Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #भोजपुर
  • #नारायणगढ–मुग्लिन सडक
  • #संविधान_दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसा बढेको छ’
‘मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसा बढेको छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, फागुन २४, २०८१

काठमाडौं -  माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसाको समस्या बढेको बताएकी छन्  । 

बुधबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजना गरिएको ‘महिला चलचित्र महोत्सव’ को समापन समारोहमा अध्यक्ष कोइरालाले काठमाडौं उपत्यकामा मनोरञ्जनका क्षेत्र भनिने पब, लाउञ्ज, डान्स क्लबलगायत काम गर्ने अधिकांश किशोरीको उमेर १८ वर्ष रहेको र त्यहाँ हुने हिंसाका गुनासा बढिरहेको बताइन् । 

उनले भनिन्, “नेपालबाट महिलाको बेचविखन गरेर विदेश लगिन्छ भनेर हामीले काम गरिरहेका छौँ । अहिले टोलटोलमा खुलेका डान्स क्लब, पब, लाउञ्जमा काम गर्ने केटीहरू साना उमेरका हुनुका साथै हिंसाको शिकार भइरहेका छन् । उनीहरू कुलतमा फस्ने गरेको गुनासो मैले सुनिरहेकी छु । यसमा हामीले ध्यान दिनु आवश्यक छ ।”

Hardik health

उनले आफूले यसका लागि काठमाडौँ महानगरपालिकासँगै अन्य सरोकारवाला निकायसँग छलफल गरे पनि परिणाम नदेखिएको बताइन् । महिला हिंसा रोक्ने र सचेतना बढाउने विषयलाई चलचित्रमा स्थान दिन चलचित्रकर्मीलाई उनले आग्रह गरिन्। 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महिला सशक्त भएर आफ्ना आवाज बुलन्द रुपमा उठाउनुपर्छ भन्ने लागेर नै ‘महिला चलचित्र महोत्सव’ को आयोजना गरिएको बताइन् ।  “हाम्रो उद्देश्य नै महिलाका समस्यामा छलफल होस् र त्यो विषयलाई चलचित्रका माध्यमले आम मानिससम्म पुर्याउन सकौँ भन्ने हो, विगत तीन दिनदेखि चलेको महोत्सवमा महिलाका विषयमा बनेका चलचित्र, महिलाले बनाएका चलचित्र र महिला केन्द्रित विषयमा अन्तरक्रिया गरेका छौँ । यसको सकारात्मक प्रभाव आगामी दिनमा उहाँहरूमा देखिन्छ भन्ने लागेको छ”, अध्यक्ष डिसीले भनिन् । 

त्यसअवसरमा ‘महिला चलचित्रकर्मी सम्मान’ द्वारा अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री रश्मी भट्ट, अभिनेत्री पशुपति राई, अभिनेत्री थिन्ले ल्हामो, शृङ्गारिक शोभा श्रेष्ठ (मेकअप आर्टिस्ट), कलाकार तथा निर्देशक सरिता शाह र पत्रकार गीता अधिकारीलाई प्रदान गरियो । पुरस्कारको राशी रु २५ हजार रहेको छ । 

कार्यक्रममा सङ्गीतकार शम्भुजित बाँस्कोटा, अभिनेत्री भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल, अभिनेता प्रदीप खड्का, निर्देशक दीपाश्री निरौलालगायत सहभागी हुन्। अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर गत फागुन २० गते मङ्गलबारदेखि सुरू भएको ‘महिला चलचित्र महोत्सव’ मा विभिन्न चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया गरिएको थियो । 


प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु आइतबार, असोज ५, २०८२
खै ! गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन्
खै ! गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन् आइतबार, असोज ५, २०८२
नारायणगढ सडकखण्ड खुलाउने प्रयास
नारायणगढ सडकखण्ड खुलाउने प्रयास आइतबार, असोज ५, २०८२
आइतबार सूर्यग्रहण
आइतबार सूर्यग्रहण आइतबार, असोज ५, २०८२
दोधारा चाँदनीमा जंगली हात्ती ,रातभर जाग्राम
दोधारा चाँदनीमा जंगली हात्ती ,रातभर जाग्राम आइतबार, असोज ५, २०८२
दसैंको मुखमा प्रमुख राजमार्ग अवरुद्ध, घर जाने यात्रु अलपत्र
दसैंको मुखमा प्रमुख राजमार्ग अवरुद्ध, घर जाने यात्रु अलपत्र आइतबार, असोज ५, २०८२
‘चोरी गरेका सामग्री तत्काल फिर्ता गर्नु’
‘चोरी गरेका सामग्री तत्काल फिर्ता गर्नु’ आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP