Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • कुलमानलाई तीन दिने स्पष्टीकरण सोध्ने
मन्त्रिपरिषद्को निर्णय कुलमानलाई तीन दिने स्पष्टीकरण सोध्ने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २२, २०८१
  • प्राधिकरणको प्रबन्ध निर्देशकबाट किन नहटाउने ? भन्दै तीन दिने स्पष्टीकरण सोध्ने निर्णय
  • स्पष्टीकरण सोध्ने जिम्मा ऊर्जामन्त्री दीपक खड्कालाई
  • खड्काले यसअघि पटक–पटक सोधिसके स्पष्टीकरण
  • कुलमानको कार्यसम्पादनलाई सरकारले शून्य नम्बर दिएको विषयले तातियो संसद्, यसबारे जवाफ दिन सरकारलाई रुलिङ

काठमाडौं– सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने भएको छ । बुधबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई ‘प्राधिकरणको प्रबन्ध निर्देशकबाट किन नहटाउने ?’ भन्दै तीन दिने स्पष्टीकरण सोध्ने भएको हो ।

मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोध्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई जिम्मेवारी दिएको सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ऊर्जामन्त्री दीपक खड्काले यसअघि कुलमानलाई पटक–पटक स्पष्टीकरण सोधिसकेका छन् । 

मन्त्रिपरिषद्ले नियुक्त गरेका कारण घिसिङले आफूलाई ऊर्जामन्त्रीले स्पष्टीकरण सोध्ने अधिकार नभएको बताउँदै आएका छन् । यसअघि कुलमानको कार्यसम्पादनलाई सरकारले शून्य नम्बर दिएको थियो । त्यसपछि असन्तुष्ट कुलमानले आफूलाई जनताले सतप्रतिशत नम्बर दिइसकेको बताएका थिए । कुलमानलाई शून्य नम्बर दिइएको विषयले बुधबारको सदनसमेत तातेको थियो ।

Hardik health

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यसबारेमा सभामुखमार्फत रुलिङ गर्नुपर्ने माग गरेका थिए । ‘विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निरन्तर स्पष्टीकरण सोध्ने र मूल्यांकनमा शून्य अंक आएको सुनेका छौं,’ पाण्डेले भने, ‘सरकारले उठाइरहेको विषयवस्तुलाई बेवास्ता गरेर जसले राम्रो काम गरेको छ, नाफामा लगेका छ, उसैलाई शून्य अंक दिइएको छ, यो के हो ?’

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यो विषय सदनमा उठाएका थिए । रास्वपा सांसद मनिष झाले सरकारले घिसिङलाई हटाए हजारौं कुलमान ल्याउने चेतावनी दिए । ‘कुलमान घिसिङजस्तो संस्थालाई फाइदामा पु¥याउनेहरूलाई मूल्यांकन शून्यमा गर्छौं । विभिन्न बहानामा कार्यकर्ता भर्ती गर्न पाइनँ भनेर निष्कासनको बहानाबाजी गरिरहेका छौं । प्रपञ्च सिर्जना गरिरहेका छौं,’ झाले भने, ‘खबरदार भन्न चाहन्छौं । एउटा कुलमान लखेट्यौ भने हजारौं कुलमान लिएर आउँछौं ।’

ऊर्जामन्त्री खड्काले भने समयमै कार्यसम्पादन नबुझाएकोले नम्बर नपाएको बताएका छन् । ‘विद्यार्थी जाँचमा उपस्थिति नहुँदा के हुन्छ ? यसमा पनि त्यही भएको हो । समयमै कार्यसम्पादन नबुझाएकाले अंक प्राप्त गर्न नसक्नुभएको हो,’ बुधबार तनहुँको डुम्रे पुगेर मन्त्री खड्काले भने । खड्काले कुलमानलाई हटाउन सरकारले कुनै चलखेल नगरेको दाबीसमेत गरे । ‘एउटा कर्मचारीलाई हटाउन सरकारले किन चलखेल गर्नुपर्छ र सरकारलाई आवश्यकता भएको बेला हटाउन सक्छ, आवश्यकताअनुसार कर्मचारी राख्न पनि सक्छ,’ उनले भने । 

यसअघि कुलमान र ऊर्जामन्त्री खड्काबीच डेडिकेटेड र ट्रंकलाइन विद्युत्को शुल्कबारे विवाद भएको थियो । उद्योगीहरुबाट जसरी भए पनि डेडिकेटेड र ट्रंकलाइन विद्युत्को बक्यौता उठाउने अडानमा कुलमान र उद्योग धराशायी भएको बेला तत्काल शुल्क लिन नहुने पक्षमा मन्त्री उभिँदै आएका छन् ।प्राधिकरणले गत माघ २७ गते बक्यौता विवादमा परेका उद्योगहरूको लाइन काट्ने विषयमा नियमन आयोगसँग सहमति माग्दै पत्र पठाएको थियो ।

ऊर्जा मन्त्रालयले मंसिर २ गते मन्त्रीस्तरीय निर्णयमार्फत टिओडी मिटर अध्ययन गर्न अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो । तर, तीन महिना बितिसक्दा पनि समितिले अध्ययन सुरु गर्न सकेको छैन । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले उक्त समितिलाई अवैधानिक भन्दै ‘नोट अफ डिसेन्ट’ नै लेखेका छन् । उनले समितिलाई आवश्यक तथ्यांकसमेत उपलब्ध नगराउने निर्णय गरेका थिए । डेडिकेटेड र ट्रंक लाइन महसुल नतिरेको भन्दै प्राधिकरणले गत कात्तिकमा उद्योगीको लाइन काटेको थियो ।
 


प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP