Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • नीति निर्माण तहमा दलित महिलाको प्रतिनिधित्व न्यून
नीति निर्माण तहमा दलित महिलाको प्रतिनिधित्व न्यून
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १६, २०८१

काठमाडौं - राज्यको नीति निर्माण तहमा दलित महिलाको न्यून सहभागिता रहेको देखिएको छ । आर्थिक, सामाजिक र राजनीतिक रूपमा पछाडि परेका दलित महिलाले विगत आठ दशकदेखि सङ्घर्ष गरे पनि कार्यपालिका (सरकार) व्यवस्थासपका (संसद्) र न्यायपालिका (अदालत)मा दलित महिलाको सहभागिता अत्यन्त न्यून देखिएको छ । दोहोरो विभेदको सिकार बन्दै आएका दलित महिलाले विसं २००३ देखि अधिकारका निम्ति निरन्तर सङ्घर्ष गर्दै आएका छन् । करिब छ दशकपछि मात्रै विसं २०६३ मा पहिलोपटक अन्तरिम व्यवस्थापिका संसद्मा छ जना दलित महिला सांसद भएका थिए । 

त्यसपछि संविधानसभा २०६४ मा २५ जना दलित महिला सांसद भएका थिए । त्यसैगरी २०७० सालको संविधानसभामा आइपुग्दा त्यो घटेर २२ भयो । त्यसैगरी २०७४ सालको प्रतिनिधिसभामा त्यो सङ्ख्या अझै घटेर १४ मा आइपुग्यो । अहिलेको प्रतिनिधिसभामा आठ जनामात्र दलित महिलाको प्रतिनिधित्व छ । दलित, महिला, मधेसीलगायत उत्पीडित समुदायको निम्ति भनेर समानुपातिक व्यवस्था गरिए पनि आर्थिक रूपमा सम्पन्न र राजनीतिक पहुँच भएको व्यक्ति समानुपातिक कोटामा बस्दा संसद्मा दलित महिलाको प्रतिनिधित्व झन्झन् घट्दै गएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की उपाध्यक्ष दुर्गा सोवको भनाइ छ । राष्ट्रियसभामा दलित महिलाको प्रतिनिधित्व शून्य छ ।

प्रदेशसभातर्फ सात प्रदेशबाट हेर्दा २०७४ सालमा २४ दलित महिला प्रदेश सांसद भएका थिए । प्रदेशसभा २०७९ मा २७ जना दलित महिला सांसद बनेका छन् । सङ्घीय सरकारमा अहिलेसम्म दलित महिला क्याबिनेट मन्त्री बन्न पाएका छैनन् । सरकारमा दलित महिलाको सहभागिता हेर्दा २०६६ सालमा पहिलोपटक कलावती पासवान भौतिक पूर्वाधार तथा निर्माण सहायकमन्त्री बनेकी  थिइन्  । त्यसपछि २०६८ सालमा रजनी राम (राज्यमन्त्री), धनमाया विक (राज्यमन्त्री), विमला विक (राज्यमन्त्री), आशा विक (राज्यमन्त्री), सुशीला श्रीपाली ठकुरी (राज्यमन्त्री) र रूपा विक (राज्यमन्त्री)बेनेका  थिए  ।

Hardik health

प्रदेश सरकारतर्फ हेर्दा पहिलोपटक २०७८ सालमा सीता नेपाली आन्तरिक मामिला तथा कानुनमन्त्री बनेकी थिइन् । त्यसैगरी, २०७९ सालमा सीताकुमारी सुन्दास आर्थिक मामिलामन्त्री बन्नुभएको थियो । अहिलेसम्म चार जना दलित महिला प्रदेश राज्यमन्त्री बनेकी थिइन् । विसं २०७४ को स्थानीय तहमा दलित महिला उपप्रमुख वा उपाध्यक्षमै सीमिति हुनुपर्यो । त्यस समयमा २१ जना महिला उपप्रमुख वा उपाध्यक्ष बनेका छन् । तर २०७९ मा पुग्दा त्यो सङ्ख्या घटेर १२ मा पुगेको छ । जिल्ला समन्वय समितिमा २०७९ मा पाँच जना दलित महिला उपप्रमुख बनेका छन्भने ८९ जना दलित महिला सदस्य भएका थिए ।

त्यसैगरी, सोही साल छ हजार छ सय ३० जना दलित महिला वडा सदस्य भएका थिए । विसं २०७९ मा १३ जना दलित महिला पालिका प्रमुखमा निर्वाचित भएका थिए । बाह्र जना गाउँपालिका अध्यक्ष बनेका छन् । दुई सय २९ जना पालिका उपप्रमुख भएका छन् । तीन सय ३५ जना उपाध्यक्ष भएका छन् । उनान्सत्तरी जना महिला वडाध्यक्ष भएका छन् । छ हजार पाँच सय ९४ दलित महिला वडा सदस्य भएका छन् ।

राजनीतिक पार्टीमा दलित महिलाको सहभागिता हेर्ने होभने नेपाली कांगे्रसमा चार, नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा पाँच, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा १८, राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बाट छ जना केन्द्रीय कार्यसमितिमा हुनुहुन्छ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) एक जनामात्र केन्द्रीय पदाधिकारी (दुर्गा सोव) हुनुहुन्छ । सभासद् लक्ष्मी परियारले दलित समुदायभित्र पनि दोहोरो विभेदमा परेका दलित महिला नै सबैभन्दा बढी विभेद र विभेदको सिकार हुनुपरेको बताइन्  । 

ओरेक नेपालले गरेको एक अध्ययनअनुसार पछिल्लो समयमा मुलुकभित्र बढ्दै गएको बलात्कारका घटनामा देशको कुल जनसङ्ख्याको सात प्रतिशत दलित महिला नै सिकार हुने गरेको देखाएको छ । बलात्कार गर्नेमा गैरदलित बढी रहेको अध्ययन देखाएको छ । निजामतीतर्फ दलित समुदायको प्रतिनिधित्व दुई दशमलव आठ प्रतिशत छ । त्यसमा पनि दलित महिलाको प्रतिनिधित्व अत्यन्त कमजोर छ । निजामती ऐन बनाएरै प्रशासन संयन्त्र व्यवस्थित गर्न थालिएको ६६ वर्षपछि दलित महिलाबाट सीता परियार हुम्लाको प्रमुख जिल्ला अधिकारी बन्नुभएको थियो । विसं २०७८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्याको करिब १४ प्रतिशत दलित छन् । समग्रमा कानुनी क्षेत्र (न्यायपालिका)मा पनि दलित महिलाको सहभागिता अत्यन्तै कमजोर छ ।

सङ्घ, प्रदेश र स्थानीय तहका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका, संवैधानिक निकाय, प्रतिष्ठान, संस्थान, विभाग, आयोग, प्राधिकरण, निगम, समितिलगायत संरचनामा दलित दलितको सहभागिता अत्यन्त कमजोर देखिन्छ । नेपाल दलित महिला उत्थान सङ्घकी अध्यक्ष विन्दु परियारले राज्यका नीति निर्माण तहमा दलित महिलाको सहभागिता बढाउन राज्यले नीति नै बनाएर व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभयो । संविधानको प्रस्तावना, धारा २४ र ४० को ऐन बनाएर कार्यान्वयन नभएका कारण पनि दलित महिलाको प्रतिनिधित्व घट्दै गएको उनको तर्क छ ।


प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP