Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • आन्तरिक बसाइँसराइमा महिला अगाडि, बाह्यमा पुरुष
राष्ट्रिय तथ्यांक कार्यालयको प्रतिवेदन आन्तरिक बसाइँसराइमा महिला अगाडि, बाह्यमा पुरुष
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १४, २०८१
  •  १८ वटा जिल्लाले आफ्नो जिल्लामा जन्मिएका २० प्रतिशत जनसंख्या गुमाएको तथ्यांक, काठमाडौंसहित १२ जिल्लाबाट १० प्रतिशतभन्दा कम बसाइँसराइ
  •  आफ्नो मूल थलो स्थायीरुपमा छाड्ने प्रवृत्ति सबैभन्दा बढी पहाडमा 
  •  आन्तरिक बसाइँसराइ गर्ने अत्यधिक ३७.६ प्रतिशत महिला, पुरुषको दर २०.६ प्रतिशत 
  •  आन्तरिक बसाइँसराइको मूल कारणमध्ये २५.९ प्रतिशत आश्रित, २४.९ प्रतिशत विवाह र १९.२ प्रतिशत कामको अवसर 
  •  वि.सं. २०५८ मा प्रवासन दर ३.३ रहेकोमा बढेर ७.५ प्रतिशत पुगेको तथ्यांक
  •  काठमाडौं, चितवन, रूपन्देही, कास्की, पर्सा, झापा, ललितपुर, मोरङ, बारा र सुनसरीमा भारतीय नागरिकहरूको अनुपात सबैभन्दा उच्च

काठमाडौं– मुलुकमा आफ्नो मूल थलो छाडेर स्थायी बसाइँ सर्ने क्रम बढ्दो देखिएको छ । यो प्रवृत्ति सबैभन्दा बढी पहाडमा देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदन’ अनुसार मूल थलो छाडेर स्थायी बसोबास गर्ने जनसंख्या २९.२ प्रतिशत रहेको छ । राष्ट्रिय जनगणना, २०७८ मा आधारित यो प्रतिवेदनले मुलथलो छाडेर बसाइँ सर्नेमा सबैभन्दा बढी

पहाडी मुलका मानिसहरु छन् । ‘सबैभन्दा बढी स्थायी आन्तरिक बसाइँसराइ गर्ने अर्थात् मूलथलो छोड्ने जनसंख्या पहाडमा देखिएको छ,’ प्रतिवेदनमा भनिएको छ । पहाडबाट ३२ प्रतिशत मानिसहरू सर्दा तराईबाट २८.९ प्रतिशत र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत सरेको देखिएको छ । 

आन्तरिक बसाइँसराइ गर्ने अत्यधिक ३७.६ प्रतिशत महिला छन् भने पुरुषको दर २०.६ प्रतिशत रहेको छ । प्रतिवेदनले देशका ७७ वटै जिल्लाबाट बसाइसराइँ भएको देखाएको छ । जसमध्ये १८ वटा जिल्लाले आफ्नो जिल्लामा जन्मिएका २० प्रतिशत जनसंख्या गुमाएका प्रतिवेदनमा उल्लेख छ । पर्सा, रौतहट, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, भक्तपुर, ललितपुर, काठमाडौं, कञ्चनपुर, कैलाली, रुपन्देशी, बाँके र कपिलवस्तुबाट भने १० प्रतिशतभन्दा कम जनसंख्य बसाइँ सरेर अन्यत्र गएको देखिन्छ । 

बसाइँ सर्नेमा महिला अगाडि, कारण विवाह र आश्रित
यो अवधिमा काठमाडौं उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी बसाइँ सरेको देखिन्छ । ‘काठमाडौंमा ५७.२ प्रतिशत बसाइँसराइ गरी आएका छन् । भक्तपुरमा ५०.२ प्रतिशत र ललितपुरमा ४६.२ प्रतिशत छन् जुन स्थायी बसाइँसराइको सबैभन्दा उच्च दर हो,’ प्रतिवेदनमा भनिएको छ ।

Hardik health

२०२८ सालमा यस्तो बसाइँसराइ ४.७ प्रतिशत रहेकोमा अहिले बढेर २० प्रतिशत पुगेको तथ्यांकमा उल्लेख छ । यसरी बसाइँ सर्नेमा महिला सबैभन्दा अघि देखिएको छ । ‘आन्तरिक बसाइँसराइ गर्ने पहाडी क्षेत्रमा महिला ५७.६ प्रतिशत र पुरूष ५१.३ प्रतिशत देखिन्छ । कूल बसाइँसराइ गर्नेमध्ये महिला ३१९ हजार र पुरुष २५१ हजार रहेका छन्,’ प्रतिवेदनमा भनिएको छ । प्रदेशगतरूपमा बागमती र लुम्बिनी प्रदेशमा धेरै बसाइँ सरेको देखाउँछ । कोशी प्रदेशबाट बसाइँ सर्नेको संख्या बढ्दो रहेको छ । 

सहरी क्षेत्रमा आउने क्रम जारी
मुलुक संघीय प्रणालीमा गएपछि पनि मानिसहरु भने सहर आउने क्रम जारी रहेको देखिन्छ । नेपालमा २०७४ को स्थानीय तहको निर्वाचनपछि संघीयताको अभ्यास लागू भयो । गाउँगाउँमा सिंहदरबार पुगेको भनियो । तर ग्रमीण क्षेत्र छाडी सहरी क्षेत्रमा आउनेको संख्या ५१.२ प्रतिशत देखिन्छ । ‘राष्ट्रिय जनगणना २०७८ अनुसार आन्तरिक बसाइँसराइ गर्ने जम्मा जनसंख्या १९ लाख ९४ हजार ९९६ रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रतर्फका बसाइँसराइ ५१.३ प्रतिशत छ ।

यस्तै ग्रामीण सहरी बसाइँसराइ प्रवृत्ति भौगोलिक क्षेत्र र प्रदेशअनुसार फरक छन् । बागमती प्रदेशमाचाहिं ग्रामीण क्षेत्रबाट सहरी क्षेत्रतर्फको र सहरी क्षेत्रबाट सहरी क्षेत्रतर्फकै बसाइँसराइको आयतन वा संख्या सबैभन्दा बढी छ ।’ साना सहरबाट ठूला सहरतर्फ विशेषतः काठमाडौं, ललितपुर र भक्तपुरमा प्रदेशकै अन्य सहरहरूबाट बसाइँसराइको संख्या अत्यधिक भएको प्रतिवेदनमा उल्लेख छ ।

बसाइँसराइको मूल कारणमध्ये २५.९ प्रतिशत आश्रित भएर गएको देखिन्छ । त्यसैगरी २४.९ प्रतिशत विवाह र १९.२ प्रतिशत कामको अवसरका कारण र १४.१ प्रतिशत अध्ययन÷तालिमका कारणले सरेको देखिन्छ । तराईमा बसाइँ सरेकामध्ये ३१.३ प्रतिशत विवाह र २६.७ प्रतिशत आश्रित भएर गएको प्रतिवेदनमा छ । बागमती र गण्डकीमा कामको अवसर प्रमुख कारण छन् भने बाँकी पाँच प्रदेशमा विवाह नै प्रमुख कारण भएको तथ्यांकमा उल्लेख छ । 

विदेश बसाइँसराइमा पुरुष अगाडि
नेपालीहरु विदेशमा बसाइँ सर्ने दर पनि बढ्दो छ । जसमा पुरुष सबैभन्दा अगाडि देखिन्छ । वि.सं. २०५८ मा आप्रवासन दर ३.३ रहेकोमा अहिले बढेर ७.५ प्रतिशत पुगेको छ । यसमा ८२.२ प्रतिशत पुुरुष रहेको नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालीहरुका गन्तव्य देश १४ प्रतिशतले मध्यपूर्वी देशहरूमा प्रवासन गरेको देखिन्छ भने लगभग ११ प्रतिशत भारत र तीन प्रतिशत प्रशान्त महासागरीय क्षेत्रका देशहरूमा प्रवासन भएका देखिन्छ । यसरी बाहिर जानेमा सबैभन्दा धेरै २० देखि २९ वर्ष उमेर समूहका युवाहरु देखिन्छ । यी उमेर समूहका युवाहरु ४९.४ प्रतिशत विदेश जाँदा ३० देखि ३९ वर्ष उमेर समूहका युवा १९.५ प्रतिशत रहेका छन् । 

देश छाड्नुको मूल कारण रोजगारी र अध्ययन देखिन्छ । ‘अनुपस्थित हुनुका मुख्य कारणहरूमा तलब÷ज्याला, नोकरी, व्यापार÷व्यवसाय, अध्ययन÷तालिम, कामको खोजी र आश्रित हुनु रहेका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘कूल अनुपस्थितमध्ये ५९.८ प्रतिशतको विदेश जानुको कारण तलब÷ज्याला नै रहेको देखिन्छ । त्यसैगरी २०.४ प्रतिशत अभिभावकमाथि आश्रित हुनुको कारणले र १४ प्रतिशतले काम खोज्ने उद्देश्यले विदेशमा बसाइँसराइ वा प्रवासन भएको देखिन्छ ।’

नेपालमा बसाइँ सर्ने भारतीय धेरै
विदेशमा जन्मेकाहरु पनि नेपालमा बसाइँ सर्ने क्रम बढेको यो प्रतिवेदनले देखाउँछ । वि.सं. २०१८ मा यस्ता आप्रवासीहरूको संख्या नेपालमा तीन लाख ३७ हजार ६२० थियो भने २०७८ मा त्यस्तो जनसंख्या सात लाख ३४ हजार ६६३ पुगेको छ ।

२०१८ मा एक लाख १० हजार ६१ जना विदेशी नागरिक गणनामा समावेश हुँदा २०३८ मा उक्त संख्या बढेर चार लाख ८३ हजार  १६ पुगेको थियो । तर, यो वृद्धि २०७८ मा खुम्चिएर एक लाख ३७ हजार २१८ भएको देखाउँछ ।भारतमा जन्मेर नेपालमा बसोबास गरिरहेका कूल जनसंख्यामध्ये करिब ८५ प्रतिशत नेपाली नागरिकको हैसियतमा छन् भने भारतीय नागरिकता हुनेहरूको हिस्सा १५ प्रतिशत रहेको छ ।

विदेशी नागरिकताअनुसार नेपालका विभिन्न जिल्लामा बसोबास गर्नेहरूको वितरण हेर्दा काठमाडौं, चितवन, रूपन्देही, कास्की, पर्सा, झापा, ललितपुर, मोरङ, बारा र सुनसरी रहेका छन् । यी सबै १० जिल्लामा भारतीय नागरिकहरूको अनुपात सबैभन्दा उच्च देखिएको छ ।

चिनियाँ नागरिक र अन्य देशका नागरिकहरूको अनुपात भारतीय नागरिकहरूको तुलनामा निकै नै न्यून रहेको छ ।लगभग ४५ प्रतिशत आप्रवासीहरू वैवाहिक कारणले आफ्नो हाल बसोबास रहेको स्थानमा बसिरहेका देखिन्छन् भने विदेशबाट घर फर्किएकाहरूको हिस्सा २५.४ प्रतिशत रहेको छ । 
 


प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  ०९:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP