Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रकृतिको शव भैरहवा ल्याइयो
प्रकृतिको शव भैरहवा ल्याइयो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन ८, २०८१

 

  •  भारतस्थित नेपाली दूतावासको सहयोगमा लम्सालको शव बुधबार साँझ भैरहवा ल्याएको जानकारी
  •  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले यस प्रकरणबारे ओडिसाका उच्च शिक्षामन्त्रीसँग गरिन् कुराकानी
  •  लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाही गर्न आग्रह
  •  नेपाली विद्यार्थीहरूलाई सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह
  •  १०० जनाभन्दा बढी विद्यार्थी नेपाल फर्किए

काठमाडौं– भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको शव भैरहवास्थित घर ल्याइएको छ । भारतस्थित नेपाली दूतावासको सहयोगमा लम्सालको शव बुधबार साँझ भैरहवा ल्याएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बताए ।उनका अनुसार प्रकृतिको शव भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा राखिएको छ । प्रकृतिको शंकास्पद मृत्यु भएको खबर आएपछि बुबा सुनिल लम्साल ओडिसा पुगेका थिए ।

मेकानिकल इञ्जिनियरिङमा स्नातक गरिरहेकी प्रकृतिको शव आइतबार साँझ विश्वविद्यालयको छात्रवासमा झुन्डिएको अवस्थामा फेला परेको थियो । रुपन्देही घर भएकी २० वर्षीया लम्साल मृत अवस्थामा भेटिएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीले निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका थिए । त्यसपछि विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई छात्रवासबाट जबरजस्ती निकालेर कट्टाकस्थित रेल स्टेसनमा छाडिदिएको थियो । प्रशासनका कर्मचारीले नेपाली विद्यार्थीलाई सित्तैमा पढाएको भन्दै दुव्र्यवहार गरेको थियो ।

Hardik health

लम्सालको मृत्यु र नेपाली विद्यार्थीलाई विश्वविद्यालय प्रशासनले गरेको अभद्र व्यवहारको चौतर्फी विरोध भएसँगै नेपाल सरकार र नयाँ दिल्लीस्थित भारतीय दूतावासले यसबारे चासोका साथ कूटनीतिक पहल थालेको थियो । त्यसपछि प्रशासनले दुव्र्यवहार गर्ने कर्मचारीलाई विश्वविद्यालयबाट निलम्बन गरिएको थियो । प्रशासनले नेपाली विद्यार्थीहरुसँग गरिएको दुव्र्यवहारको घटनामा माफीसमेत मागेको छ । मंगलबार एक वक्तव्य जारी गर्दै क्याम्पसका उपकुलपति प्रा. सरनजीत सिंहले विद्यार्थीहरुप्रति गरिएको व्यवहारबाट विश्वविद्यालय प्रशासन दुःखी भएको जनाएको हो ।

यस प्रकरणमा किटले विश्वविद्यालयका सुरक्षा गार्डहरूलाई पक्राउ गरी निलम्बन गरिएको जनाएको छ । त्यसैगरी पीडक भनिएका आदिक श्रीवास्तावलाई फौजदारी मुद्दा चलाएको ओडिसा प्रहरीले जनाएको छ ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बुधबार यस प्रकरणबारे ओडिसाका उच्च शिक्षामन्त्रीसँग फोनमा कुराकानी गरेकी छन् । ओडिसाका उच्च शिक्षामन्त्री सूर्यवंशी सुरजसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाहीका साथै त्यहाँका नेपाली विद्यार्थीहरूलाई कलेजमा सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको उनको निजी सचिवालयले जनाएको छ ।

विश्वविद्यालयले नेपाली विद्यार्थीलाई फोन, म्यासेज र मेलमार्फत विश्वविद्यालय फर्किन अनुरोध गर्दै आएको छ । करिब १२०० नेपाली विद्यार्थी उक्त विश्वविद्यालयमा अध्ययनरत थिए । यसमध्ये १०० जना नेपाल फर्किसकेका छन् । त्यहाँको सुरक्षा अवस्था ठीक नरहेको भन्दै नेपाली विद्यार्थी फर्कन मानिरहेका छैनन् । 
 


प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP