Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
समाचार
  • Home
  • समाचार
  • पूर्वराजाको सुविधा खोस्न समाजवादी पार्टीकाे माग
पूर्वराजाको सुविधा खोस्न समाजवादी पार्टीकाे माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २५, २०८१

काठमाडौं - नेपाल संघीय समाजवादी पार्टीको पदाधिकारी बैठकले  पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजार (बरमहलमा) अध्यक्ष अन्सारीको सभापतित्वमा विभिन्र निर्णयहरू गरेकाे छ । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय सम्पन्न बैठकमा पूर्वराजाको हैसियतमा ज्ञानेन्द्र शाहलाई दिएका सबै सुविधा खोस्न माग राखेकाे हाे । 

बैठकको पहिलो प्रस्तावमा स्थानीय जनताको हित विपरीत निर्माण गर्न लागिरहेको केबलकारको विरोधमा सशक्त भएर विरोध गर्ने र रिंकु सदाको बलात्कार र हत्यामा न्यायको विषयमा पार्टी सशक्त भएर लाग्ने निर्णय पारित भएको हो ।

उक्त बैठकमा पार्टीको सबै नेताहरुले आफ्नो प्रतिवेदन पनि राखेका थिए । प्रतिवेदन राख्ने क्रममा पार्टीको अध्यक्ष अन्सारीले अहिलेको मूख्य राजनीतिक समस्या भनेको दलीय निरंकूशता हो सत्ता चलाइरहेको पार्टीहरुले राष्ट्रिय ढुकुटी रित्याउने मात्र नभएर विदेशी ऋण समेत डोल्याइ देशलाई रित्याइरहेको कुरा प्रष्ट पारे । 

Hardik health

साथै उनले वर्तमान राजनीतिक नेतृत्व राजनीतिक दलहरूको कारण अकर्मण्यताको कारणले देशमा प्रतिक्रियावादी शक्तिहरु सलबलाइरहेको आरोप लगाए । ‘अहिले राजा सक्रिय भएर मुलुकमा फेरि प्रतिगमन ल्याउने तर्फ र राजा आउ देश बचाउ भन्ने नारा लगाउन जनतालाई उक्साइरहेको स्थिति देखा परिरहेको छ,’ उनले भने, ‘सरकारले यसलाई अभिलम्ब पूर्व राजालाई पूर्व राजाको हैसियतमा दिएको सबै सुविधा कटौती गरी र कानुनी दायरामा ल्याउन यो बैठक माग गर्दछ ।’ 

यो समस्याबाट मुक्त हुन अब सम्पूर्ण शोषित, पीडित, उत्पीडित वर्गको राजनीतिक शक्तिहरू एक हुनुपर्ने आवश्यकता भएको जानकारी गराउँदै हाल ८ दलीय मोर्चा बनाई मोर्चाको प्रमुख जिम्मेवारी आफैले सम्भाली रहेको कुरा बताए ।मधेश प्रदेशकी सांसद विमला अन्सारीले शोषित पीडित उत्पीडित वर्ग र समुदायप्रति देशभरि जनजागरण अभियानको आवश्यकता भएकोले मधेश प्रदेशमा जनजागरण अभियान गरिरहेको र यो अभियान ७७ ओटै  जिल्लामा गर्ने कुरा बताइन् । 

पार्टीका महासचिव अनन्त राईले नेपाल संघीय समाजवादी पार्टी देशको राजनीतिक शक्तिको एउटै मात्र विकल्प रहेको कुरा बताए । देशमा भएको बेतिथि र जनताको हितका लागि सैद्धान्तिक र वैचारिक रूपमा अघि बढ्ने पार्टी भनेको नेपाल संघीय समाजवादी पार्टी मात्र रहेको कुराउनले प्रष्ट पार्दै यो वर्तमान राजनीतिक अन्योलबाट मुक्त हुन जस्तोसुकै भूमिका पनि निर्वाह गर्न तयार रहेको कुरा राखे । विगत देखि नै मुक्तिको लागी लड्दै आएको महासचिवले दुई पटक सैनिक गठनसम्म गरेको कुरा स्मरण गराए ।

 बैठकमा मधेश प्रदेशकी सांसद तथा पूर्वसूचना, संचार  तथा गृह मन्त्री विमला अन्सारी, महासचिव अनन्त क्रान्ति, उपाध्यक्ष सीमा खान, उपमहासचिव जनक कार्की, सचिव दिनेश पाख्रिन, वरिष्ठ नेता विजय डंगोल, रेणु डंगोल लगायत उपत्यकामा रहने सबै केन्द्रीयस्तरका नेताहरुको उपस्थिति थियो । बैठकको अन्त्यमा देशमा भएको सबै शोषित, उत्पीडित जनतालाई जनजागरण तथा संगठन विस्तार अभियानअन्तर्गत संगठित गरी भरपर्दो राजनीतिक विकल्प निर्माण गर्न पार्टी सशक्त रूपमा अघि बढ्ने निर्णय गर्दै बैठक समाप्त भएको थियो ।


प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो
निम्स दाइको शव बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध
बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध बुधबार, साउन २०, २०८३
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने बुधबार, साउन २०, २०८३
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन
ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन बुधबार, साउन २०, २०८३
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले
आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छः अर्थमन्त्री वाग्ले बुधबार, साउन २०, २०८३
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
नेपाल-कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड बुधबार, साउन २०, २०८३
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त
लगानी बोर्डको सिइओमा याङकी उक्याव नियुक्त बुधबार, साउन २०, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP