Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • एनएमएकाे तालिमलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त
नेपाल पर्वतारोहण संघ एनएमएकाे तालिमलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन १६, २०८१

काठमाडौं – नेपाल पर्वतारोहण संघ (एनएमए) ले आफ्नो एक तालिमलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएको तथा व्यावसायिक पर्वत गाइड (पीएमजी) र व्यावसायिक पर्वत नेता (पीएमएल) का लागि नयाँ पाठ्यक्रम सुरु गरेको घोषणा गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले हिजाे नागपोखरी, नक्सालस्थित अराण्य बुटिक होटलमा आयोजित कार्यक्रममा एनएमएको तालिमलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान भएको तथा पीएमजी र पीएमएलका लागि नयाँ पाठ्यक्रम सुरु भएको औपचारिक घोषणा गरेका हुन् ।

नेपालमा सन् १९७८ देखि व्यावसायिक पर्वत गाइड सम्बन्धी तालिम सञ्चालन गर्दै आएको एनएमए पर्वतारोहण तथा उद्धारसम्बन्धी सरकारी प्राविधिक निकायका रूपमा कार्यरत छ। सन् २०११ देखि एनएमएले पर्वत नेता तालिम सञ्चालन गर्दै आएको थियो।

यसै वर्षदेखि, युनियन अफ इन्टरनेशनल माउन्टेन लिडर एसोसिएसन्स (UIMLA) ले एनएमएको पर्वत नेता तालिमलाई प्रमाणित गरेको छ। २०२४ नोभेम्बर २ मा उत्तर म्यासेडोनियामा सम्पन्न वार्षिक महासभाले उक्त तालिमलाई प्रमाणित गर्ने निर्णय गरेको थियो।

Hardik health

एनएमएको वर्तमान कार्यसमितिको दूरदर्शी सोचअनुसार, संघले पर्वतारोहणसम्बन्धी तालिमलाई नयाँ स्तरमा पुर्याएको छ। संघले आर्थिक तथा प्राविधिक सहयोगका साथ १६९६ घण्टा अवधि रहेको पीएमजी र पीएमएलका लागि पाठ्यक्रम विकास गरेको छ, जसलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) ले स्वीकृति प्रदान गरेको छ।

एनएमएले १६९६ घण्टे व्यावसायिक पर्वत नेता तालिम तथा व्यावसायिक पर्वत गाइड तालिमको पहिलो चरणको आधारभूत पर्वतारोहण कौशल तालिम समेत सफलतापूर्वक सम्पन्न गरेको छ। संघले व्यावसायिक पर्वत नेता तालिम (आधारभूत कौशल, ग्रीष्मकालीन कौशल, जाडो मौसमको कौशल, ८० घण्टे पर्वतीय चिकित्सा तालिम, उच्च पहाडी कौशल) तथा आधारभूत पर्वतारोहण कौशल तालिम सफलतापूर्वक पूरा गर्ने सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरेको छ। अहिलेसम्म ३२ जना व्यावसायिक पर्वत नेता तालिम तथा २१ जना आधारभूत पर्वतारोहण कौशल तालिम सफलतापूर्वक पूरा गरिसकेका छन्।

एनएमएका अध्यक्ष निमानुरु शेर्पाले संघका तालिम पुनः पूर्ण क्षमतामा सञ्चालन भएको घोषणा गरे। उनले भने, "कोरोना महामारीपछि एनएमएका तालिमहरू पूर्णरूपमा सञ्चालन हुन सकेका थिएनन्। अहिले हामी ती तालिमहरूलाई पुनः सुचारु गर्न सफल भएका छौं। यी तालिमहरू नेपाल सरकारको आर्थिक सहयोगमा सञ्चालन हुन्छन्, त्यसैले हामी सरकारलाई धन्यवाद दिन चाहन्छौं र निरन्तर सहयोगको अपेक्षा गर्छौं।"

राज्यमन्त्री चौधरीले प्रशिक्षार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा नेपालको गौरव बढाउने अवसर रहेको बताउँदै भने, "विश्व तापमान वृद्धिका कारण हाम्रो हिमालहरूको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ। अब हाम्रो पालो हो, हिमालहरूको संरक्षण गर्ने। मलाई आशा छ कि यी प्रशिक्षार्थीहरूले हिमालहरूको संरक्षण गर्दै अन्तर्राष्ट्रिय रूपमा नेपाललाई गर्व गराउने छन्।"

nma--Mohan-lamsal-1740715000.jpg
एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे र महासचिव मोहन लम्सालले सरकारले संघलाई विनियोजन गरेको बजेट अझै नदिएको जानकारी गराए। सरकारबाट करिब ६ करोड रकम विनियोजन गरिएको भए तापनि अहिलेसम्म उक्त रकम एनएमएलाई प्राप्त नभएको उल्लेख गरे।


प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०९:४६
#नेपाल पर्वतारोहण संघ #एनएमए #पीएमएल #पीएमजी
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै मंगलबार, जेठ १२, २०८३
दिगो पर्यटन प्रवर्द्धन गर्न पाँच वर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार
दिगो पर्यटन प्रवर्द्धन गर्न पाँच वर्षीय अन्तर्राष्ट्रिय बजारीकरण रणनीति तयार मंगलबार, जेठ १२, २०८३
पर्यटकको रोजाइमा कोशी टप्पु
पर्यटकको रोजाइमा कोशी टप्पु सोमबार, जेठ ११, २०८३
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री
गुप्तेश्वर गुफामा पर्यटकको भीडः एकै दिनमा पाँच लाखको टिकट बिक्री सोमबार, जेठ ११, २०८३
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास
जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास आइतबार, जेठ १०, २०८३
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान
चीनको ग्वाङ्झाउ नेपाललाई ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ सम्मान आइतबार, जेठ १०, २०८३
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा शनिबार, जेठ ९, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP