Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
समाचार
  • Home
  • समाचार
  • क्षेत्री समाज राष्ट्रिय महासंघको २२ औं साधारणसभामा विभिन्न ब्यक्तित्व सम्मानित
क्षेत्री समाज राष्ट्रिय महासंघको २२ औं साधारणसभामा विभिन्न ब्यक्तित्व सम्मानित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १८, २०८१
RBB RBB

काठमाडौं- क्षेत्री समाज राष्ट्रिय महासंघले २२ औं साधारण सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरेको छ । न्याय परिषद्का सदस्य दामोदर खड्काको प्रमुख अतिथ्यतामा शनिबार सम्पन्न साधारणसभामा समाजले प्रमुख अतिथि खड्का, नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका नवनिर्वाचित सह सचिव ईशा अधिकारी क्षेत्री लगायत अन्य विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरेको हो ।

समाजले न्यायको क्षेत्रमा संलग्न भई पिडितलाई न्याय दिलाउन मुख्य भूमिका खेलेको सन्दर्भ त्यसैगरी लामो समय खोजमुलक पत्रकारिताको क्षेत्रमा कलम चलाउने, ओमकार हिन्दू संस्कृतिलाई जर्गेना गर्ने,हिन्दू धर्म प्रवद्र्धनमा मुख्य भूमिका खेल्नेहरुलाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको थियो। 

समाजको कार्यक्रममा विभिन्न बौद्धिक व्यक्तित्वहरु डा. सुरेन्द्र केसी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,वाचन सिरोमणी दिनबन्धु पोखरेल वरिष्ठ पत्रकार ऋषि धमला, पूर्व माननीयहरु पूर्व राष्ट्र सेवकहरुको बाक्लो उपस्थिती रहेको थियो । करिब ३५ वटा विभिन्न समाज संगठनले बनेको महासंघमा ७७ जनाको केन्द्रीय समिति तथा ९ जनाको सल्लाहकार समिति रहेको कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।

विशेषगरी समाजले क्षेत्री समुदायलाई राज्यको मूलधारमा ल्याएर उनीहरुको हकअधिकार सुनिश्चित गर्ने अभियानमा आफूलाई तल्लिन गराउदै आएको कुरा समाजका पदाधिकारीले बताए । राज्यबाट क्षेत्री समुदाय सधै बेवास्तामा परेको राज्यले जातीय आधारमा आरक्षण लागू गरी पछाडी परेका पारिएका वर्गलाई अन्यायमा पारेको हुँदा समाजले यी सवालमा आवाज बुलन्द गर्दै आएको कुरा पनि वक्ताहरुले बताए । 

सभामा शुभकामना मन्तव्य राख्दै विभिन्न वक्ताहरुले जातीय मुद्धा भन्दा पनि वर्गीय मुद्धालाई उठाई सबै वर्ग एउटै मालामा गोलवद्ध भएर राज्यलाई दवाव दिनुपर्नेमा जोड दिए । वक्ताहरुले सनातन हिन्दु अधिराज्य स्थापना गरी धर्म निरपेक्षता खारेज गर्नुपर्ने आवाज उठाउनु पर्नेमा एकमत हुनुपर्ने कुरा पनि बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यायपरिषद्का माननीय सदस्य दामोदर खड्काले आफूलाई सम्मान गरेकोमा समाजलाई हार्दिक धन्यवाद दिदै न्यायपालिकाको नियुक्तीको प्रक्रियामा पारदर्शीता कायम गर्न आफूले जोडदार भूमिका खेल्ने कुरा पनि बताए । 

कार्यक्रममा समाजका महासचिव बहादुर सिं बिष्टले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षले आर्थिक प्रतिवेदनसहित आगामी कार्यक्रमको खाकासमेत कार्यक्रममा प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष विष्णु बहादुर खड्काले सबैलाई धन्यवाद दिदै क्षेत्री समुदायको अधिकारका लागि सधै आफू अग्रपंक्तिमा रहने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिए ।


प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
तारकेश्वरमा सम्पन्न भयाे  लागूऔषध दुर्व्यसनरहित घर अभियान
तारकेश्वरमा सम्पन्न भयाे लागूऔषध दुर्व्यसनरहित घर अभियान बिहीबार, जेठ १, २०८२
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस बिहीबार, जेठ १, २०८२
प्रधानमन्त्रीसँग चिनियाँ जनकंग्रेसका उपाध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग चिनियाँ जनकंग्रेसका उपाध्यक्षको शिष्टाचार भेट बिहीबार, जेठ १, २०८२
 प्रतिनिधिसभामा दुई वटा संसदीय समितिका प्रतिवेदन पेस
 प्रतिनिधिसभामा दुई वटा संसदीय समितिका प्रतिवेदन पेस बिहीबार, जेठ १, २०८२
पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए
पाकिस्तान र इरानबाट पाँच दिनमा करिब १६ हजार अफगान शरणार्थी स्वदेश फर्किए बिहीबार, जेठ १, २०८२
अत्यधिक गर्मीका कारण पठनपाठन बिहान
अत्यधिक गर्मीका कारण पठनपाठन बिहान बिहीबार, जेठ १, २०८२
महिला हिंसा न्यूनीकरणका लागि ‘पुरुष सञ्जाल’
महिला हिंसा न्यूनीकरणका लागि ‘पुरुष सञ्जाल’ बिहीबार, जेठ १, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP