक्रपथभन्दा भित्र प्रवेश नै गर्न नदिने रणनीति प्रशासनको छ । समाजवादी मोर्चाको ब्यानरमा प्रदर्शनमा उत्रिने गणतन्त्र पक्षधरलाई भने चक्रपथभित्र सीमित पार्ने प्रशासनको रणनीति छ । यस आधारमा राजतन्त्र पक्षधरको भक्तपुरतर्फबाट आउने जुलुस दुर्गा प्रसाईंको निजी निवासबाट कोटेश्वर हुँदै तीनकुने आइपुग्ने छ । 

जोरपाटी, बौद्ध, चाबहिलबाट हुँदै अर्को जुलुस तीनकुने आउने छ । गोंगबु, सामाखुशी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी अर्को रुट तय गरिएको छ । कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, कोटेश्वर हुँदै तीनकुने आउने छ । गणतन्त्र पक्षधरहरूको जुलुस बबरमहल–माइतीघर, कुपन्डोल–थापाथली, सोह्रखुट्टे–पकनाजोलबाट जुलुस निस्केर भृकुटीमण्डप भेला हुने भएको छ ।

यसअघि गत वर्षको ७ मंसिरमा दुर्गा प्रसाईं समूहले बल्खुमा प्रदर्शन गरेको थियो । सोही दिन एमालेको युवा संघले तीनकुनेमा प्रदर्शन गरेको थियो । त्यसबेला काठमाडौंको कालीमाटी क्षेत्रमा प्रसाईं समूह प्रवेश गर्दा युवा संघका एउटा समूहसँग झडपको स्थिति सिर्जना भएको थियो । त्यसबेला फिल्ड कमान्ड सम्हालेका डीएसपी रोशन खड्काले अपनाएको सुरक्षा सावधानीले ठूलो दुर्घटना हुनबाट जोगिएको थियो । 
 


प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP