Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • अमेरिकामा नेपाललाई 'साहसिक पर्यटन राजधानी' को रूपमा प्रस्तुत
अमेरिकामा नेपाललाई 'साहसिक पर्यटन राजधानी' को रूपमा प्रस्तुत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २६, २०८१

काठमाडौं - अमेरिकी बजारमा नेपालको साहसिक पर्यटन गन्तव्यवहरुको प्रचार तथा प्रबर्द्धन गरिएको छ । अमेरिकाको कोलोराडोस्थित डेन्वरमा भएको 'ट्राभल एण्ड एड्‌भेन्चर शो-२०२५' मा नेपाल पर्यटन बोर्डले नेपाललाई विश्‍वमै 'साहसिक पर्यटन राजधानी' को प्रस्तुत गरेको छ । 

यही मार्च ८-९ मा सम्पन्‍न  'ट्राभल एण्ड एड्‌भेन्चर शो-२०२५' मा नेपाल पर्यटन बोर्डले एक विशेष कार्यक्रमको आयोजना गर्दै नेपाललाई एक साहसिक र सुरक्षित पर्यटन गन्तव्यको रुपमा प्रस्तुत गरिएको हो । बोर्डका कार्यकारी समिति सदस्य ऋषिराम भण्डारी र बोर्डका कार्यकारी निर्देशकले नेपालको समृद्ध र विविध पर्यटकीय क्षेत्र र गतिविधिहरुको बारेमा जानकारी दिँदै अमेरिकी पर्यटन व्यवसायीहरुलाई नेपाल भ्रमणका लागि प्रोत्साहित गरेका छन् । 

सोही कार्यक्रमका बीच नेपाल पर्यटन बोर्डले कार्यक्रममा सहभागी पर्यटन व्यवसायीमध्येबाट लक्की ड्रमार्फत एक जनालाई सगरमाथा आधारशिविरसम्मको पदयात्रा नि:शुल्क गराउने भएको छ । उक्त लक्की ड्र अमेरिकी पर्यटन व्यवसायी उपला सेफर्टले जितेकी हुन् । उनले यही मार्चदेखि मेसम्ममा नेपाल भ्रमण गरिसक्नुपर्नेछ । नेपाल भ्रमणका क्रममा लाग्‍न खर्च बोर्डले व्यवहोर्ने भएको छ । 

Hardik health

यसले अमेरिकी बजारमा नेपालको पर्यटन प्रबर्द्धन र प्रचारका लागि थप मद्दत पुग्‍ने बोर्डको विश्वास छ ।  'ट्राभल एण्ड एड्‌भेन्चर शो-२०२५' आधिकारिक वेबसाइट अनुसार नेपाललाई साहसिक यात्राको राजधानीको रुपमा उल्लेख गरिएको छ । जसमा भनिएको छ, 'विश्‍वका ८ हजारभन्दा अग्ला १४ वटा शिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यसकारण पनि नेपाल 'पर्वतारोहीको लागि उत्कृष्ट' गन्तव्य हो । अद्भुत प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र समृद्ध सांस्कृतिक धरोहरले नेपाललाई साहसिक यात्रा गर्नेहरुका लागि अनुपम अनुभव प्रदान गर्दछ।' 

नेपाल पदयात्राबाहेक पर्वतारोहण, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, बन्जी जम्पिङ, जिप-लाइनिङ, जंगल सफारीजस्ता साहसिक पर्यटकीय गतिविधिहरुले पनि संसारमा चिनिएको उक्त वेबसाइटमा उल्लेख छ । कोरोना महामारीपछि नेपालमा पर्यटकहरु भित्र्याउनका लागि नेपाल पर्यटन बोर्डले संसारका विभिन्‍न मुलुकहरुमा पर्यटन प्रबर्द्धन, प्रचार र पर्यकीय गतिविधिहरुमा तीव्रता दिइरहेको छ। 'ट्राभल एण्ड एड्‌भेन्चर शो-२०२५' मा नेपालका ९ वटा निजि पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो । नेपालले आयोजना गरेको विशेष कार्यक्रममा ५५ वटा अमेरिकी टुर अपरेटर कम्पनीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 


प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान
वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान मंगलबार, चैत १०, २०८२
शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक
शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक मंगलबार, चैत १०, २०८२
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे
ताप्लेजुङका डाँडाकाँडा सेताम्मे आइतबार, चैत ८, २०८२
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु
खुल्ला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप  सुरु शुक्रबार, चैत ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो शुक्रबार, चैत ६, २०८२
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना
म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना बिहीबार, चैत ५, २०८२
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा बिहीबार, चैत ५, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP