Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • बाघ गैंडा जोगाएको चितवनमा अति संकटापन्न सालक कसरी जोगाउने भन्नेबारे गोलमेच
बाघ गैंडा जोगाएको चितवनमा अति संकटापन्न सालक कसरी जोगाउने भन्नेबारे गोलमेच
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, फागुन ३, २०८१

चितवन- विश्व सालक दिवसको अवसरमा चितवनको माडी नगरपालिका वडा १ बनकट्टामा सालक गोलमेच सम्मेलन सम्पन्न भएको छ। ग्रिनहुड नेपाल नामक संरक्षण संस्था र पाँच पाण्डव मध्यवर्ती क्षेत्र सामुदायिक वन समितिको आयोजनामा शनिबार बनकट्टास्थित बोटे समुदायिक होमस्टेमा सम्मेलन भएको हो।

'सालक संरक्षणका लागि युवा शीर्षक'मा भएको गोलमेचमा ग्रिनहुडका निर्देशक कुमार पौडेलले चितवन राष्ट्रिय निकुञ्ज र यस वरपरका बफर जोनमा सालकको अवस्थाबारे छलफल चलाएका थिए। अनुसन्धानकर्मीसमेत रहेका पौडेलका अनुसार गैंडा बाघ जोगाएर संसारमै चर्चित भएको चितवन राष्ट्रिय निकुञ्ज सालक संरक्षणका लागिसमेत अति उपयुक्त भएको बताए।
`गैंडा, बाघसँगै सालकको पनि क्षेत्र बासस्थान हो यो निकुञ्ज। पर्यावरण जोगाउन सालक महत्वपूर्ण जनावर हो। तर पछिल्लो समय सालक मानिसकै कारण लोप हुँदै गएको छ,' अनुसन्धानकर्मी पौडेलले भने, 'अहिलेको मुख्य सवाल संसारभर नै लोप हुन लागेको सालक प्रजातिहरु नेपालले कसरी जोगाउन भन्ने हो।´

Boteban-1739619902.jpeg
२०६९ मा स्थापना भएको ग्रिनहुड सालक, संकटापन्न जडीबुटी, कछुवालगायतका प्रजाति संरक्षणमा काम गर्दै आएको संस्था हो। नेपालको पहाड र मधेश क्षेत्रमा पाइने सालक अति संकटापन्न जनावर हो। समाउन खोज्दा नभागी गुटुल्किएर बस्ने भएकोले यसको फाइदा मानिसले उठाउँदै आएका छन्।

ग्रिनहुडले माडी क्षेत्रको पाण्डुनगर र चैनपुरमा स्थानीयको सहभागितामा सालकको अवस्थाबारे अध्ययन शुरु गरेको छ।
गोलमेच सम्मेलनमा सहभागीले सालकले पर्यावरणमा पुर्‍याउने फाइदा, चोरीसिकारी हुनुका कारण, चोरीसिकारी भए हुने दण्डसजायबारे प्रश्न गरेका थिए।

Hardik health

सालकले खेतीबालीमा लाग्ने कमिलाधमिरा खाएर बाली सपार्न सघाउने भएकोले यसलाई दुख दिन नहुने सहभागीले बताए। अन्धविश्वासका कारण कतिपयले यसको मासु खाँदा विभिन्न रोग निको हुने, यसको खबटाबाट बनेका वस्तु पहिरनको रुपमा प्रयोग गरी दुरुपयोग गर्ने गरेकोले यस्तो काम रोकिनुपर्ने उनीहरुको सुझाव थियो।

माडी वडा २ का वडाध्यक्ष दण्डमणि पौडेलले सालक संरक्षणले पर्यटन बढ्ने र आयआर्जन बढ्ने बताए। जनता र जनावरबीच द्वन्द्व बढेर दुख पाइरहेको बेला सालक सहयोगी जनावरको रुपमा पाएकोमा खुसी लागेको बताए। 'जनता र जनवारबीच द्वन्द्व छ यो क्षेत्रमा। किसानको हानीनोक्सानी बढेको बढ्यै छ। क्षतिपूर्तीले केही हुन्न,' माडी नगरपालिकाका प्रवक्तासमेत रहेका पौडेलेले भने, 'तर सालक मित्र जनवार रहेछ। यसलाई जोगाउँदा हामीलाई चौतर्फी फाइदा हुने रहेछ।'

Bote-1739619862.jpg
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनास थापामगरले सालक मार्ने वा यसको खबटा लेनदेन गरेको पाइएमा कानुनी कारबाही हुने बताए। 'सालकको खबटा पूजा गर्ने भन्दै पनि ल्याउने, कसैलाई दिने, लिने काम गरे कारबाही हुन्छ। पर्यावरणमा यसले निकै राम्रो खेल खेलेको हुन्छ,' थापाले भने।

सालक चोरीसिकारी वा बेचविखन गरेको पाइएमा १० लाख रुपैयाँ जरिवाना र १५ वर्ष सम्म कैद वा दुबै सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ। कार्यक्रममा ग्रिनहुडले सालक जोगाउने अभियानमा सक्रिय  माडी क्षेत्रका ६ जना अभियन्तालाई सम्मानसमेत गरेको थियो। विश्वभरी मनाइने सालक दिवस ग्रिनहुडले २०७१ देखि हरेक वर्ष देशका विभिन्न क्षेत्रमा यस्तै कार्यक्रम गरी मनाउँदै आएको छ।  

 


प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १७:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP