Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिपक्षी कमजोर बन्दा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर फितलो
प्रतिपक्षी कमजोर बन्दा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर फितलो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ८, २०८१
  • सदनमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रश्न सोध्नै चाहेन
  • प्रधानमन्त्री ओलीलाई प्रश्न गर्ने १० सांसदमध्ये ६ जना सत्तापक्षबाटै, तीमध्ये ५ जना एमालेकै
  • सदनमा प्रश्न नउठेपछि सोल्टी होटल पुगेर प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन

काठमाडौं– राजनीतिक दलको नेतृत्वको कमजोरी देखाउँदै सिंगो व्यवस्थामाथि प्रश्न उठिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सांसदहरुको जवाफ दिने कार्यक्रम थियो बिहीबार । तर प्रधानमन्त्री ओलीसँगको बिहीबारको प्रश्नोत्तरमा प्रमुख प्रतिपक्षको उपस्थिति कमजोरी देखिँदा प्रश्नोत्तर कार्यक्रम नै फितलो देखियो । 

प्रधानमन्त्री रोस्ट्रममा जवाफ दिन उभिँदा दश सांसदले प्रश्न सोधे, ती न त समसमायिक थिए न त गहन विषय नै । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई प्रश्न गर्ने विषय नै पाएन । राजतन्त्रसहितको हिन्दु राष्ट्रको पक्षमा सडकमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि प्रधानमन्त्रीलाई पछिल्लो अवस्थाबारे प्रश्न गर्न चाहेन । बरु प्रश्न गरेका १० मध्ये ५ सांसद ओलीकै दल एमालेका थिए ।

यसरी प्रतिपक्ष प्रश्नबिहीन बन्दा बिहीबारको प्रश्नोत्तर फितलो भएको संसद सचिवालयकै कर्मचारीहरु बताउँछन् । त्यसो त प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नै सदनमा देखिएनन् । संसद प्रतिपक्षीको भन्दै दाबी गर्ने नेताहरु नै नदेखिँदा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर फितलो हुने संसद सचिवालयले जनायो ।

प्रश्न सोध्नेमा एमालेबाट विमला सुवेदी, भीमप्रसाद आचार्य, भानुभक्त जोशी, भगवती चौधरी र वासुदेव चौधरी थिए । त्यसैगरी सत्तारुढ दल नेपाली कांग्रेसबाट एक जना विनाकुमारी थनैतले मात्र प्रश्न गरिन् । राजतन्त्रको पक्षमा सडकमा रहेको दल राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङले लिपुलेकबारे प्रश्न गरे । ‘नेपालको चुच्चे नक्सामा समेटिएको लिपुलेक, कालापानी र लिम्पियाधुरा भ्रमणमा कहिले जानुहुन्छ? भ्रमणको कुनै कार्यक्रम बनेको छ कि ?’ तामाङले प्रश्न गरे ।

Hardik health

यता अरु प्रश्न सोध्नमा ३ जना मनिष झा, बिन्दाबासिनी कंसकार र विनिता कठायत रास्वपाबाट थिए । कठायतले पनि राप्रपाकै सांसद तामाङले झैं प्रश्न गरिन् । ‘प्रधानमन्त्रीज्यूले चुच्चे नक्सा हामीले ल्यायौं भनेर त धेरै प्रचार गर्नुभयो । तर अझै पनि धारचुलाका मान्छे आफ्नो घर जान भारतको बाटो भएर जानु पर्ने अवस्था छ ?  लिपुलेक  लिम्पियाधुराका मान्छेले कहिले नेपालको बाटो प्रयोग गर्न पाउँछन् ?’ उनले प्रश्न गरिन् । प्रधानमन्त्री ओलीले ती क्षेत्रमा समय आएपछि भ्रमण जाने भन्दै झारा टार्ने तवरले जवाफ फर्काए । 

प्रभु साहले गरे बहिस्कार
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सांसद प्रभु साहले बहिष्कार गरे । अघिल्लो प्रश्नोत्तर कार्यक्रममा साहले सोधेको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले नदिएका कारण साहले कार्यक्रम बहिस्कार गरेका हुन् । आकस्मिक समयमा बोल्दै सांसद साहले कार्यसूचीबाटै ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम हटाउन आग्रह गरेका थिए । तर उनको मागको कुनै सम्बोधन भएन । त्यसपछि साहले  प्रश्नोत्तर औचित्यहीन भन्दै बहिस्कार गरेका हुन् । प्रधानमन्त्रीबाट जवाफ नआउनु सिंगो संसद्, सभामुखको गरिमामा समेत प्रश्न उठेको साहको दाबी छ ।

‘एयरपोर्टदेखि महाराजगन्जसम्म मार्च गरेको देखियो नि’
सदनमा पछिल्लो अवस्था र आन्दोलनबारे प्रश्न नउठेपछि प्रधानमन्त्री ओली सोल्टी होटलमा आयोजित एक कार्यक्रममा पुगेर सम्बोधन गर्ने कोसिस गरे । नेपाल नगरपालिका संघको ३२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनता सचेत भइसकेकोले राजतन्त्र नफर्कने दाबी गरे । 

‘केही मान्छेलाई भ्रम छ । नेपालमा पनि अरु देशमा जस्तै उथलपुथल हाहाहुहु गरेर केही हुन्छ भनेर । नेपाली जनता पर्याप्त चनाखो छ । लोकतन्त्र मासिने कुरा हुन सक्दैन,’ ओलीले भने । उनले राजतन्त्रको समयमा हुने अधिनायकवादबारे धेरैले भोग्न नपाएको उल्लेख गर्दै आहिले प्रश्न गर्दा आफूलाई अचम्म लागेको सुनाए । ‘४७ सालपछि पहिलो संसदबाटै स्थानीय सरकारलाई स्वयत्त अधिकार दिनुपर्छ भनेर हामीले बोलेका थियौं । दरबार हत्याकण्डपछि समाचार वाचकका पछि बन्दुक देखाउनुपर्ने अवस्था आयो ।

लोकतन्त्र कहाँ बच्यो ? त्यस जमानामा नजन्मेका मान्छे अधिनायकवाद भयो भन्छ । विचराहरुले के हो अधिनायकवाद के हो थाहै छैन,’ ओलीले भने । अहिले अधिनायकवाद ल्याउन राजावादी सक्रिय भएको देखिएको उनको भनाइ थियो । ‘अहिले हामी डेमोक्रेटिक एरामा छौं । एरपोर्टदेखि महाराजगन्जसम्म त खुल्ला उद्घोषका साथ मान्छेहरु मार्च गरेको देखियो नि,’ प्रधानमन्त्री ओलीले भने ।
 


प्रकाशित मिति: शुक्रबार, चैत ८, २०८१  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP