Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘लोडसेडिङ’को त्रास फैलाउँदै ऊर्जामन्त्री
उज्यालो जारी राख्न दिनरात खट्दै कुलमान ‘लोडसेडिङ’को त्रास फैलाउँदै ऊर्जामन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ७, २०८१

अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ । एउटा निजी क्षेत्र र भारतले गर्दा केही लोडसेडिङ केही हटेजस्तो अनुभूति भएको छ ।
दीपक खड्का
ऊर्जामन्त्री

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन लागिपरेका ऊर्जामन्त्री दीपक खड्काले सदनमार्फत लोडसेडिङको त्रास फैलाएका छन् । बुधबार राष्ट्रिय सभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै ऊर्जामन्त्री खड्काले छिट्टै लोडसेडिङ हुने घोषणा गर्दै जनतामा त्रास फैलाएका हुन् ।

भारत र निजी क्षेत्रका कारण लोडसेडिङ हट्दा जनताले घिसिङलाई उज्यालोको नायकको उपाधि दिएको भन्दै उनले असन्तुष्टि पोखे । मन्त्री खड्काले भने, ‘अहिले साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ । निजी क्षेत्र र भारतले गर्दा लोडसेडिङ केही हटेजस्तो अनुभूति भएको हो । उहाँ (कुलमान) उज्यालोको नायक होइन ।’

दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगेका जनता भने ऊर्जामन्त्रीको भनाइप्रति सहमत छैनन् । उनले विद्युत् भारतबाट आयात भइरहेकोले भारतलाई नै धन्यवाद दिनुपर्ने कुरा यसअघि पनि बताउँदै आएका थिए । त्यही कुरा बुधबार राष्ट्रिय सभामा दोहो¥याएका हुन् । ‘हामीसँग ३५ सय मेगावाट बिजुली छ । सरकारको १०० प्रतिशत लगानी छ । २८ सय मेगावट निजीले गरेको छ । ७०० प्राधिकरणको लगानी छ । ८३० मेगावट विद्युत् भारतबाट आयत भइरहेको छ,’ ऊर्जामन्त्री खड्काले भने, ‘बरु यो धन्यवाद निजी क्षेत्रलाई दिउँ । भारतलाई दिउँ ।’

Hardik health

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले भने अहिले मन्त्रीले भनेजस्तो अवस्था नरहेको दाबी गरे । जनताको घरमा लोडसेडिङ नहुनेमा ढुक्क रहन उनले आग्रह गरे । ‘हामीले व्यवस्थापन गरिरहेका छौं । जनताको घरमा कुनै पनि हालतमा लोडसेडिङ हुँदैन । निर्धक्क भए हुन्छ । बिजुलीको व्यवस्थापन प्राधिकरणले गर्ने हो, मन्त्रीले हैन,’ घिसिङले भने ।

आफू प्राधिकरणमा रहेसम्म जनताले लोडसेडिङ भोग्न नपर्ने घिसिङको भनाइ छ । यद्यपि, पैसा नतिर्ने उद्योगमा अब आवश्यकताअनुसार लाइन काट्ने उनले  चेतावनी दिए । ‘पैसा नतिर्ने उद्योगमा आवश्यकताअनुसार बिजुली कटौती गरिन्छ,’ उनले भने ।

घिसिङलाई अप्ठेरोमा पार्दै मन्त्री
प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको कुशल व्यवस्थापनकै कारण हालसम्म लोडसेडिङको कुनै अनुभूति भएको छैन । तर, सरकार भने जसरी पनि लोडसेडिङ गराएर घिसिङलाई अप्ठेरोमा पार्ने प्रपञ्चमा लागेको देखिन्छ । यसैले पनि कुलमान विद्युत् व्यवस्थापनका लागि दिनरात दौडादौडमा लागेका छन् ।

यसको मूल कारण हो भारतले सोलार आवरमामात्र बिजुली दिने । बिहान ६ बजेदेखि साँझ ६ बजेसम्ममात्र बिजुली दिने भएपछि लोडसेडिङ हुने अवस्था देखिन्छ । भारतले यसअघि बेलुका ६ बजेदेखि १० बजेसम्ममात्र विद्युत् रोक्थ्यो । यसबेला प्राधिकरणले औद्योगिक क्षेत्रमा चार घण्टा लोडसेडिङ गथ्र्यो । पिक आवरमा विद्युत् चाहिने भएपछि भारतसँग एक महिनाअघि १.५ प्रतिशत भाउ बढाउने सहमति भएको थियो । यही विषयमा सरकारले घिसिङसँग स्पष्टीकरणसमेत सोधेको थियो । 

घिसिङ भने ट्रंकलाइन र डेडिकेटेड लाइन जोडेर त्यसको शुल्क नतिर्ने उद्योगीलाई बत्ती नदिएर जनतालाई लाइन दिने पक्षमा छन् । शुल्क नतिर्ने सर्वसाधारणका विद्युत् केही दिनमै काटिने र तर उद्योगीको लाइन भने निरन्तरता दिने विषयमा सरकारले पक्षपात गरेको उनको भनाइ छ । यसअघि शुल्क नतिर्ने उद्योगीको विद्युत् लाइन काट्दा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत घिसिङविरुद्ध लागेका थिए । 

ऊर्जामन्त्री खड्काले बुधबार पनि घिसिङले प्राधिकरणलाई घाटामा लगेको आरोप लगाए । ‘यहाँको आम्दानी नाफाजनक छ । यति अर्ब आम्दानी छ भनेर दाबी गरिरहेको कुरा छ । यहाँ डिडिए गरौं न । बाहिर मान्छेको बुझाइ अर्कै छ । महालेखा भन्छ– साढे दुई अर्ब रुपैयाँ घाटा छ । बाहिर विद्वानहरु अर्कै भन्छन् । यो प्रस्ट छ । जनतालाई प्रस्ट भनौं न,’ मन्त्री खड्काले दाबी गरे ।

यसैगरी उनले स्पष्टीकरण सोधेको विषयमा राष्ट्रिय सभाका सदस्यहरुले आरोपप्रत्यारोप गर्न नहुने तर्क गरे । ‘बोर्डको कुरा मन्त्रालयलाई थाहै छैन । मन्त्रालयअन्तर्गतको बोर्डको कुरा सबै थाहा हुनुपर्छ भनेर सोधेको मात्र हो । यथार्थ कुरा भन्दाभन्दै पनि खोजी छानबिन गर्न माननीयहरु नै आरोपप्रत्यारोपमा लाग्दा जनताले के बुझ्ने होला भनेर चिन्तामात्र लागेको,’ खड्काले भने ।

सांसद शारदादेवी भट्टले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङका सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले राष्ट्रिय सभामा जानकारी गराउनुपर्ने माग गरेकी थिइन् । ‘एक जना कर्मचारीको कारणले मुलुकमा लोडसेडिङको अन्त्यको चमत्कार भयो भन्दै गर्दा लोडसेडिङ अन्त्य गर्न कुन सरकारले के भूमिका निर्वाह गरेको छ भन्ने विषय आमनागरिकले जानकारी पाउनुपर्छ,’ भट्टले भनेकी थिइन् । भट्ट एमाले सांसद हुन् । उनले ओली सरकारकै पालामा भारतबाट बिजुली आएसँगै लोडसेडिङ अन्त्य भएको विषयलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै ऊर्जामन्त्रीको जवाफ मागेकी थिइन् ।
 


प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट मंगलबार, भदौ २, २०८३
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ मंगलबार, भदौ २, २०८३
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह
अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह मंगलबार, भदौ २, २०८३
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण
ग्यास, मल, जंगली जनावर र विपद् व्यवस्थापनमा सरकारको ध्यानाकर्षण मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट
प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट मंगलबार, भदौ २, २०८३
विद्युतीय चुलो प्रवर्द्धनमा जोड
विद्युतीय चुलो प्रवर्द्धनमा जोड मंगलबार, भदौ २, २०८३
विपक्षीसँग गले सभामुख
विपक्षीसँग गले सभामुख मंगलबार, भदौ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP