Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #डा शेखर कोइराला
  • #पूर्वपश्चिम राजमार्ग
  • #माली र बुर्किना
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • आन्तरिक बसाइँसराइमा महिला अगाडि, बाह्यमा पुरुष
राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन आन्तरिक बसाइँसराइमा महिला अगाडि, बाह्यमा पुरुष
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १४, २०८१
  •  १८ वटा जिल्लाले आफ्नो जिल्लामा जन्मिएका २० प्रतिशत जनसंख्या गुमाएको तथ्यांक, काठमाडौंसहित १२ जिल्लाबाट १० प्रतिशतभन्दा कम बसाइँसराइ
  •  आफ्नो मूल थलो स्थायीरुपमा छाड्ने प्रवृत्ति सबैभन्दा बढी पहाडमा 
  •  आन्तरिक बसाइँसराइ गर्ने अत्यधिक ३७.६ प्रतिशत महिला, पुरुषको दर २०.६ प्रतिशत 
  •  आन्तरिक बसाइँसराइको मूल कारणमध्ये २५.९ प्रतिशत आश्रित, २४.९ प्रतिशत विवाह र १९.२ प्रतिशत कामको अवसर 
  •  वि.सं. २०५८ मा प्रवासन दर ३.३ रहेकोमा बढेर ७.५ प्रतिशत पुगेको तथ्यांक
  •  काठमाडौं, चितवन, रूपन्देही, कास्की, पर्सा, झापा, ललितपुर, मोरङ, बारा र सुनसरीमा भारतीय नागरिकहरूको अनुपात सबैभन्दा उच्च

काठमाडौं– मुलुकमा आफ्नो मूल थलो छाडेर स्थायी बसाइँ सर्ने क्रम बढ्दो देखिएको छ । यो प्रवृत्ति सबैभन्दा बढी पहाडमा देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदन’ अनुसार मूल थलो छाडेर स्थायी बसोबास गर्ने जनसंख्या २९.२ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना, २०७८ मा आधारित यो प्रतिवेदनले मुलथलो छाडेर बसाइँ सर्नेमा सबैभन्दा बढी

पहाडी मुलका मानिसहरु छन् । ‘सबैभन्दा बढी स्थायी आन्तरिक बसाइँसराइ गर्ने अर्थात् मूलथलो छोड्ने जनसंख्या पहाडमा देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ । पहाडबाट ३२ प्रतिशत मानिसहरू सर्दा तराईबाट २८.९ प्रतिशत र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत सरेको देखिएको छ । 

आन्तरिक बसाइँसराइ गर्ने अत्यधिक ३७.६ प्रतिशत महिला छन् भने पुरुषको दर २०.६ प्रतिशत रहेको छ । प्रतिवेदनले देशका ७७ वटै जिल्लाबाट बसाइसराइँ भएको देखाएको छ । जसमध्ये १८ वटा जिल्लाले आफ्नो जिल्लामा जन्मिएका २० प्रतिशत जनसंख्या गुमाएका प्रतिवेदनमा उल्लेख छ । पर्सा, रौतहट, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, भक्तपुर, ललितपुर, काठमाडौं, कञ्चनपुर, कैलाली, रुपन्देशी, बाँके र कपिलवस्तुबाट भने १० प्रतिशतभन्दा कम जनसंख्य बसाइँ सरेर अन्यत्र गएको देखिन्छ । 

बसाइँ सर्नेमा महिला अगाडि, कारण विवाह र आश्रित
यो अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी बसाइँ सरेको देखिन्छ । ‘काठमाडौंमा ५७.२ प्रतिशत बसाइँसराइ गरी आएका छन् । भक्तपुरमा ५०.२ प्रतिशत र ललितपुरमा ४६.२ प्रतिशत छन् जुन स्थायी बसाइँसराइको सबैभन्दा उच्च दर हो,’ प्रतिवेदनमा भनिएको छ ।

Hardik health

२०२८ सालमा यस्तो बसाइँसराइ ४.७ प्रतिशत रहेकोमा अहिले बढेर २० प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । यसरी बसाइँ सर्नेमा महिला सबैभन्दा अघि देखिएको छ । ‘आन्तरिक बसाइँसराइ गर्ने पहाडी क्षेत्रमा महिला ५७.६ प्रतिशत र पुरूष ५१.३ प्रतिशत देखिन्छ । कूल बसाइँसराइ गर्नेमध्ये महिला ३१९ हजार र पुरुष २५१ हजार रहेका छन्,’ प्रतिवेदनमा भनिएको छ । प्रदेशगतरूपमा बागमती र लुम्बिनी प्रदेशमा धेरै बसाइँ सरेको देखाउँछ । कोशी प्रदेशबाट बसाइँ सर्नेको संख्या बढ्दो रहेको छ । 

सहरी क्षेत्रमा आउने क्रम जारी
मुलुक संघीय प्रणालीमा गएपछि पनि मानिसहरु भने सहर आउने क्रम जारी रहेको देखिन्छ । नेपालमा २०७४ को स्थानीय तहको निर्वाचनपछि संघीयताको अभ्यास लागू भयो । गाउँगाउँमा सिंहदरबार पुगेको भनियो । तर ग्रमीण क्षेत्र छाडी सहरी क्षेत्रमा आउनेको संख्या ५१.२ प्रतिशत देखिन्छ । ‘राष्ट्रिय जनगणना २०७८ अनुसार आन्तरिक बसाइँसराइ गर्ने जम्मा जनसंख्या १९ लाख ९४ हजार ९९६ रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रतर्फका बसाइँसराइ ५१.३ प्रतिशत छ ।

यस्तै ग्रामीण सहरी बसाइँसराइ प्रवृत्ति भौगोलिक क्षेत्र र प्रदेशअनुसार फरक छन् । बागमती प्रदेशमाचाहिं ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रतर्फको र सहरी क्षेत्रबाट सहरी क्षेत्रतर्फकै बसाइँसराइको आयतन वा संख्या सबैभन्दा बढी छ ।’ साना सहरबाट ठूला सहरतर्फ विशेषतः काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदेशकै अन्य सहरहरूबाट बसाइँसराइको संख्या अत्यधिक भएको प्रतिवेदनमा उल्लेख छ ।

बसाइँसराइको मूल कारणमध्ये २५.९ प्रतिशत आश्रित भएर गएको देखिन्छ । त्यसैगरी २४.९ प्रतिशत विवाह र १९.२ प्रतिशत कामको अवसरका कारण र १४.१ प्रतिशत अध्ययन÷तालिमका कारणले सरेको देखिन्छ । तराईमा बसाइँ सरेकामध्ये ३१.३ प्रतिशत विवाह र २६.७ प्रतिशत आश्रित भएर गएको प्रतिवेदनमा छ । बागमती र गण्डकीमा कामको अवसर प्रमुख कारण छन् भने बाँकी पाँच प्रदेशमा विवाह नै प्रमुख कारण भएको तथ्यांकमा उल्लेख छ । 

विदेश बसाइँसराइमा पुरुष अगाडि
नेपालीहरु विदेशमा बसाइँ सर्ने दर पनि बढ्दो छ । जसमा पुरुष सबैभन्दा अगाडि देखिन्छ । वि.सं. २०५८ मा आप्रवासन दर ३.३ रहेकोमा अहिले बढेर ७.५ प्रतिशत पुगेको छ । यसमा ८२.२ प्रतिशत पुुरुष रहेको नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालीहरुका गन्तव्य देश १४ प्रतिशतले मध्यपूर्वी देशहरूमा प्रवासन गरेको देखिन्छ भने लगभग ११ प्रतिशत भारत र तीन प्रतिशत प्रशान्त महासागरीय क्षेत्रका देशहरूमा प्रवासन भएका देखिन्छ । यसरी बाहिर जानेमा सबैभन्दा धेरै २० देखि २९ वर्ष उमेर समूहका युवाहरु देखिन्छ । यी उमेर समूहका युवाहरु ४९.४ प्रतिशत विदेश जाँदा ३० देखि ३९ वर्ष उमेर समूहका युवा १९.५ प्रतिशत रहेका छन् । 

देश छाड्नुको मूल कारण रोजगारी र अध्ययन देखिन्छ । ‘अनुपस्थित हुनुका मुख्य कारणहरूमा तलब÷ज्याला, नोकरी, व्यापार÷व्यवसाय, अध्ययन÷तालिम, कामको खोजी र आश्रित हुनु रहेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘कूल अनुपस्थितमध्ये ५९.८ प्रतिशतको विदेश जानुको कारण तलब÷ज्याला नै रहेको देखिन्छ । त्यसैगरी २०.४ प्रतिशत अभिभावकमाथि आश्रित हुनुको कारणले र १४ प्रतिशतले काम खोज्ने उद्देश्यले विदेशमा बसाइँसराइ वा प्रवासन भएको देखिन्छ ।’

नेपालमा बसाइँ सर्ने भारतीय धेरै
विदेशमा जन्मेकाहरु पनि नेपालमा बसाइँ सर्ने क्रम बढेको यो प्रतिवेदनले देखाउँछ । वि.सं. २०१८ मा यस्ता आप्रवासीहरूको संख्या नेपालमा तीन लाख ३७ हजार ६२० थियो भने २०७८ मा त्यस्तो जनसंख्या सात लाख ३४ हजार ६६३ पुगेको छ ।

२०१८ मा एक लाख १० हजार ६१ जना विदेशी नागरिक गणनामा समावेश हुँदा २०३८ मा उक्त संख्या बढेर चार लाख ८३ हजार  १६ पुगेको थियो । तर, यो वृद्धि २०७८ मा खुम्चिएर एक लाख ३७ हजार २१८ भएको देखाउँछ ।भारतमा जन्मेर नेपालमा बसोबास गरिरहेका कूल जनसंख्यामध्ये करिब ८५ प्रतिशत नेपाली नागरिकको हैसियतमा छन् भने भारतीय नागरिकता हुनेहरूको हिस्सा १५ प्रतिशत रहेको छ ।

विदेशी नागरिकताअनुसार नेपालका विभिन्न जिल्लामा बसोबास गर्नेहरूको वितरण हेर्दा काठमाडौं, चितवन, रूपन्देही, कास्की, पर्सा, झापा, ललितपुर, मोरङ, बारा र सुनसरी रहेका छन् । यी सबै १० जिल्लामा भारतीय नागरिकहरूको अनुपात सबैभन्दा उच्च देखिएको छ ।

चिनियाँ नागरिक र अन्य देशका नागरिकहरूको अनुपात भारतीय नागरिकहरूको तुलनामा निकै नै न्यून रहेको छ ।लगभग ४५ प्रतिशत आप्रवासीहरू वैवाहिक कारणले आफ्नो हाल बसोबास रहेको स्थानमा बसिरहेका देखिन्छन् भने विदेशबाट घर फर्किएकाहरूको हिस्सा २५.४ प्रतिशत रहेको छ । 
 


प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई ह्योल्मो समुदायको सम्मान बुधबार, पुस १६, २०८२
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल
अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकताः नेकपा संयोजक दाहाल बुधबार, पुस १६, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम
बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम बुधबार, पुस १६, २०८२
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा निर्वाचन अधिकृतको कार्यालय स्थापना बुधबार, पुस १६, २०८२
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड
विगतका कमजोरीबाट सिकेर मुलुकको समृद्धिमा लाग्नुपर्नेमा पूर्वप्रधानमन्त्री नेपालको जोड बुधबार, पुस १६, २०८२
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन
मुख्यमन्त्री शाहद्वारा लागुऔषध दुरुपयोग नियन्त्रण गर्न प्रहरीलाई निर्देशन बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP