काठमाडौं- आज बिहान उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ ।आज बिहान २ः५१ मिनेटमा उपत्यका नजिक भूकम्पको धक्का महसुस भएको हो ।
खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान छ दशमलव एक म्याग्निच्युडको भूकम्प प्रारम्भिक विवरण छ।
भूकम्पको धक्कापछि मानिसहरु सडकमा निस्किएका थिए । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।