Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • प्राध्यापक आन्दोलित, परीक्षा स्थगित
प्राध्यापक आन्दोलित, परीक्षा स्थगित
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, फागुन १६, २०८१

 

  • एमभीएससी थेरियोजेनोलजी अन्तर्गत एड्भान्स्ड गाइनाइकोलजी र इन्फर्टिलिटी इन डोमेस्टिक एनिमल्स् विषयको परीक्षा स्थगित, एक सय विद्यार्थी प्रभावित
  • बीभीएससी र एएच नवौं चौंथो र दोस्रो सत्रान्तको (स्नातक तह) परीक्षा पनि स्थगित, १५० विद्यार्थी प्रभावित
  •  विभिन्न मागसहित आन्दोलित भेटनरी संकायका प्राध्यापकले आन्तरिक मूल्याङ्कनको अंक नपठाउँदा परीक्षा स्थगित भएको डीन दाहालको भनाइ

काठमाडौं– भेटनरी प्राध्यापक आन्दोलित हुँदा कृषि तथा पशु विज्ञान अध्ययन संस्थानअन्तर्गत पक्लिहवा क्याम्पसका नियमित परीक्षाहरू प्रभावित भएका छन् ।

एमभीएससी थेरियोजेनोलजी (स्नातकोत्तर तह) अन्तर्गत एड्भान्स्ड गाइनाइकोलजीका बिहीबार हुने परीक्षा स्थगित भएको छ । संस्थानको परीक्षा शाखाका सहायक डीन डा. हरिकृष्ण पन्तले सूचना जारी गर्दै उक्त विषयको आन्तरिक मूल्याङ्कनको अंक प्राप्त नहुँदा रोकिएको र अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएका छन् । 

परीक्षार्थी सङ्ख्या एक सय छन् । परीक्षा नै स्थगित हुँदा उनीहरू अन्योलमा परेका छन् । एमभीएससी दोस्रो वर्षमा अध्ययनरत अनिश बालचौडीले प्राध्यापकको स्वार्थसँग जोडिएको मुद्दाले परीक्षा प्रभावित भएको बताए । उनले भने, ‘हामी एकदम मारमा परेका छौँ, हाम्रो शैक्षिक भविष्य नै के हुने हो थाहा छैन । कहिलेसम्म परीक्षा रोकिने हो ?’

Hardik health

यसअघि ७ फागुनमा हुने भनिएको एमभीएससीं थेरिओजेनोलजी अन्तर्गतको इन्फर्टिलिटी इन डोमेस्टिक एनिमल्स् विषयको दोस्रो सेमेस्टरको परीक्षा प्राध्यापककै आन्दोलनले स्थगित भएको थियो । बीभीएससी र एएच नवौं चौंथो र दोस्रो सत्रान्तको (स्नातक तह) परीक्षाहरू पनि रोकिएका थिए । यस तहका परीक्षार्थी सङ््ख्या एक सय ५० जना छन् । बीभीएससी भेटरेनरी अध्ययनरत रवीन ढकालले विद्यार्थीको भविष्यमाथि प्राध्यापकले खेलबाड गरेको गुनासो गरे । 

‘हामी परीक्षाको तयारीमा थियौँ । तर, लामो समयदेखि प्राध्यापकहरू पेनडाउनमा उत्रिनुभयो । अहिले पनि आन्दोलित हुनुहुन्छ । यसको सिकार हामी भयौँ । हाम्रो भविष्यमाथि खेलबाड भयो र जायज माग सम्बोधन गरेर परीक्षा चलाउनुप¥यो,’ ढकालले भने । 

आन्दोलनरत प्राध्यापकको माग भेटनरी अध्ययनलाई पनि कृषिसरह मान्यता दिएर विश्वविद्यालयका पदाधिकारी र विशेष समितिमा नियुक्ति गरिनुपर्ने छ । आन्दोलनमा उत्रिएका प्राध्यापक १७ जना छन् । गत माघ ९ गतेदेखि उनीहरूले पेन डाउन थालेका हुन् । क्याम्पसस्थित भेटनरी शिक्षण अस्पातालका निर्देशक तथा प्राध्यापक डा. नारायण न्यौपानेले १० वर्षदेखि डीन, सहायक डीन, विशेष समितिलगायतमा भेटनरी क्षेत्रका प्राध्यापक र विज्ञ समेटिनुपर्ने माग राख्दै आए पनि सुनुवाइ नभएपछि आन्दोलित भएको बताए ।

‘हामीले जायज माग राख्दा पनि सम्बोधन गर्न डीन कार्यालय कहिल्यै गम्भीर भएन, जसका कारण परीक्षा रोकिनेजस्तो गम्भीर परिस्थिति उत्पन्न भयो,’ उनले प्रभावसँग भने । उनले गत साउनमा डीन किशोर दाहालसमक्ष बुँदागत रुपमा माग राखे पनि अहिलेसम्म पूरा गर्नेतर्फ कुनै पहल नगरिएको भन्दै आक्रोश पोखे । 

उनका अनुसार अध्ययन संस्थानका तीन जना डीनमध्ये एक जना भेटनरीतर्फबाट नियुक्त हुनुपर्ने, संस्थानमा गठन हुने विशेष समितिमा भेटनरी शिक्षक हुनुपर्ने, असम्बन्धित व्यक्तिमार्फत उत्तर पुस्तिका जाँच गराउनुको साटो सम्बन्धित विज्ञलाई जिम्मेवारी दिनुपर्ने, क्याम्पसमा रहेको भेटनरी अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गरिनुपर्ने र छुट्टै भेटनरी क्याम्पस सञ्चालन गरिनुपर्ने लगायत माग छन् । 

तर, क्याम्पसका कृषितर्फका डीन दाहालले भेटनरीका प्राध्यापकको मागहरूप्रति सकारात्मक नै रहेको बताए । उनले विशेष समिति कतिवटा बनाउनुपर्ने ? त्यसबारे प्रस्ताव ल्याउन आन्दोलनरत प्राध्यापकहरूलाई भनिएको बताए । तीन जनामध्ये एक जना डीन नियुक्ति भेटनरीतर्फबाट हुनुपर्नेबारे भने त्रिभुवन विश्वविद्यालयको रातो किताबमा उल्लेख भएकाले त्यसबारे छलफल गरौँ भनिएको उनको भनाइ छ । भेटनरी अस्पताल व्यवस्थित बनाउन भने यसअघि नै समिति बनेकाले थप गर्न आवश्यक नभएको उल्लेख गरे ।

‘मागहरू खासै सम्बोधन गर्न जटिल छैनन् तर उहाँहरूले प्रस्ताव ल्याउनु भएको छैन र आन्तरिक परीक्षा रोक्नुभयो र अहिले परीक्षा गर्न सकेनौँ,’ डीन दाहालले भने । गत माघको ११ गते क्याम्पस प्रमुख जन्मजय र्गैहेले सूचना जारी गरेर फागुन ९ गतेबाट भेटनरी तथा कृषि संकायका परीक्षा सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेका थिए । उनका अनुसार माघ १४ गते सम्बन्धित विषयका प्राध्यापकसित विद्यार्थीले पाउनुपर्ने आन्तरिक मूल्यांकनको नम्बर माग गरिएको थियो । कृषितर्फका प्राध्यापकले आन्तरिक मूल्यांकनको नम्बर तत्काल पठाएका थिए । तर, पेन डाउन गरेको जनाउँदै भेटनरीतर्फका प्राध्यापकले पठाएनन् । नम्बर नपठाइएकाले भेटनरीतर्फका छात्रछात्रा परीक्षा फारम भर्नबाटै बञ्चित भए । 

फारम नभरिएकाले फागुन ९ गतेबाट सञ्चालन हुने तय भएको भेटनरीतर्फको परीक्षा स्थागित गरिएको फागुन ८ गते सूचना प्रकाशन भएको थियो । त्यसपछि भविष्यमाथि खेलबाड गरिएको भन्दै पुनः परीक्षा तालिका सार्वजनिक गरिनुपर्ने माग गर्दै भेटनरीतर्फका विद्यार्थीहरू आन्दोलित भए । उनीहरूले फागुन ११ गते क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेका छन् । विद्युतीय हाजिरी मेसिनलाई काम नगर्ने बनाइदिएका छन् । 

परीक्षा फारम भरेका कृषितर्फका विद्यार्थी भने फागुन १३ सञ्चालन भएको परीक्षामा सहभागी भएका थिए । परीक्षा सञ्चालन गरेर क्याम्पस प्रशासन आफ्ना मागप्रति गम्भीर नभएको जनाउँदै भेटनरी विद्यार्थीले त्यसै दिन शिक्षा र लेखा शाखामा ताला लगाए । त्यसपछि कृषितर्फ बिहीबार सञ्चालन गरिनुपर्ने परीक्षा सम्भव नभएको क्याम्पस प्रमुख र्गैहे बताउँछन् । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु
वार्षिक परीक्षा नसकिँदै निजी विद्यालयमा भर्ना सुरु बिहीबार, चैत ५, २०८२
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता
शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता सोमबार, चैत २, २०८२
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन
अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन सोमबार, चैत २, २०८२
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकसित गरिने
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयको रुपमा विकसित गरिने बिहीबार, फागुन २८, २०८२
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण
वनकरिया बस्तीमा बढ्दैछ शिक्षातर्फको आकर्षण शुक्रबार, फागुन १५, २०८२
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह
वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानकाे आग्रह मंगलबार, फागुन १२, २०८२
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त
आर्थिक सहयोग गरेर विद्यालयलाई ऋणमुक्त मंगलबार, फागुन १२, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP