Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • ट्रम्पकोे सान, जेलेन्स्कीमाथि अपमान !
ट्रम्पकोे सान, जेलेन्स्कीमाथि अपमान !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, फागुन २०, २०८१

पूर्वीय विचारधारा बोक्नेहरुले पाहुना देवतासरह मान्छन् । अझ नेपाली संस्कृतिअनुसार सधैंभरि अतिथि अर्थात् पाहुना देवता समान नै हुन्छन् । उपनिषद्मा मातृ देवो भवः, पितृ देवो भवः, आचार्य देवो भवः, अतिथि देवो भवः यसको मतलव माता, पिता, गुरुपछि अतिथिलाई देवता समान मानेको छ ।

दक्षिण एसियाको शक्तिशाली देश मानिएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पटक–पटक अतिथिहरु जस्तोसुकै होउन्, भगवान्सरह हुन् भन्ने भाषण गर्ने गरेको डाँडाघरे ठूलबाले सुनाउँदै थिए । त्यसैबेला ‘अम्रिका’को सेतो दरबारमा भने विश्वशक्तिको उन्मादमा रहेका राष्ट्रपति डोनाल्ड ट्रम्प र युद्धमा पिल्सिएको युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीको भेटको प्रत्यक्ष प्रसारण सञ्चारमाध्यमहरुमा आइरहेको थियो ।

डाँडाघरे ठूलबा पनि त्यही हेर्दै दंग पर्दै ठूलाघरे कान्छालाई देखाउँदै थिए । ल हेर, देखिस् त ! अब भने त्यो युक्रेनमा पनि शान्ति हुने भो । ठूलो देश भनेको ठूलो नै हो नि । अप्ठेरोमा परेका बेला बोलाएर सहयोग गर्दै छ ।डाँडाघरे ठूलबा, जेठो छोरोले बाइरोडको बाटो हुँदै, दिल्ली पुगेर मेक्सिकोको जंगलबाट अम्रिका पुगेको तीन वर्षपछि पठाइदिएको आइफोनको स्क्रिनमा ट्रम्पले जेलेन्स्कीलाई सेतो घरको मूलढोका पुगेरै स्वागत गरेको दृश्य हेर्दै थिए । ट्रम्पले जेलेन्स्कीलाई साहसी व्यक्ति भन्दै धाप मारेको कान्छालाई देखाउँदै– देखिस् त ? कति महान् छन् यी ट्रम्प ! भन्दै थिए ।

‘सायद अम्रिकाको इतिहासमा यस्तो भेटको प्रत्यक्ष प्रसारण गरेको पहिलोपटक नै होला,’ कान्छालाई ठूलबा भन्दै थिए, ‘हाम्रो देशको काठमाडौंको मेयर बालेनको सिको गरे छ ट्रम्पले ! राम्रा कुरा त साना देशबाट पनि सिक्दा हुन्छ हैन त कान्छा ?’ बूढा हाँस्दै थिए ।सानो झुपडीमा बस्ने मान्छे तर नाम भने ठूलाघरे कान्छो । कान्छाको मन ठूलो थियो । त्यही भएर पनि होला सबैले ठूलाघरे कान्छा भन्थे । धन नभए पनि गाउँमा अलि बाठो नै थिए कान्छा । ठूलबाको आइफोनको ‘स्क्रिन’ मा दुई देशका राष्ट्रपति वार्तालाप गर्दै गरेको दृश्य नियालिरहेका थिए दुवै जनाले । सुरुमा दुवैका अनुहारमा चमक थियो । दुवैले साहसी काम गरेर सफल बनेपश्चात् भेटघाट गरिरहेको जस्तो भान हुन्थ्यो ।

Hardik health

दुवैले सँगसँगै आ–आफ्ना शक्तिशाली व्यक्ति राखेका थिए । वरपर नारदमुनिहरु क्यामरा तेस्र्याएर विश्वभर देखाइरहेका थिए । त्यही हेरिरहेका थिए ठूलबा र कान्छा । सुरुमा जुन सत्कार र अनुहारमा चमक थियो । क्रमशः दुवै जोसिँदै थिए । जब ट्रम्पका शक्तिशाली सहायकले जेलेन्स्कीलाई अलि होच्याउने प्रयास गरे । त्यसपछि सुरु भयो पाहुनामाथिका अपमान । केही मिनेट अघिसम्म सेतो दरबारको मूल ढोकामा स्वागत गर्दा साहसी व्यक्तिका रुपमा मानिएका जेलेन्स्की एक मिनेटमा नै मूर्खका रुपमा परिभाषित भएपछि पारो त तात्ने नै भयो नि । सानो देशको होस् या ठूलो देशको राजा त राजा नै हो नि ? राष्ट्रपति त राष्ट्रपति नै हो नि ! शक्तिको दम्भमा रहेका व्यापारी मनस्थितिका ट्रम्पले जेलेन्स्कीलाई जसरी अपमान गर्ने प्रयास गरे, जेलेन्स्कीले भने एक झट्का दिए– म पनि राष्ट्रपति हुँ ख्याल गर्नोस् ।

ट्रम्पलाई सुली हाल्दै थिए उनका उपराष्ट्रपति । समस्यालाई समाधान गर्नुको सट्टा आगोमा घिउ थप्दै थिए– ‘त्यस्तो युद्धमा हामीले सहयोग गरेका थियौं । तिमीले राष्ट्रपतिलाई धन्यवादसमेत भनेनौं । लाज लाग्दैन तिमीलाई ?’ युवा जोस जाँगर युद्धको रणभूमिबाट पाहुनाका रुपमा आएका जेलेन्स्की के कम थिए र ? ‘धन्यवाद पटक–पटक दिएको छु । सम्बन्धलाई व्यापारिक दृष्टिकोणले स्वार्थ बोकेर किमार्थ गरिन्न । म मेरो राष्ट्र र जनतालाई झुक्नेगरी कुनै पनि सम्झौता गर्दिनँ,’ जेलेन्स्कीले जवाफ दिए । मिल्ने भए सायद ट्रम्पमाथि हात उठाउन सक्थे । 

शक्तिको उन्माद् चढेपछि अनि गलत सल्लाहकारको भुमरीमा फसेपछि के हुन्छ भन्ने कुरा ट्रम्पले विचार गरे कि गरेनन् । तर दुनियाँले युद्धमा लड्दालड्दै शिथिल भएको जेलेन्स्कीको स्वाभिमानलाई भने सलाम गर्दै थिए । छोराले अमेरिकाबाट पठाएको आइफोनमा दृश्य हेरिरहेका ठूलबालाई पनि रिसको पारो उठेछ कि क्या हो ! कान्छालाई भन्दै थिए– ‘हैन कस्तो स्याल रै’छ हो यो ट्रम्प, अघिसम्म बहादुर भन्ने अहिले आफ्नो स्वार्थ नमिलेपछि मूर्ख बनाएर अपमान गर्ने ?’

ठूलबाको कुरा सुनेर कान्छोले भन्यो, ‘हो नि ठूलबा । शक्ति, सत्ता सधैं कहाँ एकनासको हुन्छ र ? सबै आ–आफ्नो मान, स्वाभिमानमा बाँचेका छन् नि । त्यो ठूलो र शक्तिशाली छ भन्दैमा झुक्नैपर्छ । लम्पसार पर्नैपर्छ भन्ने छ र ? युद्धमा गलेको भए पनि राष्ट्रिय स्वाभिमान र प्रतिष्ठाका लागि चोर औंला देखाउने सान त जेलेन्स्कीमा देखियो त ! राष्ट्र र जनताका लागि यत्तिको नेतृत्व भयो भने देश कहिल्यै मर्दैन ठूलबा ।’

‘कुरो ठीक गरिस् कान्छा । अघिसम्म त्यो ट्रम्पले जेलेन्स्कीलाई स्वागत गर्न गएको देखेर यसको छाती ठूलै रैछ । मन पनि ठूलै रैछ । सानै देशको भए पनि पाहुनालाई कति सम्मान गरेको भन्ने लागेको थियो । तर आफ्नो स्वार्थका लागि पो प्रयोग गर्न खोजेको रहेछ हेर त ?,’ ठूलबा कान्छालाई भन्दै थिए ।‘उसलाई मन लागे ठीक मन नलागे बेठिक हुन्छ ? पद भनेको पद हो नि ! राष्ट्रपति त राष्ट्रपति नै हो नि, ठूलो देशको होस् कि सानो देशको,’ कान्छो डाँडाघरे ठूलबालाई भन्दै थिए, ‘जबसम्म नेतृत्वमा बस्ने मान्छे राष्ट्र र जनताका लागि काम गर्छ नि त्यो नेतृत्व कहिल्यै पनि झुक्नु पर्दैन । विश्वलाई जेलेन्स्कीले देखाइदिए त !’

‘त्यो त हो कान्छा, तर के गर्नु हाम्रा देशका नेता कहिले उत्तर, कहिले दक्षिण गरेर लम्पसार पर्छन् । यसरी शिर ठाडो गरेर राष्ट्रियताको सवालमा खै र बोलेको ? देश कहाँबाट चलेको छ ? कसले चलाएको छ ? सबैलाई पद र शक्तिमात्र चाहिएको छ,’ ठूलबाले भने ।‘त्यो त हो ठूलबा । जेलेन्स्कीलाई पनि त उसबेला युद्ध सुरु हुँदा अम्रिकाले ‘हामी छौं साथमा’ भन्दै उचालेको थियो त । त्यसबेला परिचालित त भएकै हो नि । खनिज खानी खानलाई पो सहयोग गरेको जस्तो गरेको रैछ । कुरो त अहिले छर्लंग भयो नि । हो हाम्रो देशमा लगानी गर्नेहरु पनि त्यस्तै हुन् । विनास्वार्थ गरेकै छैनन् । नेताहरु बेलैमा चेतेनन् भने ठूलो दुर्भाग्य हुन्छ,’ कान्छो भन्दै थिए । 

ठूलबाले पनि कान्छालाई आइफोनको स्क्रिन देखाउँदै भने, ‘एऽ कान्छा हेर हेर, ल... यो जेलेन्स्की त निस्कियो त ! पानीसमेत नपिएर ट्रम्पलाई चोर औंला ठड्याउँदै हिँड्यो त ?’‘हिँड्छ नि त ठूलबा । आफ्नो आत्मसम्मानमा ठेस लाग्नेगरी कसैले अपमान गर्न खोज्छ भने त्योसँग किन बस्ने ? शक्तिको शासन देखाएर मात्र हुन्छ ? सल्लाहकार अगतिला हुँदा ट्रम्पले आफ्नै सेतो दरबारभित्र पाहुनालाई अपमान गर्दा आफैं अपमान हुनु परेन । सिंह भनेको सिंह नै हो सानो जंगलको होस् कि घनाजंगलको होस् । शक्तिको देखाउँदै ट्रम्पले सान आफैंमाथि भएन त अपमान !,’ कान्छो ठूलबालाई सम्झाउन थाल्यो ।
 


प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP