Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • किसान र उपभोक्ताबीचको सम्बन्ध प्रत्यक्ष बनाउन किसान बजारकाे सुरूवात
किसान र उपभोक्ताबीचको सम्बन्ध प्रत्यक्ष बनाउन किसान बजारकाे सुरूवात
विविशा पाैडेल
विविशा पाैडेल आइतबार, फागुन ११, २०८१

काठमाडौं –किसान र उपभोक्ताबीचको सम्बन्ध प्रत्यक्ष बनाउन किसान बजारकाे सुरूवात गरिएकाे छ । ललितपुरकाे झम्सिखेलमा शनिबार मेट्रो मार्केट र राष्ट्रिय कृषक समूह महासंघ (NFGF) नेपालकाे सहकार्यमा किसान बजार सुरु गरेको हाे ।

सहकार्यको उद्देश्य किसान र उपभोक्ताबीचको सम्बन्धलाई मजबुत बनाउँदै स्थानीय कृषि उत्पादनलाई प्रत्यक्ष बजार पहुँच प्रदान गर्नु यस बजारकाे मुख्य उदेश्य रहेको आयोजकहरूले बताएका छन्।

राष्ट्रिय कृषक समूह महासंघ (NFGF) नेपालका अध्यक्ष कृष्ण  केदार कोइरालाले भने, "हामी किसानहरूको उत्पादनलाई न्यायोचित मूल्यमा उपभोक्तासम्म पुर्‍याउने वातावरण सिर्जना गर्न लागिपरेका छौं। किसान बजारको सुरुआत हुनु भनेको स्थानीय उत्पादनको प्रवर्द्धन तथा किसानलाई आत्मनिर्भर बनाउन एक महत्वपूर्ण कदम हो।"

Hardik health

कार्यक्रममा मेट्रो मार्केटका प्रतिनिधि ईशा श्रेष्ठले कार्यक्रम बोल्दै कृषि क्षेत्रको सशक्तीकरण तथा दिगो स्थानीय बजार व्यवस्थापनका लागि संस्थाले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले  भनिन् , "हामीले किसानको उत्पादनलाई उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्याउन प्रयास गरिरहेका छौं। यो बजारले किसानलाई उचित मूल्य र उपभोक्तालाई ताजा उत्पादन उपलब्ध गराउनेछ।"

उक्त अवसरमा सहभागी किसानहरूले किसान बजार सञ्चालनले आफूहरूलाई ठूलो राहत पुग्ने बताएका छन्। ललितपुरका एक किसान, जसला खत्रीले भनिन्  "हामी वर्षौंदेखि आफ्ना उत्पादन उचित मूल्यमा बिक्री गर्न कठिनाइ भोगिरहेका थियौं। यो बजारले हामीलाई बिचौलियाको चक्करमा पर्नु नपर्ने बनाउनेछ। अब उपभोक्तासँग प्रत्यक्ष रूपमा कारोबार गर्न पाउँदा खुसी लागेको छ।"किसानको उत्पादनको मूल्य हाम्रो हातमा रहनु जरूरी छ। यस किसिमको बजारले हामीलाई हाम्रो मेहनतको उचित मूल्य पाउन सहयोग गर्छ भने उनको भनाई छ ।

कार्यक्रममा सहभागी कृषि विज्ञहरूले किसान बजारजस्ता पहलहरूले स्थानीय उत्पादनलाई प्राथमिकता दिने र उपभोक्तालाई ताजा, जैविक तथा गुणस्तरीय सामग्री उपलब्ध गराउने बताए। स्थानीय कृषि प्रवर्द्धनका लागि यस्तो सहकार्यले दीर्घकालीन प्रभाव पार्ने विज्ञहरूको भनाइ थियो।  आयोजक मेट्रो मार्केट र राष्ट्रिय कृषक समूह महासंघ नेपालले आगामी दिनमा किसान बजारको दायरालाई थप फराकिलो बनाउँदै अन्य स्थानमा पनि यस्ता पहलहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । 

उक्त कार्यक्रममा किसान, उपभोक्ता, कृषि विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।


प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP