Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #भोजपुर
  • #नारायणगढ–मुग्लिन सडक
  • #एनआरएनए_सहयाेग
Search Here
समाचार
  • Home
  • समाचार
  • राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २५, २०८१

काठमाडौं -  सांसदहरुले राजतन्त्र पक्षधरको नाराजुलुसदेखि दलितमाथिको विभेद, शिक्षक आन्दोलन, हवाई सुरक्षालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्  । 

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद उदयबहादुर बोहोराले केही समययता काठमाडौंलगायत मुलुकका केही सहरमा नाराजुलुस भइरहेको उल्लेख गर्दै लोकतन्त्रमाथि प्रहार भएकामा चिन्ता व्यक्त गरे।

उनले सरकार र राजनीतिक दलले कार्यशैली सच्याउन आवश्यक रहेको बताए । मुलुकबाट बेतिथिको अन्त्य, महङ्गी नियन्त्रण र सुशासन प्रवद्र्धनमा सरकार दृढतापूर्वक लाग्नुपर्नेमा उनको जोड थियो ।  सोही पार्टीका सांसद गोमादेवी तिमल्सिनाले लामो समयदेखि उदयपुर सिमेन्ट उद्योग नेतृत्वबिहीन भएको र कर्मचारीहरुले महिनौदेखि तलव नपाएको उल्लेख गरे  । उनले तत्काल  उद्योग  सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराए । 

Hardik health

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले दलितमाथिको विभेदका घटना बढिरहेको उल्लेख गर्दै ती घटनामा संलग्नहरु कानुनी दायरामा आउन माग गरे । उनले पीडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार समक्ष माग गरे । 

सांसद मदनकुमारी शाहले महिलालाई आत्मनिर्भर बनाउन र समृद्ध नेपाल निर्माणको अभियानमा लाग्न आग्रह गरे। सांसद राजेन्द्रलक्ष्मी गैरेले सामुदायिक विद्यालयमा पठाउने शिक्षक आन्दोलनमा रहेको उल्लेख गर्दै विगतमा भएका सम्झौता कार्यान्वयन हुन नसकेको बताए । उनले शिक्षकको माग सम्बोधन गर्न समेत माग गरे । 

नेपाली कांग्रेसका सांसद दुर्गाकुमारी गुरुङले बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बासिन्दा जङ्गली जनावरको आक्रमणको त्रासले सास्ती बेहोरिरहेको उल्लेख गर्दै निकुञ्ज क्षेत्रका बस्तीमा तारजालीको व्यवस्था गर्न माग गरिन् । कांग्रेसकै सांसद नारायणदत्त मिश्रले देशभरका शिक्षकहरु आन्दोलनमा रहेको भन्दै उनीहरुको मागलाई वार्ताको माध्यमबाट समाधान खोज्न सरकार समक्ष माग गरे  । उनले महिलाको हक अधिकार संरक्षण र यसको क्षेत्रको दायरा फराकिलो बनाउन सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिए । 

सांसद युवराज शर्माले संविधानको संरक्षण र कार्यान्वयनका लागि यसका पक्षधर राजनीतिक दलहरुबीच अधिकतम सहमति गरी मुलुकमा सुशासन प्रवद्र्धन र जनआकांक्षा पूरा गर्न प्रतिबद्धताका साथ लाग्नुपर्नेमा जोड दिए। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले मुलुकका केही स्थानमा भएका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । सोही पार्टीका सांस सुरेश आले मगरले महिला मुक्ति आन्दोेलनका लागि अझै सङ्घर्ष जरुरी रहेको बताए । उनले बागबजारदेखि मैतिदेवीसम्मको सडक दुईतर्फी बनाउन सरकारसमक्ष माग गरे  ।

जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले केही दिनअघि बुद्ध एयरको एउटा जहाज जनकपुरबाट पाङ्ग्रा बिना काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको विषयले हवाई सेवा र सुरक्षित यात्राबारे प्रश्न उठेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए । “यस्ता घटनाले पर्यटन क्षेत्रलाई समेत हतोत्साहित गर्छ । कुनै भौगोलिक विविधता र मौसमको प्रतिकूलता थिएन । सरोकारवालाले गम्भीरतापूर्वक अब यस्ता घटना सकेसम्म नदोहो¥याउने प्रतिबद्धता जनाउन जरुरी छ ।”


प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालाजु बाइपासमा बस दुर्घटना
बालाजु बाइपासमा बस दुर्घटना आइतबार, असोज ५, २०८२
बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना
बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना आइतबार, असोज ५, २०८२
बिपी राजमार्ग रातिको समयमा बन्द रहने 
बिपी राजमार्ग रातिको समयमा बन्द रहने  आइतबार, असोज ५, २०८२
देशका विभिन्न ठाउँमा सडक अवरुद्ध
देशका विभिन्न ठाउँमा सडक अवरुद्ध आइतबार, असोज ५, २०८२
डबली सर्किट रन–२०८२ सम्पन्न : सफल पुन र साङ्ग्रिला श्रेष्ठलाई स्वर्ण पदक
डबली सर्किट रन–२०८२ सम्पन्न : सफल पुन र साङ्ग्रिला श्रेष्ठलाई स्वर्ण पदक आइतबार, असोज ५, २०८२
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु आइतबार, असोज ५, २०८२
खै ! गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन्
खै ! गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन् आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP