Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
समाचार
  • Home
  • समाचार
  • उद्घाटनमा उडाउन लागिएको बेलुन विष्फोट हुँदा अर्थमन्त्री र मेयर घाइते
आयोजकको असावधानी उद्घाटनमा उडाउन लागिएको बेलुन विष्फोट हुँदा अर्थमन्त्री र मेयर घाइते
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ४, २०८१
विष्णु पौडेल, उपप्रधान तथा अर्थमन्त्री धनराज आचार्य, मेयर, पोखरा 
  • हाइड्रोजन ग्यास भरिएको बेलुन विष्फोट हुँदा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य जलेर घाइते
  • कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उपचार जारी
  • दुवैको अनुहारमा पाँच–छ प्रतिशत जलन भएको अस्पतालको भनाइ

काठमाडौं– हाइड्रोजन ग्यास भरिएको बेलुन पड्किँदा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् । ‘पोखरा भ्रमण वर्ष २०२५’ को उद्घाटन गर्नेक्रममा शनिबार बेलुनको झुप्पा उडाउन लाग्दा फायर क्यान्डिल (स्पाकर्लर्स)बाट निस्किएको झिल्कामा परेर विष्फोट भएको थियो । विष्फोटपछि निस्किएको आगोको ज्वालाले मन्त्री पौडेल र मेयर आचार्यको अनुहार जलेको हो ।

उनीहरु दुवैको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ । अर्थमन्त्री पौडेलका स्वकीय सचिव याम पाण्डेका अनुसार पौडेलको घाँटीको पछाडिको भाग, हात र ओठमा जलनको असर देखिएको छ ।बेलुन पड्किएर ठूलो आगो बलेपछि अर्थमन्त्री पौडेल मञ्चतर्फ दौडिएका थिए । सुरक्षाकर्मीले तत्कालै आगोको झिल्का छ कि भनेर टकटक्याएका थिए । बेलुन पड्केर ठूलो आगो बलेपछि मेयर आचार्य मञ्चको तलतर्फ हामफालेका थिए । आगोको लप्कोले मेयर आचार्यको गाला र कानमा असर गरेको पोखराकी उपमेयर मञ्जु गुरुङले बताइन् । 

अस्पतालले शनिबार साँझ विज्ञप्ति जारी गर्दै दुवै जना खतरामुक्त रहेको जनाएको छ । ‘उहाँहरूको प्रारम्भिक मूल्यांकनअनुसार पाँच–छ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले श्वास नली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा छ । हाइड्रोजन ग्यासलाई निकै ज्वलनशील मानिन्छ । हाइड्रोजन भरिएका बेलुन आगो (झिल्को आइरहेको स्पाकर्लर्स) नजिक लैजाँदा दुर्घटना भएको ठानिएको छ । पोखरा भ्रमण वर्ष उद्घाटनको क्रममा सामान्य सावधानीसमेत नअपनाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

Nada Auto Show 2026
Hardik health

हाइड्रोजन ग्यास अत्यन्त प्रज्वलनशील पदार्थ भएको र हलुका हुने भएकोले बेलुन उढाउन त्यसको प्रयोग गर्ने गरिन्छ । हलुका हुने भएका कारण बेलुन आकाशमा उडाउन नेपालमा हाइड्रोजन भर्ने अभ्यास रहेको छ । आकाशमा उडाइने बेलुनमा हिलियम ग्यासको प्रयोग सुरक्षित मानिन्छ । हिलियम भने महँगो पर्ने भएका कारण बेलुन भर्ने ठाउँहरूमा हाइड्रोजनको प्रयोग गर्ने गरिएको छ । जबकि, मुखले फुलेर बनाइएका बेलुन भए दुर्घटनाको जोखिम नहुने विज्ञहरू बताउँछन् । तर, पोखरामा भने हाइड्रोजन ग्यास भरिएको दीप प्रज्वलित बेलुन उडाउनका लागि प्रयोग गरिएको थियो, जुन विष्फोट भयो, अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भए । 

उनीहरूको उपचारका लागि कीर्तिपुर ल्याइएपछि पोखरा भ्रमण वर्ष उद्घाटनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलगायत मात्रै रहे । 



 


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १०:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता बुधबार, भदौ ३, २०८३
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह
बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह बुधबार, भदौ ३, २०८३
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र
अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बुधबार, भदौ ३, २०८३
प्रेस काउन्सिलका चार सदस्यको शपथ
प्रेस काउन्सिलका चार सदस्यको शपथ बुधबार, भदौ ३, २०८३
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय
प्रतिनिधिसभा : बाँदर-बँदेलका समस्यादेखि शान्ति सुरक्षाका विषय बुधबार, भदौ ३, २०८३
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते बुधबार, भदौ ३, २०८३
एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?
एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? बुधबार, भदौ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP