Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • आगामी आव २०८२/८३ मा कार्यान्वयन हुने आयोजनाको प्रस्ताव माग
आगामी आव २०८२/८३ मा कार्यान्वयन हुने आयोजनाको प्रस्ताव माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २१, २०८१

काँक्रेविहार-  कर्णाली प्रदेश सरकारले प्रदेश मतहतका जिल्लाका कार्यालयलाई पत्राचार गरेर आयोजनाको प्रस्ताव माग गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वन गर्नेगरी जिल्लास्थित कार्यालयमा प्रदेश सरकारका मन्त्रालयबाट आयोजनाको प्रस्ताव माग गरिएको हो ।

सबै मन्त्रालयबाट जिल्लास्थित कार्यालयमा पत्राचार गरी आयोजनाको प्रस्ताव माग गर्न सार्वजनिक सूचनामार्फत निर्देशन  दिइएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए । 

उनका अनुसार आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१ मा व्यवस्था भएबमोजिम आव २०८२/८३ मा कार्यान्वयनका लागि आगामी चैत १ गतेभित्र आयोजनाको विवरण पेस गर्न निर्देशन दिइएको छ । हालसम्म भएका काममा दोहोरो नपर्ने गरी कर्णाली प्रदेश आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया कार्यविधि, २०८१ अनुसूची १ को विषय क्षेत्रको आधारमा रही अनुसूची २ बमोजिमको ढाँचामा प्रस्ताव माग निर्देशन दिइएको उनकाे भनाइ छ ।

जिल्लास्थित कार्यालयमा संकलन भएका आयोजना सम्बन्धित मन्त्रालयमा आउने र मन्त्रालयले छनोट गरेर योजना बैंकमा पठाउने प्रक्रिया रहेको शाहले जानकारी दिए। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जिल्लास्थित कार्यालयमा पत्र लेख्दै सबै ठाउँबाट आयोजनाको मागअनुसारको विवरण पठाउन अनुरोध गरिएको उनले बताए ।  

Hardik health

प्रदेशसभाका सांसददेखि ७९ वटा स्थानीय तह, जिल्लास्थित कार्यालयलाई आयोजना पेस गर्न निर्देशन दिइएको छ । आयोजना निर्माण गर्दा सबै प्रक्रिया पूरा गरेर मात्र कार्यान्वयन गर्न यो पहलकदमी लिइएको प्रवक्ता शाहले बताए । प्रदेश सरकारले बनाएको योजना बैंकमार्फत आयोजनाको प्राथमिकीरण गरेर कार्यान्वयन गरिने उनले जानकारी दिए।

प्रवक्ता शाहका अनुसार प्रदेश सरकारले विकास निर्माणसम्बन्धी आयोजनालाई व्यवस्थित गर्न ‘आयोजना बैंक’ को अवधारणा अघि सारेर काम गरिरहेको छ । आगामी आव २०८२/८३ मा सञ्चालन हुने आयोजना उक्त बैंकमा समावेश भएर मात्र कार्यान्वयनमा जाने प्रदेश सरकारले जनाएको छ । कर्णाली सरकारले बैंक निर्माण गरी लगानी सम्मेलन गर्ने जनाएको छ । 

यसअघि चारपटक लगानी सम्मेलनको मिति तय भए पनि कर्णालीमा अहिलेसम्म सम्मेलन हुन सकेको छैन । बैंकका लागि ‘आयोजना बैंक व्यवस्थापन कार्यविधि–२०८१’ निर्माण भएको प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले जानकारी दिए। उनका अनुसार अहिले ‘आयोजना बैंक’बारे विभिन्न मन्त्रालय, निर्देशनाय र कार्यालयसँग छलफल भइरहेको छ ।

“बैंकमा प्रदेश महत्वका विभिन्न आयोजनालाई प्राथमिकरण गरेर राखिनेछ”, उनले भन्नुभयो, “यसले चोरबाटोबाट आवश्यक विधिहरू मिच्दै आउने योजनालाई निरुत्साहित गर्छ, योजनासँग सम्बन्धित सबै तथ्यांक र विवरण बैंकमा राखेपछि त्यसको कार्यान्वयन गर्न र प्रगतिबारे बुझ्न सहज हुन्छ ।” उनले यसले आयोजनामा हुने दोहोरोपना हट्ने र आयोजनाको लागि बजेट विनियोजनलाई चुस्त बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे  ।

दोस्रो पञ्चवर्षीय योजनाले अवलम्बन गरेका नीतिहरू समावेश गरी दिगो विकास लक्ष्य हासिल गर्न ‘आयोजना बैंक’ महत्त्वपूर्ण मानिएको कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौडयालले बताए । उहाँका अनुसार आयोजना बैंक निर्माणका लागि चालु आवको नीति तथा कार्यक्रममा समावेश गरिएको थियो भने प्रथम पञ्चवर्षीय योजनाको समीक्षालेसमेत औँल्याइएको थियो । 

 प्रदेश योजना आयोगको मातहतमा रही मन्त्रालयहरूले विकास योजना कार्यान्वयन गर्ने प्रदेश सरकारका प्रमुख सचिव पौडयालल जानकारी दिए। “पहुँचका आधारमा औचित्यहीन योजनामा हुने बजेट विनियोजन रोक्न पनि यो अवधारणा जरुरी छ”, उनले भने, “यसले विकास योजनाको कार्यान्वयन छिटो हुने, एकद्धार प्रणालीबाट त्यसको अनुगमन र मूल्यांकन गर्न सहयोग पुग्छ ।” विकास योजनामा लगानीको वातावरणलाई प्रोत्साहित गर्न पनि बैंकको अवधरणा प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । 

आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले योजना छनोटलाई व्यवस्थित, वैज्ञानिक र प्रतिफलमुखी बनाउन आयोजना बैंक प्रभावकारी हुने बताए । आयोजना बैंकले पञ्चवर्षीय योजनाको व्यवस्थित कार्यान्वयनमा सहयोग पुर्याइ आवश्यक लक्ष्य समयमा हासिल गर्न भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । 

“अब मन्त्री, सांसद र कर्मचारीहरूले आफूखुसी योजना हाल्न पाउने छैनन्, यसमा विभिन्न सूचकमार्फत विकास योजनाको आवश्यकताको पहिचान गरी त्यसको प्राथमिकीकरण गरिनेछ र त्यसैका आधारमा कार्यान्वयनको चरणमा लगिनेछ”, उनले भने, “यसले प्रदेशको तीव्र आर्थिक वृद्धिमा सहयोग पु¥याउन, दिगो विकासको आधार तयार गर्न र जनसहभागिताको सुनिश्चितता गर्न सहयोग पुग्नेछ ।”      


प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP