Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • काठमाडौंमा बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी, २०८१ सुरू
काठमाडौंमा बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी, २०८१ सुरू
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २६, २०८१

काठमाडौं -  नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा काठमाडौँमा आजदेखि ‘बाग्मती प्रादेशिक ललितकला प्रदर्शनी, २०८१’ सुरू भएको छ ।

नक्सालस्थित प्रतिष्ठानको प्रदर्शनी हलमा सुरू भएको प्रदर्शनीको प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्धरले उद्घाटन गरे । सो क्रममा उनले प्रतिष्ठानले प्रदेशगत रूपमा आयोजना गरेको प्रदर्शनीको प्रशंसा गर्दै किसानले माटाको पहिचान गरेर अन्न उत्पादन गरे झैँ कलाकारले पनि आफ्नो माटोलाई चिनेर कला र कलाकारिता गर्नुपर्ने बताए ।

उद्घाटन समारोहमा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘सामाजिक रूपान्तरण ललितकलाको अभियान’को मूल भावमा रही आयोजना गरिएको प्रदर्शनीले प्रदेशको ललितकलाका उत्थानमा थप सहयोग गर्ने विश्वास व्यक्त गरे  । उनले कला र कलाकारको धनी बाग्मती प्रदेशमा ललितकलाको खोज तथा अनुसन्धानका थप काम गर्नुपर्ने धारणा राखे । प्रतिष्ठानका उपकुलपति तथा बागमती प्रदेश समन्वय समितिका संयोजक लालकाजी लामाले कलाका क्षेत्रमा प्रादेशिक प्रदर्शनीले ललितकला क्षेत्रको पुनर्जागरण गराएको र अझै जरैसम्म पुगेर रैथाने कला र सीपलाई थप उजागर गराउनुपर्नेमा जोड दिए । 

Hardik health

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले प्रतिष्ठानको रणनीतिक योजनामुताबिक प्रादेशिक ललितकला प्रदर्शनी गरिएको र यसले हाम्रा मौलिक कला, शैली, शिल्प, ज्ञानलाई उत्थान तथा प्रवद्र्धन गर्न सहयोग गर्ने बताए । रैथाने सीप र कलाको पुस्तान्तरण हुनुपर्ने बताउँदै उनले कला र कलाकारको रचनात्मक सिर्जनशील विकासमा जोड दिए । ललितकला क्याम्पस (भोटाहिटी) का प्रमुख डा यामप्रसाद शर्माले यस प्रदर्शनीले उत्साह थपेको र कलाकारले विविध कलालाई विभिनन्न रूपमा देखाएको बताए ।

समारोहमा नेपाली ललितकला क्षेत्रमा योगदान दिनुभएका कलाकारहरू जुलुमलाल चित्रकार, भोला पौड्याल, शारदामान श्रेष्ठ, सुष्मा राजभण्डारी, सुनिता राणा, धर्मबहादुर तामाङ, सरिता डङ्गोललगायतलाई सम्मान गरिएको थियो ।  त्यस्तै कार्यक्रममा प्रतिष्ठानबाट प्रकाशित विज्ञसमीक्षित अनुसन्धानमूलक सोधपत्रिका ‘ललितकला प्रज्ञा’को समेत विमोचन गरिएको थियो । प्रदर्शनीमा बाग्मती प्रदेशका २०७ कलाकारका २३९ कलाकृति राखिएका छन् । 

चैत १ गतेसम्म चल्ने प्रदर्शनीको क्युरेटिङ प्रतिष्ठानका प्राज्ञसभा सदस्य सुन्दर सिंख्वालको संयोजनमा रजनी सिंख्वाल र सविना तामाङले गरेका हुन् । प्रदर्शनीको प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति कान्छाकुमार (केके) कर्माचार्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव कुश्मा महरा ‘प्रगति’, प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य, प्राज्ञसभा सदस्य, अग्रज कलाकार, संस्कृतिकर्मी, पत्रकार, राजनीतिक दलका प्रतिनिधि, कलाकारलगायतको उपस्थिति रहेको थियो । यसअघि प्रतिष्ठानले ६ वटा प्रदेशमा प्रादेशिक कला प्रदर्शनी सम्पन्न गरिसकेको छ । 


प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी
महाकाली सन्धिका तीन दशकः सिँचाइका लागि बगेन पानी बिहीबार, पुस १७, २०८२
भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण
भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण बिहीबार, पुस १७, २०८२
पुस २० गते  ‘धरान डे’
पुस २० गते ‘धरान डे’ बिहीबार, पुस १७, २०८२
जनश्रमदानबाट पञ्चकन्या मन्दिर पुनर्निर्माण
जनश्रमदानबाट पञ्चकन्या मन्दिर पुनर्निर्माण बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन
खोला किनारको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन बिहीबार, पुस १७, २०८२
भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण
भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP