Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • मजदुर र किसानलाई प्राथमिकता दिँदै पार्टी सङ्गठन विस्तारमा अझै क्रियाशील हुन्छुः  नारायणमान बिजुक्छे
मजदुर र किसानलाई प्राथमिकता दिँदै पार्टी सङ्गठन विस्तारमा अझै क्रियाशील हुन्छुः  नारायणमान बिजुक्छे
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २१, २०८१
Hardik health

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पार्टीका नेता कार्यकर्ताले पार्टी सम्हाल्ने जिम्मेवारी पुनः आफूलाई दिएको बताएका छन्  । 

पार्टीका नवनिर्वाचित अध्यक्ष बिजुक्छेले राससका भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीसँग सङ्क्षिप्त कुराकानी गर्दै पार्टीको नीति तथा कार्यक्रमलाई देशभर लगी सङ्गठन विस्तार गर्न ध्यान केन्द्रित गर्ने बताए । उनले  मजदुर र किसानलाई प्राथमिकता दिँदै देश र जनताका पक्षमा अझै क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे  ।
 
अध्यक्ष बिजुक्छेले भने “साथीहरूले मलाई पार्टी सम्हाल्ने जिम्मेवारी पुनः दिनुभएको छ । नयाँनयाँ साथीलाई अरु ठाउँमा जिम्मेवारी दिने र तपाईं पार्टी सम्हाल्ने भनेर फेरि मलाई जिम्मेवारी दिए । विसं २०१४ देखि राजनीतिमा लागेँ । जहिलेसम्म सक्छु त्यतिबेलासम्म निःस्वार्थभावले देश र जनताका पक्षमा समर्पित भएर सेवा गर्नेछु ।”
 
संसदीय राजनीति त्याग गरे, पार्टी अध्यक्ष चाँहि फेरि किन भन्ने जिज्ञासामा उनले भने, “२५ वर्ष संसदीय राजनीति गरेँ, वीरक्तिएर आयो । संसद् गाली गर्ने थलोमा परिणत भयो, विज्ञता कम छ, मन्त्री हुनेहरुको दूरदृष्टि छैन, भ्रष्टाचार बढ्दो छ । पार्टीका नेताहरु नै सडकमा कार्यकर्तालाई टायर बाल्न लगाउँछन् । संसद् ऐन, नीति–नियम बनाउने थलो हो, कयाैँ वर्ष ऐन–नियम निर्माण अड्किन्छ, संसद् कोष बनाएर दुरुपयोग हुन्छ, अनि वीरक्त लागेर आउँछ ।”
     
पैसा बाँडेर गरिने राजनीतिले देशको भलो नहुने भन्दै उहाँले सबै नेताले गम्भीर भएर देश र जनताको हितको लागि निःस्वार्थ भावनाले काम गरे देश बन्न समय नलाग्ने बताए । नवनिर्वाचित अध्यक्ष बिजुक्छेले नेता भएर आफ्नो परिवार र नातागोताको भविष्य मात्र हेर्ने होइन, देश र जनताको भविष्य हेर्ने हो भन्दै देश बने जनता र परिवार पनि बन्दछ भन्ने सोचसहित काम गर्नुपर्नेमा जोड दिए।   
     
कुनै पनि गलत काम गर्नेलाई पार्टीमा राख्नै हुँदैन कारबाही गर्नुपर्छ भन्दै उनले नेमकिपाले यही नीति लिएको र सहकारी ठगीदेखि गलत काम गर्ने जो कोहीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे  । अपराधमा संलग्न भएकालाई राजनीतिमा ल्याउन नहुने बताउँदै उनले ख्वप विश्वविद्यालय स्वीकृत नगर्दा गरिब तथा जेहेन्दार विद्यार्थीहरू गुणस्तरसहितको उच्च शिक्षा र चिकित्सा शिक्षा पढ्नबाट वञ्चित हुनुपरेको भनी दुःख व्यक्त गरे ।

नेता बिजुक्छेले कम शुल्क लिई गुणस्तरीय शिक्षा प्रदान गर्ने सेवाभावका साथ प्रस्ताव गरिएको ख्वप विश्वविद्यालय देशकै लागि आवश्यक रहेको स्पष्ट गरे । उनले पहिलाभन्दा अझै गम्भीर र थप जिम्मेवारी बोधका साथ पार्टीलाई अगाडि बढाउने र देशभरि पार्टीको विचारलाई फैलाउन सोचका साथ केन्द्रीय नेतृत्व आफूले गर्ने र अरु जिम्मेवारी बाँडफाँट गरी अझै सक्रिय भएर देश र जनताका पक्षमा निःस्वार्थ रुपले सेवा गर्ने बताए ।
 
नेमकिपाका नवनिर्वाचित अध्यक्षले भने, “प्रदेशमा हामी त्यति सक्रिय थिएनौँ, अहिले प्रदेश समितिहरु व्यवस्थित रुपले काम गरिरहेका छन् । अब मधेस प्रदेशमा पनि सङ्गठन विस्तारको कामअघि बढ्छ र त्यहाँका जनतालाई राजनीतिक रुपले सचेत गर्दै पार्टीमा गोलबन्द गर्नेतर्फ ध्यान केन्द्रित गर्नेछौँ ।”
      
विदेशीलाई मात्रै दोष दिनुको सट्टा जिम्मेवार नेतृत्व पङ्क्ति सुध्रिनुपर्ने खाँचो औँल्याउँदै अध्यक्ष बिजुक्छेले योग्यताअनुसारको काम र कामअनुसारको ज्याला दिने गरी देशमा समाजवाद स्थापना गर्नु नै नेमकिपाको लक्ष्य भएको स्पष्ट गरे  ।
     
पार्टीको आठौँ महाधिवेशनले संस्थापक नेता बिजुक्छेको अध्यक्षतामा ३३ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गर्नुका साथै सातै प्रदेशमा प्रदेश कमिटी गठन गरेको छ । महाधिवेशनले १२ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको अध्यक्ष बिजुक्छेले जानकारी दिए । 


प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP