Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
समाचार
  • Home
  • समाचार
  • सोलुखुम्बुको फाप्लु विमानस्थलमा ‘रिफ्युलिङ सेन्टर’ स्थापनाको प्रक्रिया अघि बढ्यो
सोलुखुम्बुको फाप्लु विमानस्थलमा ‘रिफ्युलिङ सेन्टर’ स्थापनाको प्रक्रिया अघि बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २३, २०८१

सोलुखुम्बु - यहाँको फाप्लु विमानस्थलमा हवाई इन्धन ‘रिफ्युलिङ सेन्टर’ स्थापनाका लागि प्रक्रिया अघि बढाइएको छ । नेपाल आयल निगमको प्राविधिक टोली र सोलुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पासहितको टोलीले यसका लागि बिहीबार स्थलगत निरीक्षण गरेर आवश्यक प्रक्रिया अगाडि बढाएको छ । 

यहाँ ‘रिफ्युलिङ सेन्टर’ सञ्चालनमा आएमा लुक्ला विमानस्थल तथा काठमाडौँ उडान थप सहज हुने अपेक्षा गरिएको छ । सोलुदूधकुण्ड नगरपालिकाको पहलमा नेपाल आयल निगमसँग गरिएको अनुरोधपछि यो परियोजनाको कार्यान्वयन प्रक्रिया अघि बढेको नगरप्रमुख शेर्पाले जानकारी दिए । फाप्लुलाई हवाई उडानको प्रमुख केन्द्र बनाउने योजनाका साथ काठमाडौँ–फाप्लु तथा फाप्लु–लुक्ला सिधा उडानलाई सहज बनाउन ‘रिफ्युलिङ सेन्टर’ आवश्यक रहेको उनको भनाइ छ ।

“रिफ्युलिङ सेन्टर स्थापनापश्चात् यहाँको पर्यटन पवर्द्धनमा ठुलो टेवा पुग्ने छ, खुम्बुमा मौसम प्रतिकूल भएर हवाई उडान प्रभावित हुँदा पर्यटकहरू हप्तौँ कुर्र्नुपर्ने बाध्यता छ । फाप्लुमा यो सेन्टर स्थापना भएमा जहाजकै कारण त्यसरी पर्यटकहरु कुर्नुपर्ने बाध्यता हट्ने छ”, नगरप्रमुख शेर्पाले भने ।

हाल सञ्चालनमा रहेका जिल्लाका दुई विमानस्थलमध्ये लुक्लामा मौसम प्रतिकूल हुनेबित्तिकै सगरमाथा क्षेत्र जाने तथा फर्किने पर्यटकहरू हप्तौँ कुर्नुपर्ने बाध्यता रहेको छ । लुक्लाको मौसम छिनछिनमा परिवर्तन हुने भएकाले हवाई उडान प्रभावित भएर  पर्यटकहरुले सास्ती खेप्दै आएका छन् । फाप्लुबाट नियमित उडान भएमा पर्यटकहरू फाप्लु हुँदै सगरमाथा क्षेत्र जाने तथा काठमाडौँ फर्कन सहज हुने जनाइएको छ ।  

रक्षामन्त्री मानवीर राईले फाप्लु विमानस्थलमा हवाई इन्धन उपलब्ध गराउन सकिएमा सोलुखुम्बुको समग्र पर्यटन क्षेत्रलाई प्रत्यक्ष फाइदा पुग्ने बताए । उनले फाप्लुमा नियमित उडान नहुँदा आकस्मिक उद्धार तथा हवाई यात्रामा समस्या भइरहेकाले समस्या समाधानमा ध्यान दिनुपर्ने बताए ।


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
लोकतन्त्रमा सञ्चारको निकै ठूलो महत्वः गृहमन्त्री लेखक
लोकतन्त्रमा सञ्चारको निकै ठूलो महत्वः गृहमन्त्री लेखक बुधबार, वैशाख ३१, २०८२
यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान
यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान बुधबार, वैशाख ३१, २०८२
'विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ ’ : राउत
'विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ ’ : राउत बुधबार, वैशाख ३१, २०८२
जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण बुधबार, वैशाख ३१, २०८२
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेसन’का प्रमुखको भेट
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेसन’का प्रमुखको भेट बुधबार, वैशाख ३१, २०८२
मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत
मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत बुधबार, वैशाख ३१, २०८२
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP